Online Nepali Literature Forum
   

Users Online : 9
| More
अक्षरको आकार:   - | +
गजल
संका कति गर्छु मलाई (राज कुमार तेयुंग) - [2010-07-26]

शंका कति गर्छु मलाई डाडा अब काट्नु पर्यो
अतीतलाई बर्तमानमा मैले अब साट्नु पर्यो

दिन खोजे साहारा चाहिन्दैना भन्यौ तिम्ले
त्यसैले तिमि सामु नाता अब फाट्नु पर्यो

म जादैछु दोबाटोको चौतारीमा नरुनु है
भाचिएको मन मेरो अर्कै तिर बाट्नु पर्यो

जस्तो सुकै आधि चलोस बिचलि म हुन् भन्थे
जिन्दगि नै बिहाल हुदा आफै अब ढाट्नु पर्यो

चोइटिएको मुटु मेरो सधै भोरी रुदा खेरि
टुसाएको जिन्दगिलाई मैले अब छाट्नु पर्यो



- सोल्मा ५ तेर्ह्र थुम







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम