Online Nepali Literature Forum
   

Users Online : 17
| More
अक्षरको आकार:   - | +
कविता
इतिहासको यो खण्डमा (पार्थ सारथी) - [2012-01-03]

आफ्नै किपट र रिमठिम
आफ्नै ताम्वा र मोइजेन
हाम्रो लडाईको सपना थियो
हाम्रो रगतको मुल्य थियो,
विलुप्त पारिएको भाषा र भेषको पहिचान
जवर्जस्त लुटिएको गुम्वा र छोर्तेन
फर्काई माग्ने आफ्नै ह्यूल्सामा
एकमात्र सपना थियो
एकमात्र लक्ष्य थियो,

थुप्रै पासाङहरुको रगतको सगुन
धेरैचोटी ढा“टेर खाए रक्तपिपासुहरुले
थुप्रै डोल्माहरुको छार म्हेन्दो झैं जिवन
लुटेर लगे वादशाहहरुले

ति सवको वदलामा हामीलाई,
वाध्य वनायो धामी र झा“क्री वन्न
वाध्य वनायो इतिहास विर्सन
र लखेटेर पुर्यायो कुनै अनकन्टार भित्तामा
जहा“वाट हामीले लुटिएको अस्तित्व
हेर्न मात्र सक्थ्यौं निःशब्द वस्न मात्र सक्थ्यौं,

आज इतिहासको घोर्लोङ गोलचक्कर मार्दै
हाम्रै सामुने ढोग गर्न आईपुगेको छ
हामी संग छ मुक्ति र विद्रोहको तागतले
टाप वजारीरहेको स्वेत घोडाहरु
र हुत्तिएका छन् हिनहिनाउदै पर कतै
निरंकुश वादशाहका काला घोडाहरु,

थुप्रै दुःख र कष्टको युग पार गरेर,
हामीले हाम्रो आदिम भुमि हराभरा पारेका छौं
हामीले हाम्रो अनकन्टार पहराहरु फोरेर
वुकि र गुरा“सहरु फुलाएका छौं
र गुन्जायमान पारेका छौं
ॐ माने पेमेको जाप संगै
स्वतन्त्रता र उन्मुक्तिका जयगानहरु,

अझै पनि,
यो सुन्दर म्हेन्दोको संसार चोर्न
यो मनमोहक सरगम र पवित्र भुमि खोस्न
उद्धत छन् वादशाहका दरसन्तानहरु
प्रयासरत छन् जल्लादका भक्तहरु

तसर्थ,
ओ ! पवित्र धर्तिका आदि मानसहरु
जागै राख्नु भन्ज्याङ र गढीहरु
पखाली राख्नु हातमा
पुर्खाको रगतको आहालमा डुवेका तरवारहरु
र वाली राख्नु निरन्तर मुक्ति र विद्रोहका राकोहरु !







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम