Online Nepali Literature Forum
   

Users Online : 10
| More
अक्षरको आकार:   - | +
समाचार
साहित्यकार तिगेलाको राजनीतिक कृति आज सार्वजनिक हुँदै - [2012-04-12]

साहित्यकार एवं विश्व नेपाली साहित्य महासंघका केन्द्रीय महासचिव विश्वासदीप तिगेलाको ‘निष्पक्ष संविधानः समृद्ध नेपाल’ नामक नयाँ कृति आज सार्वजनिक हुने भएको छ ।

नेपालमा नयाँ संविधान लेखन प्रक्रिया निर्णायक मोडमा पुगेका बेला साहित्यकार तिगेलाको संविधान लेखनसम्बन्धी राजनीतिक पुस्तक सार्वजनिक हुन लागेको हो ।

तिगेलाको पुस्तक आज साँझ ७ बजे (नेपाल समय) अनलाइन मार्फत विमोचन हुने कार्यक्रम रहेको छ । निष्पक्ष संविधानः समृद्ध नेपाल नामक पुस्तकमा विश्वका संविधान लेखन, अनुभव र नेपाली सन्दर्भमा त्यसको उपयोग सम्बन्धी विशेष आलेखहरु समावेश गरिएको छ ।

तिगेलाका यसअघि विभिन्न मुलुकको गृहयुद्धसम्बन्धी अनुभव संगालिएको ‘गृहयुद्धका पीडा, ‘देश बोक्नुको पीडा’, ‘बोर्नियो परियच’ जस्ता कृति प्रकाशित छन् ।

निम्न वेवसाइटमा प्रत्येक्ष प्रसारण हुदैछ..
www.nepaliliterature.com,
www.nepaliSamachar.com

Gorkha FM, अनामनगर, काठमाण्डो र सेरिया ब्रुनाईबाट प्रत्येक्ष भिडियो प्रसारण गरिनेछ, उक्त भिडियो प्रत्येक्ष अनलाइनमा प्रसारण हुनेछ । उक्त पुस्तक प्राज्ञ डा. गोविन्दराज भट्टराईको हातबाट सार्वजनिक गरिनेछ । पुस्तकको सम्बन्धमा प्राज्ञ अमर तुम्याहाङ, साहित्यकार कुमार लिङदेन लगायत अनलाइन अतिथिहरुले बोल्नुहुने कार्यक्रम छ ।

नेपाली साहित्यको इतिहासमा यो नयाँ प्रविधिको प्रयोग मार्फत हुन लागेको विमोचन कार्यक्रमलाई विश्वभरका हजारौ दर्शकहरुले हेर्न पाउनु हुनेछ । इन्टरनेटले राम्रो काम गरेको खण्डमा दर्शकहरुले स्काइपी (Skype user: nepaliliterature or facebook: biswasdip) मार्फत शिधै सवाद पनि गर्नसक्नुहुनेछ ।








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम