Online Nepali Literature Forum
   

Users Online : 11
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
‘शङ्खधर प्रतिष्ठानलाई राष्ट्रिय स्वरूप दिइनुपर्छ’ (रत्न श्रेष्ठ) - [2011-11-10]

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानलाई आवश्यक परिमार्जन गरी इतिहासविद्, संस्कृतिविद् र अध्ययन अनुसन्धानकर्तालाई समेटेर राष्ट्रियस्तरको प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरले विद्यमान प्रतिष्ठानलाई नै राष्ट्रियस्तरको प्रतिष्ठानको स्वरूप दिन सकिए भोलिका दिनमा थप अध्ययन र अनुसन्धान गर्न तथा शङ्खधर तथा नेपाल संवत्बारे प्रचारप्रसार गर्न सहज हुने दाबी गर्नुभयो ।

साख्वाः प्रतिष्ठान विसं. २०६१ मङ्सिर ४ गते स्थापना भएको हो ।

रासससँगको कुराकानीमा उहाँले जनस्तरबाट गठन भएको शङ्खधर प्रतिष्ठानले राज्यसँग सहकार्य गर्दै राष्ट्रियरूपमा विभित्र कार्यक्रम सञ्चालन गर्दै आइरहेकाले यसै प्रतिष्ठानलाई राष्ट्रिय प्रतिष्ठानको रूपमा मान्यता दिइनु पर्ने विचार प्रकट गर्नुभयो ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय विभूति साख्वाःको नाममा राष्ट्रिय प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको सन्दर्भमा विसं. २०६१ मा जनस्तरबाट मध्यपुर थिमिमा स्थापित प्रतिष्ठानको आगामी भूमिका के हुन्छ भत्रे जिज्ञासामा अध्यक्ष मानन्धरले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

मन्त्रिपरिषद्को यही कात्तिक ८ गते बसेको बैठकले मुलुकमा प्रचलित संवत्हरुको अध्ययन गरी ती संवत्लाई समेत राष्ट्रिय क्यालेन्डरमा समावेश गर्न र सरकारले तिनको संवद्र्धनका लागि गर्नुपर्ने कार्य अध्ययन गरी सिफारिस गर्न पूर्वमन्त्री पद्मरत्न तुलाधरको अध्यक्षतामा कुमार योन्जन तामाङ र हरिनारायण मल्ल रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।

‘जनस्तरबाट स्थापना भएका कारण यसलाई सबैको सहयोग आवश्यक रहेको बताउँदै मानन्धरले भत्रुभयो¬– प्रतिष्ठानको मुख्य उद्देश्य भनेको शङ्खधर र नेपाल संवत्को प्रवद्र्धन मात्र रहेकाले यसै प्रतिष्ठानलाई राष्ट्रिय स्वरूप दिए यो अभियान सहज बन्छ ।

‘राष्ट्रिय प्रतिष्ठान गठन गर्ने विषयमा नअल्मलिएर तुरुन्तै यसै प्रतिष्ठानलाई आवश्यक परिमार्जन गरेर अगाडि बढाए राम्रो हुनेछ’, उहाँले भत्रुभयो ।

स्थापनाकालदेखि प्रतिष्ठानले सीमित स्रोत र साधनका बाबजुद विभित्र कार्यशाला गोष्ठी, अन्तरक्रिया, बुलेटिन प्रकाशन, प्रचारप्रसार, हरेक वर्ष प्रधानमन्त्रीलगायत अन्य महानुभावबाट शङ्खधर चोकस्थित शङ्खधर साख्वाःको प्रतिमूर्तिमा माल्र्यापण कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

शङ्खधरको विविध प्रकारका प्रतिमूर्ति छापामा देखापर्न थाले पनि सुरुमा ल्याइएको प्रतिमूर्तिलाई वास्तविक प्रतिमूर्तिका रूपमा लिई त्यसलाई नै आगामी दिनमा प्रचारप्रसारमा ल्याउनुपर्ने उहाँको सुझाव छ ।

इतिहासविद् र राजभोग वंशावलीमा लेखिएका तथ्यहरुका आधारमा पशुपति मन्दिरभित्र रहेको शङ्खधरको शिलामूर्तिलाई मध्यपुर थिमिको युवा संस्था ल्याय्म्हः पुचःको सक्रियतामा तत्कालीन सञ्चार मन्त्रालयअन्तर्गतका कलाकार वत्सगोपाल वैद्यको सहयोगमा शङ्खधरको प्रतिमूर्तिको प्रारूप तयार पारिएको हो ।

उक्त प्रारूप नै साख्वाःको पहिलो तस्बिर भएको र ल्याय्म्ह पुचःले सोही तस्बिर राखेर नेपाल संवत् ११०८ मा पात्रो प्रकाशन गरेको थियो ।

राजा राघवदेवको पालामा साख्वाःले नेपालीहरुको ऋण मोचन गरिदिएको खुशीयालीमा विसं. ९३६ मा नेपाल संवत् प्रचलनमा ल्याइएको एकथरी इतिहासकारहरु बताउँछन् ।
राष्ट्रियताको भावनाबाट ओतप्रोत भई ऋणमोचनका लागि निर्वाह गरेको भूमिका तथा नेपाल संवत् चलाएको योगदानको कदर स्वरूप २०५८ मङ्सिर २ गते (नेस ११२२ कछलाथ्व दशमी) का दिन साख्वाःलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको हो ।

एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा विसं. २०६५ कात्तिक ७ गते ‘नेपाल संवत् ११२८ कउलागा’का दिन नेपाल संव्तलाई राष्ट्रिय संवत् घोषणा गरिएको थियो ।

नेपालबाट प्रकाशित हुने हरेक गोजी पात्रोमा नेपाल संवत्को तिथिमितिहरु निरन्तर रूपमा उल्लेख गरिंँदै आएको छ । रासस







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम