मलाई हराउनुमा कसैको हात हुनुपर्छ
या त तिम्रो जबानीको मात हुनुपर्छ
त्यत्तीकै त तिमी यति उचालीएकी छैनौ हौली
केही न केही त यसमा खास वात हुनुपर्छ
अप्ठयारो साथ माग्यौ सजिलोमा छोडनु रैछ
कसैको त तिम्लाई पक्का साथ हुनुपर्छ
अरुले झै तिम्ले पनि धोकेबाजको संज्ञा पायौ
तिमी पनि निष्ठुरीको जात हुनुपर्छ
बिछोडको पिडा के हो कस्तो हुन्छ तडप जान्न
मलाई जस्तै तिम्लाई पनि घात हुनुपर्छ ॥
- कुर्घा -5 पर्बत
तपाईंको प्रतिकृया
Nice
gazal prakash g
ati man paryo
Nice
meetho gazal prakash g