काठमाडौँ १७ असार, यस वर्षको आदिकवि भानुभक्त पुरस्कार पाँच दशकदेखि नेपाली साहित्यमा विशिष्ठ योगदान पुर् याउनु हुने वरिष्ठ साहित्यकार डा।तारानाथ शर्मालाई प्रदान गरिने भएको छ ।
नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको सभापत्विमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
सो पुरस्कार यही असार २९ गते भानुजयन्तीका अवसरमा प्रदान गरिने परिषदले जनाएको छ ।
त्यस्तै बैठकले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार सुदूरपश्चिममा विविध कि्रयाकलापका माध्यमबाट नेपाली भाषाको सेवामा उल्लेखनीय योगदान पुर् याउनु हुने पद्मराज जोशी कैलालीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कार परिषद्को वार्षिकोत्सवका अवसरमा आगामी साउन ३२ गते प्रदान गरिने छ ।
आदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि र गोपाल पाँडे असिम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । रासस