Online Nepali Literature Forum
   

Users Online : 15
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
राष्ट्रवादी गीतकार– आङदेम्बे - [2012-03-24]

मेची काली सुसाउछन् बग्ने पानी हाम्रो
बनाउन सके देश हाम्रो साच्चै बन्छ राम्रो

जोगाएर राख्नुपर्छ देशको सिमानालाई
सबले बुझ्न सक्नु पर्छ जनभावनालाई

यी उत्कृष्ट विचार र शब्दका धनी हुनुहुन्छ सन्तकुमार आङदेम्बे । घरदेश छोडेर परदेशमा लामो समय विताउनु भएका स्रष्टा आङदेम्बे आफ्नो गीति एल्बम ‘रङ्गहरु’ को सफलता संगै अहिले निक्कै चर्चामा हुनुहुन्छ । वहाको स्पष्ट विचार र सुन्दर भावनाहरु समेटिएका शब्द सिर्जनालाई धेरैले मनपराएका छन् । राष्ट्र, राष्ट्रियता र माटो संगको सम्बन्धलाई केन्द्रबिन्दु बनाएर सिर्जना गर्नुहुने गीतकार आङदेम्बे साच्चै नै सत्य तथ्यमा पहाड झै उभिनु भएको पहरेदार झै लाग्दछ । परदेशमा विभिन्न समस्याहरुको बाबजुद पनि अक्षरका खेती गर्दै आउनु भएका गीतकार आङदेम्बे संग सेरिया, ब्रुनाईमा राजु सुब्बाले गर्नुभएको संक्षिप्त कुराकानी प्रस्तुत छ ।

सन्तकुमार आङदेम्बेको आफ्नो परिचय के हो ?
म आज भन्दा ४ दशक अघि पाँचथर सराङडाँडामा जन्मिएर, त्यहि हुर्किबढि २ दशक अघिदेखि बेलायती गोर्खा सेनामा सेवा गर्दै आएको छु ।

तपाइले कहिले देखि कलम चलाउन थाल्नु भएको हो ? र कुनकुन विधामा कलम चलाउनु हुन्छ ?
मलाई सानैदेखि कथा, कविता मनपथ्र्यो, पाठ्यक्रममा भएका कविताहरु पढेपछि म आफै सिर्जना क्षेत्रमा कुनै न कुनै तरिकाले आकर्षित भए र भर्तिभएर हङकङ, वेलायत पुगेपनि पढि रहन्थे, लेखिरहन्थे, साहित्यिक कार्यक्रमहरुमा बाचन गर्थे । म विशेष गरेर कविता लेख्छु तर सिर्जना सार्वजनिक गर्ने सवालमा चाहि गीती एल्वम ‘रङ्गहरु’ पहिले आएको छ ।

किन एल्बमको नाम रङ्गहरु राख्नु भयो ?
एल्बम ‘रङ्गहरु’ भित्र ५ भिन्न प्रकारका जम्मा ८ वटा गीतहरु रहेका छन् । राष्ट्रिय भावनाका गीत, मायाप्रिर्ति, परदेशिनुको पीडा, आमाको माया र गाँउघरको सम्झना रहेका गीतहरु समेटिएकाले यसलाई विभिन्न सुन्दर रङ्गहरुको समिश्रण स्वरुप पाचै रङ्गको लोगो राखेर यस एल्बमको नामाकरण गरिएको हो ।

तपाईको एल्बममा गाँउ र देशलाई सम्बोधन गरेका गीतहरु छन यसका मुख्य सन्देश के हो ?
नेपाल विभिन्न जाति, धर्म, भाषा, संस्कृतिले सुसज्जित सुन्दर फूलवारी हो र यो फूलबारी सबैको साझा बनाउन सङ्घीयतामा प्रवेश गरेका छौ यसलाई संस्थागत र ब्यवहारिक बनाउन आब्हान गर्ने कोशिस गरेको छु । सबैको भाषा, संस्कृति, धर्म जस्ता पहिचानका कुराहरुलाई राष्ट्रकै सम्पति मान्दै जानसके मात्र सामाजिक साहिष्णुता कायम रहन सक्दछ भन्ने हो ।

रङ्गहरु बजारमा आईसकेको छ, स्रोता, दर्शकहरुको प्रतिक्रिया चाहि कस्तो छ ?
स्रोता, दर्शकहरुको प्रतिक्रियाले मलाई आत्मसन्तुष्टि दिएको छ । यो क्षेत्र मेरो लागि रुचीको क्षेत्र हो र धेरैकुराहरुको अनुभव भयो र निरन्तर लाग्ने हौसला प्राप्त भएको छ ।

तपाई लाहूरे स्रष्टा हुनुहुन्छ,, पल्टनघर भित्र साहित्य सिर्जना गर्न के कस्तो बातावरण छ ?
जहा इच्छा त्यहा उपाय भने झै सिर्जना गर्न चाहानेको लागि पल्टन घरको समय र वातावरण अनुकुल छैन भन्न मिल्दैन । किन की पल्टनबाट त झनै वास्तविक सिर्जनाहरु भएका छन् । कल्पना गरेर लेख्नु र अनुभव, अनुभूतिले लेख्नु फरक हुन भन्ने लाग्दछ ।

गीतहरुको भिजलाइज गरेको र नगरेको गीतहरुको सन्दर्भमा के फरक पाउनु भयो ? र कतिवटा भिजलाइज गर्नुभयो ?
निर्देशक मिलन चाम्स जीको निर्देशन र छाँयाङ्कनमा मैले ४ वटा गीतको भिजलाइज गरेको छु । आजकल गीत सुन्ने मात्र नभएर हेर्ने पनि भएकोले निक्कै ठूलो अन्तर छ । त्यसैले बाँकी गीतहरुको पनि भिजलाइज गर्ने योजनामा छु ।

यहाको लेखन र गीतहरुको बारेमा कुरा भयो तर गीतहरु मध्ये कुनचाहि बढि लोकप्रिय भएको छ ?
सबै सिर्जनाहरु प्यारो छन् त्यसमध्ये पनि आमालाई सम्बोधन गरेर लेखेको गीत जुन मेरो आफ्नै वेदना हो । आमाको मृत्यू बेला म प्रवासमै थिए र मैले वहाको मुहार देखन पाइन । केहीदिन पछि समाधिस्थलमा पुग्दा चिहान खनेरै एकपटक आमाको मुहार हेरौ लाग्यो हो त्यहि सेरोफेरोमा मैले यो गीत लेखेको हूँ । त्यहि पीडाले परदेशिन मन थिएन भन्ने गीतपनि लेखेको छु । साथिभाईहरुले चाहि मेरा दुई राष्ट्रिय गीतलाई चाहि अधिक रुपमा मनपराउनु भएको छ । गीतलाई विभिन्न मोडमा सुनिने भएकोले परिवेस अनुसार सबै गीतहरुलाई उत्तिकै मनपराइएका छन् ।

‘रङ्गहरु’ ले तपाईलाई के दियो ?
आत्म सुन्तुष्टि र केही पहिचान दिएको जस्तो लाग्छ ।

स्वतन्त्र विचार प्रवाह समुह वेलायत, ब्रुनाईको यहा संयोजक हुनुहुन्छ यो कस्तो समुह हो र के गर्दैछ ?
संविधान निर्माण जस्तो महत्वपूर्ण कार्यमा लाहूरेहरुको पनि सहभागिता र सद्भाव रहोस जसले गर्दा नेपाल तथा नेपालको संविधान निर्माणमा लाहूरेहरुको भूमिका इतिहासमा रहन सकोस भन्ने उद्देश्यले निष्पक्ष तवरबाट दबाब दिउ, सुझाव दिउ, हाम्रो उपस्थिती पनि जनाऔ भन्ने अवधारणा विश्वासदीप तिगेला जी लगायतका साथिहरुले ल्याउनु भयो र त्यसलाई मैले साथ दिएको हू र नेतृत्व गरेको हू । यस समुहले नयाँ बर्ष, साउने संक्रान्ति र उधौली चार्डको अवसरमा ६ सय १ सभासद, सभाध्यक्ष लगायतलाई शुभ कामना कार्ड दिदै आएको छ । उक्त शुभ कामना कार्डमा निर्माणाधिन संविधानमा समावेश हुनुपर्ने अनिवार्य विषयहरु बुदांगत रुपमा समावेस गरेर दिएका थियौ । देख्दा शुभ कामना कार्ड जस्तो देखिए पनि त्यो दबाब हो । त्यस्तैगरि बर्षभरि गोजिमा राखिने गोजिपात्रोमा सोहि दबाबको कुराहरु राखेर ६ सय १ सभासदलाई वितरण ग¥यौ । संविधान सभाहल भित्र छिर्दा र निस्कदा सधै देखिने नयाँ बानेश्वर चोकमा तिनै दबाबका कुराहरु राखेर सबैभन्दा ठूलो होर्डिङ बोर्ड राख्यौ । हिमाल खबर पत्रिकाले संघियता पक्षको विज्ञापन छाप्दैनौ भन्यो र त्यो भन्दा चलेको नेपाल साप्ताहिकमा पूरै एकपृष्ठमा तिनै दबाबको कुराहरु छाप्ने काम ग¥यौ । केही समय अघि काठमाण्डोमा बुद्धिजिबीहरुलाई बोलाएर संविधान निर्माणमा लाहूरेहरुको भूमिका विषयक एक अन्तरक्रियाको कार्यक्रम पनि सम्पन्न गर्यौ । सगरमाथा टेलिभिजन लगायतमा तिनै दबाबका कुराहरुलाई प्रसारण ग¥यौ । उक्त हाम्रा कामहरुले संविधान निर्माणमा ठूलो सहयोग र दबाब पुगेको छ त्यो भन्दा बढि हामीले संविधान निर्माणकर्ताहरुलाई अत्यन्तै गम्भिरतापूर्वक हेरेका छौ भन्ने सन्देश गएको छ ।

विचार प्रवाह समुहलाई सहयोग कहाकहाबाट जुट्यो ?
यस समुहको कमिटि र सहयोगदाताहरु लाहूरे परिवेसका मात्र हुनुहुन्छ । विशेष गरेर नेपालीसमाचार डटकम धधध।लभउबष्क्बिmबअजबच।अयm ले मुख्य भूमिका खेलेको छ र यी विभिन्न कार्यको लागि ब्रुनाईका लाहुरे दाजुभाई तथा दिदीबहिनीहरु, किरात सुनुवार समाज क्याट्रिक, लिम्बुवान स्वायत्त नागरिक एकता समाज बेलायत, इराकमा रहनु भएका रामकृष्ण सुनुवार, राई यायोख्खा बेलायत लगायतको सहयोग रहेको छ । यी विभिन्न र महत्वपूर्ण काम सम्पन्न गर्न निक्कै ठूलो रकमको आवश्यकता बाबजुद पनि सम्पन्न गरेका छौ । सबै सहयोगिहरुलाई धन्यवाद ब्यक्त गर्न चाहान्छु ।


आगामी योजना ?
सिर्जना र समाजसेवाको क्षेत्रमा निरन्तर लागि रहनेछु ।

अन्तमा, स्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?
मेरो पहिलो कोसेली रङ्गहरुलाई सुनेर, हेरेर माया गरिदिनुहुन अनुरोध गर्दछु साथै प्रतिक्रिया तथा सुझावहरुको आसा गर्दछु । यहाहरुको माया र सद्भाव रहेमा आगामी दिनहरुमा पनि अन्य सिर्जनाहरु ल्याउनेछु ।






तपाईंको प्रतिकृया

gan bardak ra ramailo antarbarta



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम