Online Nepali Literature Forum
   

Users Online : 9
| More
अक्षरको आकार:   - | +
बाल साहित्य
हिउँ परे कस्तो होला (राकेश कार्की) - [2010-07-24]

हिउँ परे कस्तो होला
छे्उमै झरे कस्तो होला

फुस् फुस् रूई जस्तै अहो
पोल्टा भरे कस्तो होला

हिम घर बनाएर
फु फु गरे कस्तो होला

हात गोडा फिँजाएर
लडी छरे कस्तो होला

हिँउको त्यो चउरमा
मने चरे कस्तो होला

माथी फ्याँकी हिउँ डल्लो
ठाउँ सरे कस्तो होला

लेखे जस्तै सुने जस्तै
देखे हरे कस्तो होला ।।



- लस् एन्जेलस्







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम