आदिकवि भानुभक्त आचार्यको १०० औं जन्मजयन्तिको उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास यूएई च्याप्टरू को आयोजनामा निम्न स्थान, मिति र समयमा यूएई व्यापी कविता प्रतियोगिता हुने भएकोले उक्त प्रतियोगितामा भाग लिन इच्छुक यूएईका साहित्यकारहरुले आफ्नो साहित्यिक यात्राको छोटो विवरण सहित आफ्नो गद्यात्मक या पद्यात्मक कविता दुई शय शब्दमा नबढाई आगामी १६ जुलाई २०१० शुक्रवार सम्ममा आयोजक समितिलाई उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
यस मिति पछाडि प्राप्त कविताहरुलाई प्रतियोगितामा समावेश गराइने छैन । प्रतियोगितामा विजयी प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई क्रमशः नेरु. पाँच हजार तीन हजार र दुई हजार बराबरको पुरस्कार तथा संस्थाको तर्फबाट प्रमाण-पत्र समेत प्रदान गरिइनेछ ।
उक्त प्रतियोगितामा अँध्यारो कथा संग्रहू को विमोचन तथा केही साहित्यिक व्यक्तित्वहरुको सम्मान समेत गरिइने भएकोले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थित भइदिनुहुन हार्दिक आमन्त्रण गर्दछौं । यस कार्यक्रमबाट नेपाली साहित्यप्रेमीहरुलाई विशु¢ साहित्यिक मनोराजन तथा उत्प्रेरणा दिलाउँने अनेसास यूएई च्याप्टरको प्रमुख लक्ष्य रहेको छ ।
साहित्यकारहरुले आफ्नो कविता र व्यक्तिगत विवरण फ्याक्स वा ईमेल मार्फत् पठाउनुहोला । कविता प्रीति फन्ट यूनिकोड रोमन लिपी वा स्क्यान गरी पठाउन सकिनेछ ।
विस्तृत जानकारीका लागि
गिरधारी रिजाल ०५०७२१९१६१
शेषनारायण झा ०५०३५९२२६७
जीवन कोइराला ०५०८२०४०१८
उमेश राई ०५५७३९६९७४
कविता पठाउने फ्याक्स नं. ०२-६७९२०७०
ईमेल
inlsuae@yahoo.com
giri1303@gmail.com
rishishesh@gmail.com
स्थान : केरला सोसियल सेण्टर अबुधाबी यूएई ।
मिति : २३ जुलाई २०१० शुक्रवार ।
समय : अपरान्ह ठीक २.३० बजे ।
नोटः प्रतियोगितामा सहभागीहरुले अनिवार्य रुपमा अपरान्ह २.०० बजे समारोह स्थलमा उपस्थिति जनाउनु अनिवार्य हुनेछ र समारोह अवधिभर आफ्नो स्थानमा आसन ग्रहण गरिरहनु पर्नेछ ।
कार्यक्रम संयोजक
अाजान बोहोरा चतुरेु
०५०-१२५९५६२
आयोजक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
यूएई च्याप्टर