आउने तिजमा छमछमी नाँच्नु पर्छ साईली
मादलुको ताल्मा कम्मर भाँच्नु पर्छ साईली
चुल्हो-चौको घरको पिर, घरमै थन्क्याएर
माईती देशमा भेट् भएर हाँस्नु पर्छ साईली
माइती घरको पिढिँमा नै! सुखदुख बाँढेर
मन भित्रको पिर ब्यथा नाँस्नु पर्छ साईली
बर्सौसम्म टाँढा भई छुट्टिएको हाम्रो माया
यसैपाली भेट्घाटमा फेरी गाँस्नु पर्छ साईली
आउने तिजमा छमछमी नाँच्नु पर्छ साईली
मादलुको ताल्मा कम्मर भाँच्नु पर्छ साईली
तपाईंको प्रतिकृया
तीजको शुभकामना ।
sahili sangai tapai pani nachane ki ? Ha Ha ha.....