खै किन हो साह्रै थकाई लागेको छ आज!हुन त १० घण्टा काम गरेर आएको त्यसै पनि के भन्नु र ? बिछ्यौनामा पल्टिनु मात्रै के थियो भुसुक्कै निदाइएछ । आमा ! जमरा कस्तो भयो ? सप्रिएको छ कि छैन जमरा त सप्रिनु पर्छ है! सप्रिएको जमरा सुलक्ष्यणको प्रतिक हो, बर्ष भरी राम्रो हुन्छ । म सानो ...छदा ...भन्नु हुन...थियो हजुरआमाले !
जमरा सपार्न त्यतिकै कहाँ सकिन्छ र? धेरै मेहनत गर्नु पर्छ माटो र पानी मात्रै भएर मात्रै हुँदैन सुद्ध मन् ले भगवतिको पूजा अर्चना गर्नु पर्छ । जमरा भगवतिले हामीलाई दिने प्रसाद हो हामीले मेहनत गरे बापत। त्यसैले झारो टारे जस्तो गरेर पूजा गर्नु हुँदैन है । तेरो बाबु पछी , म पछी त यो सबै जिम्मेवारी तेरै हो बाबै ! धर्म सन्स्कार र सन्स्कृतिलाई कहिले पनि नभुलेस बाबै !मेरी हजुरामाले म सानो छदा भन्ने गरेका कुरा हुन् यि !आज वहाँ यो संसार मा हुनु हुन्न तर पनि यिनै कुरा हरुले म वहाँलाई सम्झिरहन्छु हरेक दशै हरुमा ।बाबा यो दशै हाम्रो विवाह पछीको पहिलो दशै हो है !कती रमाइलो हुन्छ होला हगी ! भोली त छिट्टै उठ्नुस् है बाबा घरमा टिका लगएर मेरो माइत तपाईंको ससुराली अनी हाम्री छोरी दिव्याना को मामा घर पनि त जानु छ । हा हा हा !!!
उस्को टिका फुकाएकै छैन , भर्खर उ २ महिना कि त भई तर पनि म त खुशी छु बुझ्यौ ? कती सकस हुन्थियो मलाई ससुरली घरमा अब त तिमी ब्यस्त भए पनि मैले त छोरी सगै खेलेर समय बिताउन त पाउने भए त्यहा ! म त खुशी छु यार जे भए पनि । बाबु भोली चाँही अलिक छिट्टै उठ है , टिका को तयारी गर्नु पर्छ साइत् मै टिका लगाउनु पर्छ नत्र भ्याइदैन, आफन्तहरु आउछन छिट्टै तिमीहरुले पनि त सबै तिर टिका लगाइ सकेर भोली नै ससुरली जानु पर्छ पहिलो पटक हो , नत्र भ्याइ दैन है, अनी म पनि भोली नै साइत कै टिका लगाउन जान्छु दमक साइली बडी आमा कोमा मेरो पनि अब आमा बुवा जे भनेपनी वहाँ एक जना मात्रै त हो ।
बुवा भन्दै हुनुहुन्थियो । बाबु !अझै उठिनस ? १० बजी सक्यो टिकाको साइत बित्न लागि सक्यो कती सुत्न सकेको ह तैले? आज टिका को दिन् त अलिक छिटो उठन बाबु! आमाले ढोका ढक्ढकयाउदै हुनुहुन्थियो। म झलयास्स बिउँझीए । अनी कोठाको सबैतिर आँखा डुलाएर हेरे अ ह कोही पनि देखिन । त्यही सात समुन्द्र पारीको बिरानो देस म एक्लै सुन्य कोठा, सधैं जस्तै म एक्लै एक्लै थिए। अनी मलाई लाग्यो दसैं अझै आइ पुगेको छैन कि क्या हो यहाँ ???
- टेक्सस अमेरिका
तपाईंको प्रतिकृया
धेरै राम्रो !