Online Nepali Literature Forum
   

Users Online : 6
| More
अक्षरको आकार:   - | +
समाचार
स्व. तमुलाई राज्यले तमु भाषाको आदिकविबाट सम्मान दिनुपर्ने माग - [2010-07-28]

पोखरा १० साउन
तमु िधं नेपालका अध्यष कर्म तमुले स्वर्गीय हर्कबहादुर तमुलाई राज्यले तमु भाषाको आदिकविको सम्मान दिनुपर्ने बताउनु भएको छ ।

तमु समुदायद्धारा तमु भाषाका आदिकविबाट सम्मानित स्वर्गीय हर्कबहादुर तमुको स्वर्गारोहणको दशौं दिन तमु िधं नेपालले आज पोखरामा आयोजना गरेको श्रद्धााजली सभामा बोल्नुहुदै अध्यक्ष तमुले मरणोपरान्त भएपनि राज्यले तमु भाषाको आदिकविको सम्मान दिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले स्वर्गीय तमुको अप्रकाशित कृतिहरु तमु िधं नेपालले प्रकाशन गर्न चाहेको बताउनु भयो ।

तमु िधं नेपालका अध्यक्ष कर्म तमुको अध्यतामा भएको कार्यक्रममा स्वर्गीय तमुको योगदानको बारेमा तमु िधं नेपालका सल्लाहकार सन्तबहादुर तमु संस्थापक सचिव शेरबहादुर तमु महासचिव देविराज तमु लगायतले चर्चा गर्नुभएको थियो । कार्यक्रममा रामबजार तमु समाजका पुर्व अध्यक्ष क्याप्टेन कुल प्रसाद तमुको धर्म पत्नी स्वर्गीय चन्द्र कुमारी तमु प्रति पनि श्रद्धााजली व्यक्त गरिएको थियो ।

यसैविच गुरुङ भाषाका आदिकवि स्वर्गीय हर्कबहादुर तमुको बौद्ध अर्घाै सदन रामघाटमा तमु जातिको संस्कार अनुसार हिजोदेखि शुरु भएको अन्तिम कार्य अर्घौ सोमबार सम्पन्न भएको छ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम