Online Nepali Literature Forum
   

Users Online : 7
| More
अक्षरको आकार:   - | +
समाचार
बिश्वब्यापी अडियो कविता प्रतियोगिताको समयावधि २ हप्ता थपियो - [2011-06-12]

ब्रुनाई, बिश्व नेपाली साहित्य महासंघद्वारा आयोजित बिश्वब्यापी अडियो कविता प्रतियोगितामा सहभागी हुनका लागि कविता आईपुग्नुपर्ने अन्तिम मिति यहि जेठ २९ जुन १२ सम्म सम्म राखिएकोमा प्रतियोगितामा सहभागीताका लागि सबैतिरबाट अत्यन्त उत्साह र चासो देखिएकोले सकेसम्म धेरै सहभागिहरुलाई समेट्न सकियोस् भन्ने उद्देश्यले अडियो कविता आईपुग्नुपर्ने अन्तिम मिति २ हप्ताको लागि लागि थप गरिएको छ ।

महासंघको शुक्रबार साँझ बसेको ई-बैठकले २ हप्ताको लागि समयावधि बढाउने निर्णय गरेको हो प्रतियोगितामा सहभागी हुनका लागि सबैतिरबाट अत्यन्त उत्साह देखिएको छ तर समयको अभाव देखिएकोले ती सबैलाई समेट्न म्याद थप गरेका छौं- महासंघका एक सदस्यले भने । हाल सम्म ७ दर्जन नेपाली भाषाको अडियो कविताहरु विश्वका विभिन्न मुलुकहरुबाट प्राप्त भएको साथै राई बान्तावा तामाङ र अग्रेजी भाषाका कविताहरु पनि अडियोमा प्राप्त भएका छन् ।

२ हप्ता म्याद थपिएअनुसार बिश्वब्यापी अडियो कविता प्रतियोगितामा भाग लिनका लागि आउँदो असार ११ गते तदनुसार जुन २५ तारिख शनिबार सम्म कविता आईपुग्नुपर्ने महासंघले जनाएको छ । सहभागि बन्न इच्छुकले gfnl@ymail.com र 00673 8893020 मा मोबाइल म्यासेज वा फोन सम्पर्क गर्न आग्रह गरेको छ । कवितालाई अडियोमा बनाउन नसक्नेको लागि आयोजकले शिधै सहयोग गर्नेपनि भनिएको छ । विस्तृत जानकारीको लागि महासङ्घको वेवसाइट www.gfnl.org हेर्न भनिएको छ । यस प्रतियोगितामा विजयी प्रथम, दोस्रो र तेस्रोले पुरस्कार क्रमश नगद रु २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछ ।

महासंघले कविता बिधाका बिज्ञ ब्यक्तिहरु रहेको महिला, पुरुष, प्रवास र घरदेशको मिलाएर समावेसी ४ सदस्यीय निर्णायकहरु नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

स्मरण रहोस, यस प्रतियोगिताको सह-आयोजक प्रवासी नेपाली साहित्य समाजले गतबर्ष विश्वब्यापी खुल्ला अडियो गजल प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा विभिन्न मुलकहरुबाट १ सय ७७ वटा गजलहरुको सहभागिता थियो ।





तपाईंको प्रतिकृया

I want to participate in compition. BUT I haven't audio recorder so plz help me soon. 9808871479 is my phone no. you can call me if you need.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम