(१९१३ -२००५ ), अल्बामा, अमेरिका, चर्चित अमेरिकन अस्वेत महिला, रंग भेद बिरोधि कार्यकर्ता
सन् १९५५ मा अमेरिका को सार्बजनिक बस को अघिल्लो सिट हरु गोराहरुको लागि र पछिल्लो सिट हरु मात्र अस्वेत कालाहरुको लागि बस्ने अनुमति थियो |त्यो पनि ,यदि उक्त बसमा गोराहरु भरिए भने कालाहरूले आफु बसेको पछिल्लो सिट पनि गोराहरुलाई छोडी दिनु पर्थ्यो |
सन् १९५५ डिसेम्बर १ मा ,रोजा पार्कस ,४२ वर्ष ,एक डिपार्टमेन्ट स्टोर को जागिर बाट घर फर्की रहेकी थियिन |उनि बसको पछिल्लो सिट ,जहाँ कालाहरु बस्छन ,मा नै बसेकी थियिन |बिस्तारै बसमा गोराहरु भरिए र ड्राइभर ले रोजा लाइ बसेको सिट बाट उठेर गोराहरुको लागि सिट खाली गर्न आदेश दियो |तर रोजा उठिनन ,ड्राइभर ले पुलिस बोलायो र उनीलाई पक्रेर लग्यो |
पुलिस -"तिमीले उठेर गोराहरुको लागि किन सिट खाली नगरेको ?"
रोजा -"मैले उठिरहन आवस्यक देखिन |"
पुलिस -"के तिमि शारीरिक रुपमा थाकेका थियौ ?थाकेका थियौ भने भन ,माफ माग ,तिमीलाई छोडी दिन्छौ |"
रोजा -"म शारीरिक रुपमा थाकेको थियिन तर गोराहरुको लागि सिट छाडदा छाडदा ,गोरा हरुको अघि आत्मा समर्पण गर्दा गर्दा थाकिसकेको थिए |"
रोजा को यो अन्तिम उत्तर सार्बजनिक हुदा नहुदा अल्बामा शहरमा उथल पुथल भैसकेको थियो |त्यसको भोलिपल्ट देखि त्यस शहरका ४० हजार कालाहरु हिडेर नै आ आफ्नो कार्यमा जान थाले ,उनीहरु प्रतेक दिन ३० कि मि सम्म हिडेर अफिस जान थाले तर गोरा ड्राइभर भएको कुनै गाडी चढेनन |कालाहरूले ३८२ दिन सम्म गोराहरुको गाडी बहिस्कार गरे ,त्यतिका दिन सम्म कालाहरु पैदल हिडेर नै आ आफ्नो काम मा गए |
अन्त्यमा गोराहरु झुके र अल्बामा राज्यको सबै सार्बजनिक बसहरुमा गोरा र कालाको बिबेद हट्यो |रोजा पछी मात्र मार्टिन लुथर किंग हरुको संग्घर्स सुरु भयो |
आज रोजा यस संसार बाट बिदा भै सक्नु भएको छ, तर अमेरिकामा रंगभेद बिरोधि आन्दोलनको सुरु गर्ने महान अस्वेत महिला र उहाको साहसलाइ सम्झना गर्दै सम्मान गर्न चाहान्छौ |
यहीबेला, राजनीतिमा इन्ट्रेस्ट छैन भन्दै अरु के के मा मात्र दगुरी हिडने नेपालका युबती र युबाहरुको लागि रोजा प्रेरणा हुन सक्दछ ।
from: Kumar Lingden, facebook post