काठमाडौँ, २६ असार । नेपाली साहित्यमा पछिल्ला वर्षहरुमा फस्टाउँदै गएको मुक्तक विधाको प्रवद्र्धन गर्न तथा मुक्तक स्रष्टाहरुको मनोबल उच्च बनाउने उद्देश्यले राष्ट्रव्यापी मुक्तक प्रतियोगिता आयोजना गरिने भएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले पाँचवटा मुक्तक पठाउनु पर्नेछ । तीमध्ये राष्ट्रियता, सामाजिक विसङ्गति र प्रेमका बारेमा एक–एकवटा तथा बाँकी दुई खुल्लारुपमा लेख्न सकिने प्रतियोगिताका संयोजक नवराज पहाडीले जानकारी दिनुभयो ।
अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको २० औँ वार्षिकोत्सवको अवसरमा आगामी भदौ २ गते पुरस्कार वितरण गर्ने गरी हुन लागेको सो प्रतियोगितामा स्वदेश तथा विदेशमा रहेका सर्जकहरुले भाग लिन सक्नेछन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः रु सात हजार, पाँच हजार र तीन हजार नगद प्रमाणपत्र प्रदान गरिनेछ ।
यसअघि राष्ट्रव्यापी मुक्तकको पहिलो प्रतियोगिता २०५६ साल फागुनमा लमजुङमा सम्पन्न भएको थियो । रासस
तपाईंको प्रतिकृया
I didn't got the result any web.