Online Nepali Literature Forum
   

Users Online : 10
| More
अक्षरको आकार:   - | +
कविता
जहाँ हामी (केशर थुलुङ) - [2011-05-19]

यो माटो हाम्रो हो
पसिना बगाउनुपर्छ
यो ढुङ्गा हाम्रो हो
पौरखी बनेर फोड्नुपर्छ
मिलाएर राखनुपर्छ
अनि मूल फुटाउनुपर्छ
उर्वरताको

यहाँ दु:ख छ, पीडा छ
माया र सदभाव फुलाउनुपर्छ
खुसी बाँड्नुपर्छ
संस्कृतिलाई इतिहासको
पानामा बन्दी होइन
आ-आफ्नो ठाँउबाट
जागरित बनाउनुपर्छ
पहिचानको निम्ति

अन्याय-अत्याचारको
असिम चक्रव्यूहभित्र
तिमी फसेका छौ
म पनि फसेको छु
उठ्नुपर्छ, जुर्मुराउनुपर्छ
एक बनेर यसको विरुद्धमा

त्यसैले उठ अब
झुप्रो-झुप्रोबाट उठ
शहर-शहरबाट उठ
सबै जुटेर, सबै मिलेर
एउटा नयाँ अध्याय थाल्नुपर्छ
जहाँ हामी-
हाँसी-हाँसी बाँच्न सकौँ
जहाँ हामी-
हाँसी-हाँसी मर्न सकौँ ।





तपाईंको प्रतिकृया

kabita ramro chha.

kabita ramro 6
sandeshmulaka 6



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम