(बहर हजज मुसम्मन् अखरब महजूफ अखरम
ऽऽ॥ंऽऽऽऽंऽऽऽ। मुस्तफ्इलुंमुस्तफ्फैलुन्ंमफ्ऊलात रुक्नमा आधारित)
पाखा र पखेरो नाँचेको मान्छे म
सिन्की र ढिँडोले बाँचेको मान्छे म ।
आँटो र पिठो जे जस्तो पाके हुन्छ
मूला नुन थेबे चाटेको मान्छे म ।
धान्दै छु हिमाली गाई-गोरु गोठ
जन्मै छ भकारो टाँसेकॊ मान्छे म ।
सेवा छ सधैँको गाई चौँरीे जात
मोही र दहीले साँचेको मान्छे म ।
नारेर सधैँ गोरु खेतीको याम
जोतेर हली मै दाँजेको मान्छे म ।
गजल कुटेरीविशालमार्ग नारायणगढ चितवन ।
तपाईंको प्रतिकृया
Tapaiko gajlle gaunle paribesh sameteko hunale jyadai ramro 6. keep it up.
Tapaiko gajlle gaunle paribesh sameteko hunale jyadai ramro 6. keep it up.