Online Nepali Literature Forum
   

Users Online : 13
| More
अक्षरको आकार:   - | +
संघ संस्था परिचय
विश्व नेपाली साहित्य महासङ्घ Global Federation for Nepali Literature (GFNL) - [2011-11-20]

विश्वभर छरिएर रहेका नेपाली साहित्यको संरक्षण, सम्बर्द्धन, विकास र विश्वव्यापी विस्तार गर्नपुर्ने आवश्यकता महसुस गरी विभिन्न १८ वटा मुलुकबाट ४७ साहित्यिक स्रष्टाहरुको सामूहिक सक्रियतामा सन् २०१० (भानुजयन्ती) को शुभअवसरमा यस 'विश्व नेपाली साहित्य महासङ्घ' Global Federation for Nepali Literature (GFNL) को विधिवत स्थापना भएको हो । साझा, पारदर्शिता, सह–अस्तित्व र ऐक्यबद्धता लाई मुलमन्त्र लिएर स्थापित यस महासङ्घका हाल विभिन्न १० मुलुकहरु – साउदी अरेबिया, रसिया, अमेरिका, वेलायत, मलेशिया, स्पेन, नेपाल, युएई, बेल्जियम र क्यानडामा गरि १३ वटा शाखाहरु स्थापना भई सञ्चालनमा रहेका छन् । र, विश्वभर यस साहित्य महासङ्घको विस्तार हुनेक्रम् तीब्र गतिमा अघि बढिरहेको छ ।

विभिन्न मुलुकमा विभिन्न साहित्यिक सङ्घ–संस्थाहरु रहेका भएपनि सामूहिक पहलमा गैर आवासीय तमाम् नेपाली स्रष्टाहरु, समस्त नेपालका स्रष्टाहरु तथा साहित्यिक सङ्घ–संस्थाहरुलाई समेट्नको निमित्त यस साहित्य महासङ्घको स्थापना भएको हो । अन्य साहित्यिक सङ्घ, सङ्गठनहरु भन्दा यस महासङ्घको आफ्नै मौलिक विशेषताहरु रहेका छन् । यस महासङ्घले विभिन्न साहित्यिक संस्थाहरुको पहिचान र अस्तित्वलाई स्वीकार गर्दै महासङ्घमा आबद्ध गराउँदछ । नेपाली साहित्य र प्रतिष्ठाको निमित्त हातेमालो गर्न हाल विभिन्न देशका आधा दर्जन साहित्यिक संस्थाहरु यसमा आबद्ध भइसकेका छन् । साथै, अन्य संस्थाहरु पनि आबद्ध हुनेक्रम् जारिरहेको छ ।

हामी विभिन्न मातृभाषाहरु बोल्दछौ, विभिन्न लिपीहरु प्रयोग गर्दछौ यद्यपी हामीहरु माझ सम्पर्कको मुख्य भाषा नेपाली भाषा हो । यहि भाषाले हामीलाई एकताको शुत्रमा बाँधेको छ । नेपाली दुःख, सुख, पीडा, वेदना र भावना बोल्ने जुनसुकै भाषा, लिपीमा लेखिएका साहित्यहरु नेपाली साहित्यको कित्ता भित्र पर्नुले नेपाली साहित्य आकाश अत्यन्तै फराकिलो हुनु स्वभाविक हो । यो साहित्य आकाशको भागिदार हामी सबै हौ र यसलाई समुन्नत बनाउने दायित्व पनि हामी सबैको हो । यस साहित्यिक संस्थाको नाम नै महासङ्घ भएकोले सबैलाई समेट्दछ र यसको कार्यक्षेत्र ठूलो, फराकिलो छ ।

विश्वको प्रत्येक देश, प्रत्येक शहर, गाँउ, टोल, समुह, समुदाय, विश्वविद्यालय, क्याम्पस र विद्यालयमा समेत यस साहित्य महासङ्घको शाखा बन्न सक्ने विधानत ब्यवस्था भए अनुसार नेपाली साहित्यको सम्भवत सबैभन्दा ठूलो संजाल बन्नेक्रममा छ । नयाँनयाँ प्रविधिको विकास संगै विश्वलाई एउटा गाँउको मान्यता राख्दछ । सबै भाषा, लिपी, साहित्य संग समन्वय गर्दै सन्तुलित सहिष्णुता राख्दछ । नेपाल र नेपाली सम्बन्धमा विदेशीहरुले लेखेका लेख तथा पुस्तकमा भएका गल्तिहरुलाई सुधार्न सहयोगिको रुपबाट सुझाव दिन “नेपाल सम्बन्धि सुचना सुधार कार्यदल” बनाएर महासंघले आफ्नो महत्वपूर्ण कार्यलाई अघि बढाइ सकेको छ । अन्य अन्र्तराष्ट्रिय भाषा सम्म पहूच बढाउन विभिन्न कार्यहरु गर्दै आएको छ । संमग्रमा नेपाली साहित्यको श्रीबृद्धि र नेपाली प्रतिष्ठाको लागि महासङ्घ क्रियाशिल रहेको छ ।

भर्खरै मात्र नेपाली साहित्यको इतिहासमै पहिलो पटक व्यापक साहित्यकारहरुको सहभागिता रहेको नयाँ प्रविधि र नौलो तरिकाले “विश्वव्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८” सु–सम्पन्न ग¥यो । उक्त प्रतियोगितामा विश्वका विभिन्न १९ वटा मुलुक र नेपालका २७ जिल्लाबाट लगभग २ सय स्रष्टाहरुको सहभागीता रहेको थियो । अहिले यस महासङ्घ दोस्रो चरणको कार्यक्रम् अन्तर्गत विभिन्न साहित्यिक प्रकाशन र व्यापक सङ्गठन विस्तारमा जुटेको छ ।

साहित्य महासङ्घका उद्देश्यहरु
(नेपाली साहित्य, जन्मभूमि, कर्मभूमि अनि आउँदो पुस्ताहरूप्रति उत्तरदायी बन्दै)

(क) विश्वभर नेपाली साहित्य विस्तार, विकास, संवद्र्धन, प्रोत्साहन र हौसलाको लागि आवश्यक कामहरू गर्ने ।
(ख) साहित्यिक व्यक्तित्व तथा समस्त स्रष्टा सर्जकहरूबीच आपसमा चिनजान, मित्रता, भातृत्व, सहिष्णुता, सद्भाव र सहयोगको अभिबृद्धि गर्दै सम्पर्क सेतुको काम गर्ने ।
(ग) देशविदेशमा रहेका विभिन्न नेपाली साहित्यिक सङ्घ, संस्थाहरूसँग समन्वय र सहकार्य गर्दै समउद्देश्य बोकेका संस्थाहरूसँग सम्बद्धता कायम गर्ने ।।
(घ) साहित्यिक हक, अधिकारको लागि कार्यरत रहने ।
(ङ) नेपाली परिचयलाई देशविदेशमा सम्मानित र उच्च पहिचानयुक्त बनाउन आवश्यक कार्य गर्ने ।
(च) प्रवासी नेपाली साहित्यको पहिचान र सम्मानको लागि गुणस्तरीय साहित्यमा जोड दिँदै सम्बन्धित निकायहरूमा आवाज र दबाब पु-याउने ।
(छ) विश्वभरका विभिन्न मुलुकमा रहनु भएका नेपाली साहित्यकार, साहित्य, साहित्यिक गतिविघि र साहित्यिक सङ्घ, सङ्गठनबारे जानकारी लिने, अभिलेख राख्ने, साहित्यिक समस्या तथा समाधानको लागि पहल/सहयोग गर्ने ।
(ज) विश्वभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा साहित्यका सङ्घ, सङ्गठन तथा साहित्यिक व्यक्तित्वहरूसँग यथासम्भव सम्पर्क र समन्वय गर्ने ।
(झ) नेपाली साहित्य (पर्वते, खस भाषा÷विभिन्न मातृभाषा) को श्रीबृद्धिको लागि आवश्यक विभिन्न कार्यहरू गर्ने ।


विश्व नेपाली साहित्य महासङ्घ,
विश्व केन्द्रीय समितिः

१. संस्थापकः भानु जयन्ती २०६७
२. अध्यक्षः डा. मधु माधुर्य (रसिया)
३. वरिष्ठ उपाध्यक्षः गोविन्द गिरी प्रेरणा (अमेरिका)
४. उपाध्यक्षः रमेश पौडेल (काठमाडौँ)
५. उपाध्यक्षः टङ्क सम्बाहाम्फे (हङकङ)
६. उपाध्यक्षः वीरभद्र ढोली कार्की (सिक्किम, भारत)
७. उपाध्यक्षः सुरेसजङ्ग शाह (वेलायत)
८. उपाध्यक्षः तिलक मल्ल (जापान)
९. महा–सचिव: विश्वास दीप तिगेला (ब्रुनाई/वेलायत)
१०. सचिवः इन्द्र नारथुङे (मलेसिया)
११. उप–सचिवः समदर्शि काँइला (युएई)
१२. साहित्य सञ्चार संयोजकः प्रदीप थापा मगर (अमेरिका)
१३. सङ्गठन सचिवः भोला शिवाकोटी पुरानोघरे (भुटान/अमेरिका)
१४. आर्थिक सचिवः सुरेन्द्र इङनाम (वेलायत/ब्रुनाई)
१५. आर्थिक सह–सचिवः शर्मिला खड्का, (काठमाडौँ)

सदस्यहरूः
१६. शिव प्रकाश (बोस्टन, अमेरिका)
१७. हरी शिवाकोटी (क्यानडा)
१८. जीवन देवान गाउँले (मलेसिया)
१९. गणेश खड्का प्रतिक्षा (सेसेल्स)
२०. उमा सुवेदी (इजरायल)
२१. सन्तोष न्यौपाने (बेल्जियम)
२२. देवेन्द्र सुर्केली (काठमाडौँ)
२३. साबित्रि काफ्ले (अस्ट्रेलिया)
२४. केदार सुनुवार सङ्केत (अफगानिस्तान)
२५. भिम के. सी. कमल (पोर्चुगल)
२६. वसन्तमोहन अधिकारी (युएइ)
२७. जितमान राई सविन (पेनाङ, मलेसिया)
२८. गोवद्र्धन पूजा (अमेरिका)
२९. तिर्थसङ्गम राई (कतार)
३०. गोविन्द देवकोटा (मस्को रसिया)

केन्द्रीय परिषद् सदस्य
१. श्याम रिमाल, (नेपाल)
२. वेदनिधि दाहाल (अमेरिका)
३. नीला अधिकारी, (वेलायत)
४. ऋषीप्रसाद लामिछाने (चितवन, नेपाल)
५. गणेश ठाडा (चीन)
६. केजिन राई (बेल्जियम)
७. दिनेश बस्नेत (नेपाल)
८. पुरु जोशी (द. कोरिया)
९. नम्रता गुरागाई (अमेरिका)
१०. हस्त गौतम मृदुल (टेक्सास, अमेरिका)
११. ध्रुव थापा (अमेरिका)
१२. बिनो लामा (मलेसिया)
३३. मोहन परदेशी (भारत)
१४. जयन्द्र घिसिङ (बहराइन)
१५. चन्द्र घर्तिमगर (चीन)
१६. गोविन्दप्रसाद गौतम (मस्को, रसिया)
१७. दीपदर्शन शाही (मलेसिया)
१८. मनु ठाडा मगर (वेलायत)
१९. गोविन्द गुरुङ (ब्रुनाई)
२०. प्रकाश राई (ब्रुनाई)
२१. शम्भुप्रसाद रिजाल (मस्को, रसिया)
२२. अमृत परियार (पोर्चुगल)
२३. सुरेन्द्र लिम्बू (लेवनान)
२४. भानु सुनुवार (कतार)
२५. नगेन्द्र इङनाम (न्यूयोर्क, अमेरिका)
२६. भक्त घिमिरे (भुटान/न्यूयोर्क)
२७. खगेन्द्र पंधाक, चुम (थाइल्यान्ड)
२८. सागर श्रेष्ठ, (साउदी अरेबिया)

सल्लाहकारहरू
१. प्राज्ञ वैरागी काइला, कुलपति– नेपाल प्रज्ञा प्रतिष्ठान
२. अध्यक्ष – गैर आवासीय नेपाली सङ्घ, के. समिति
३. डा. गोविन्दराज भट्टराई
४. मुरारीराज शर्मा
५. कृष्णप्रकाश श्रेष्ठ
६. होमनाथ सुवेदी
७. विक्रम सुब्बा
८. डा. कविताराम श्रेष्ठ
९. ज्ञानेन्द्र गदाल, अध्यक्ष – अनेसास


महासङ्घमा सम्बद्ध संस्थाहरू

१. उदाउँदो तारा साहित्य समाज, पेनाङ, मलेसिया
२. अनलाइन नेपाली साहित्य मञ्च, ब्रुनाई/वेलायत
३. नेपाली साहित्य प्रतिष्ठान, हङकङ
४. सर्वदा वाङमय साहित्य प्रतिष्ठान, युएई
५. प्रवासी नेपाली साहित्य समाज, वेलायत/ब्रुनाई

यस साहित्य महासङ्घले संसारभर छरिएर रहेका गैर आवासीय नेपाली साहित्यकार (नेपालका सहित) तथा साहित्यिक सङ्घ सङ्गठनहरुलाई हौसला, प्रोत्साहन तथा सहयोग पु-याउनको निमित्त कथा, कविता, गजल, मुक्तक, नाटक, नियात्रा, अनुवाद, भाषाभाषी साहित्य, उत्कृष्ट साहित्यिक संस्था लगायतका विभिन्न विधाका पुरस्कारहरु स्थापनाको निमित्त प्रस्ताव अघि बढाएको छ । यस साहित्य महासङ्घ हाम्रा सम्पूर्ण शुभेच्छुकहरुबाट सल्लाह, सुझाव, सद्भाव साथै सहयोगको आसा गर्दछ ।

अन्तमा, नेपालीहरुको पहिचान र प्रतिष्ठाको निमित्त अत्यन्तै महत्वपूर्ण भूमिका रहने साहित्य क्षेत्रलाई सहयोग गर्न, साहित्यिक सहयात्रामा साथ दिन एवं आजीवन सदस्य (रु ५ हजार), संरक्षक सदस्य (रु २५ हजार) र साधारण सदस्य (स्वेच्छा शुल्क सहित) बनिदिनु हुन साथै प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरिदिन हुन यस साहिय महासङ्घ हार्दिक अनुरोध गर्दछ ।

जय नेपाली साहित्य !


विश्व नेपाली साहित्य महासङ्घ
विश्व केन्द्रीय समिति
www.gfnl.org
E-mail: gfnl@ymail.com
Skype: nepaliliterature
facebook: gfnl.nepaliliterature
Phone: 006738893020




 Urlhttp://gfnl.org.np




तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम