Online Nepali Literature Forum
   

Users Online : 17
| More
अक्षरको आकार:   - | +
समाचार
‘समकालीन इतिहासमा पुष्पलाल’ लोकार्पित - [2011-10-01]

काठमाडौँ, १३ असोज । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको जीवनीमा आधारित अर्को पुस्तक प्रकाशनमा आएको छ ।

पुष्पलालको जीवनका महत्वपूर्ण समयमा राजनीकितरूपमा सँगै रहनुभएका गोविन्द ज्ञवालीले तयार गर्नुभएको ‘समकालीन इतिहासमा पुष्पलाल’ विषयक पुस्तकको आज सानेपास्थित वामनेतृ साहना प्रधानको निवासमा नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले लोकार्पण गर्नुभएको हो ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको सो पुस्तकमा पुष्पलालको बाल्यकालदेखि, राजनीतिक जीवनका उकाली–ओराली र उहाँका राजनीतिक विचार उल्लेख गरिएको छ ।

पुष्पलालकी जीवनसङ्गिनीसमेत रहनुभएका ८४ वर्षीय साहना प्रधान स्वास्थ्यका कारण कार्यक्रममा बोल्न नसक्नुभएपनि रुचीपूर्वक मञ्चमा बसिरहनुभएको थियो ।

एमाले अध्यक्ष खनालले मुलुकमा नयाँ संविधान जारी भई विकास, निर्माण र रूपान्तरणको चरण प्रारम्भ भएपछि पुष्पलालले लिएको बाटोमा नेपाल प्रवेश गर्ने बताउनुभयो ।

उहाँले पुष्पलालको जीवनीलाई बौद्धिक र सरलरूपमा प्रस्तुत गरेकामा लेखक ज्ञवालीको प्रशंसा गर्नुभयो ।


–ः ४६ ः–

कार्यक्रममा एमालेका उपाध्यक्ष वामदेव गौतमले पुष्पलालले लिएको शान्तिपूर्ण र बहुदलीय राजनीतिक धारलाई क्रमशः सबै वामशक्तिले स्वीकार गरेको र उहाँले त्यो विचारले नै मुलुकमा सामन्तवादको अन्त्य र समाजवादको स्थापना हुने बाटो हो भन्नुभयो ।

पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले बुबाको जीवनीको पक्षलाई चीरस्थायी बनाउनु पर्नेमा जोड दिनुभयो ।
लेखक ज्ञवालीले आफूले राजनीतिक अगुवा र विचारकसँगको सामिप्यताका आधारमा पुष्पलालको जीवनी लेखेको बताउनुभयो ।

नेकपा (एमाले) का प्रचार विभाग सचिव सूर्य थापाले पुष्पलालको जीवनीले नयाँ पुस्तालाई कम्युनिष्ट आन्दोलनबारे प्रेरित गर्ने बताउनुभयो । रासस (श्रव्य सामग्री उपलब्ध छ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम