Online Nepali Literature Forum
   

Users Online : 7
| More
अक्षरको आकार:   - | +
समाचार
गजल सन्ध्यामा संजोग - [2010-07-26]

मनोज र्घर्तिमगर
पोखरा,९ साउन

गजल सन्ध्या पोखराको आठौं अधिवेशनबाट गजलकार कपिल शर्मा साजोगुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा फडिन्द्र अकिाचन निर्विरोध निवार्चित भए पनि अन्य पद भने निर्वाचन प्रकि्रयाबाट टुङगो लगाइएको थियो । जसअनुसार अध्यक्षका प्रत्यासी प्रकाश ज्ञवालीले ४२ र प्रतिद्वन्द्वी कपिल शर्मा साजोगले ४७ मत प्राप्त गरी ५ मतको अन्तरले साजोग बिजयी हुनुभएको थियो । त्यस्तै सचिवका लागि भएको निर्वाचनमा रोचन घायलले ३१ र उहाँका प्रतिद्वन्द्वी मन क्षेत्रीले ५८ मत प्राप्त गरी बिजयी हुनुभएको थियो ।

कोषाध्यक्षमा निरु के।सी।ले ३० तथा उहाँका प्रतिद्वन्द्वी बिस्रना बस्नेतले ५९ मत प्राप्त गर्नुभएको थियो । सहसचिवका लागि भएको निर्वाचनमा अर्जुन अधिकारीको २१ तथा उहाँका प्रतिद्वन्द्वी सरला लामीछाने सरुले ६७ मत प्राप्त गर्नुभएको थियो । सदस्यका लागि भएको निर्वाचनका लागि कुल १० जनाको उमेद्वारी परेकोमा एकदत्त लम्साल जीवन पौडेल देवी त्रिपाठी विष्णुकान्त घिमिरे पवित्रा भण्डारी गोपाल खनाल विजयी बन्नुभएको थियो ।

यसअघि भएको उद्घाटन सत्रमा कार्यक्रम तथा गजल सन्ध्याका अध्यक्ष रुपिन्द्र प्रभावीले वार्षिक प्रगति-प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यक्रममा साहित्य परिवार काठमाण्डौका अध्यक्ष निरज भट्टराईले सर्जक हुनु स्वयम्मा एउटा युद्ध जित्नु हो त्यसैले सर्जकहरु कहिल्यै हार्दैनन् भन्नुभयो । सन्ध्याका संस्थापक अध्यक्ष दिलिप दोषीले गजल सन्ध्या गजलको पाठशालामात्र नभई महाविद्यालय बनेको धारणा राख्नुभयो ।

सन्ध्याका सचिव प्रकाश ज्ञवालीले साचालन तथा सदस्य फडिन्द्र अकिाचनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा निर्वाचन मण्डलका संयोजक ईश्वरमणि अधिकारी सदस्य राजेन्द्र चापागाईं दीपक समीप प्रगतिशील वाङ्मय प्रतिष्ठानका अध्यक्ष शंकर गिरी मुक्तक माचका अध्यक्ष साजीव पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम