काठमाडौँ, १३ कात्तिक । वैदेशिक रोजगारीका सिलसिलामा इजरायलमा भोगेका दुःखसुख समेटेर गजलकार भगवती बस्नेतले ‘रहर भो जिन्दगी’ नामक गजल सङ्ग्रह प्रकाशन गर्नुभएको छ ।
गजल सङ्ग्रहमा खासगरी वैदेशिक रोजगारीको क्रममा नेपाली महिलाले भोगेका समस्या, मानसिक र शारीरिक पीडा, दुव्र्यवहारलगायतका विषय समेटिएको बताइएको छ ।
नेपाली गजल विधामा यो एउटा नयाँ प्रयोग भएको गजलकार कृष्णहरि बरालले बताउनुभयो । रासस