तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे।
कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।
हेरेर घडी, खुवाउँथे ओखती।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।
चक्कु चल्थ्यो तिमीमा, मलाई दुख्थ्यो कति।
म दुखेको देखेर, निल्थ्यौ पीडा जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
बिरामीले कुरूवालाई, माया गर्थयौ कति।।
घाउ तिम्रो दुख्थयो, मेरो पोल्थयो छाती।
तिमी कोल्टे फर्केर, पोख्थ्यौ आँसु जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
मेरो हात समाइ, चुम्थ्यौ कति कति।।
तिमी बिरामी पथ्यौ, म कुरूवा हुन्थेँ।
तिमी निदाएपछि, म कति रून्थे।।
मीठो मानी निल्थ्यौ, त्यो तीतो ओखती।
त्यो दिन सम्झँदा, प्यारो लाग्छ अति।।
तपाईंको प्रतिकृया
heart touching..loved it ..
जीवन एस्तै रहेछ.........बगेको खोला जस्तै......बगीरहदा आनन्द आउने.....कतै कहिले काही.......झरना बनेर खस्नु पर्ने अनि कैले चट्टान मा ठोक्कीनु पर्ने.......तर अन्तिम मा आफु पनि समुन्द्र मै मिसिनु छ..................बिगत राम्रो सपना रहेछ......................
dherai ramro kabita chh dai padhda padhdai manai kasto kasto bho .
जिन्दगी येस्तै त रैछनी दाइ,यो शब्द ले नै मन भक्कनिएर आयो सहनेलाइ कस्तो होला???
छातिजति दुखे पनि जुउनु पर्ने यहाँ
त्योपीडालाई सम्झे र नै बच्नु पर्ने यहाँ
.."घाउ तिम्रो दुख्थयो, मेरो पोल्थयो छाती।
तिमी कोल्टे फर्केर, पोख्थ्यौ आँसु जति।."...कति मिठा अभिव्यक्ति..सारेई राम्रो लाग्यो l
Hari Dai,
Its heart touching words and real event. You are great nd you are soft haerted person. Your poem showing what ever you thinking and you have in your heart and soul. Love you dai.
मर्म स्पर्शी !
दिवंगत आत्मा प्रती हार्दिक स्रदान्जली ।
नयाँ जोडी पनि त्यसरीनै जमोस ।
www.merocreation.com
J nahune thiyo tyo vaisakyo, hajurko feelings lai ma bujhxu, tara k garnu jindagi yestei yestei rahexa, hope you'll have your wonderful new life ,,best of luck dai....
घाउ तिम्रो दुख्थयो, मेरो पोल्थयो छाती।
तिमी कोल्टे फर्केर, पोख्थ्यौ आँसु जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
मेरो हात समाइ, चुम्थ्यौ कति कति।।woowoowowमार्मिक कविता मनै रुवायो :(