Online Nepali Literature Forum
   

Users Online : 20
| More
अक्षरको आकार:   - | +
कविता
अलबिदा (सीमा राई) - [2012-02-17]

जोड्नै को लागि बनेको हो क्यारे नाता
थाहै नपाई
तिमी सँग जोडीएछ
तोड्नै को लागि गरिन्छ क्यारे बाचा
लाखौं पल्ट तोडिएछ
दुख्ने मुटु एउटै छ
घाइते छु भन्न पाइएन
बेदना को लात, घुस्सा, मुड्की .....
ओइरो लगिरहछ
उफ्, म थाकी सकेँ
म गलिसकेँ
जिन्दगी ज्युँदो लास बनी सक्यो
खाली एक मुट्ठी सास
र यो घाइते मुटु छ
अब त मलाई जान देउ
बिन्ती, म बिदा माग्छु
स्वीकृती देउ
अलबिदा


- जर्मनी





तपाईंको प्रतिकृया

Good article keep on write Sima...........

Saral sabadhma salala bageko chha!rambro lagyo!

I like it.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम