Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
राज्यले हिंसा छोडोस्, हामी पनि छोड्छौँ (डा बाबुराम भट्टराई) - [2006-04-07]

डाक्टर साहेब, सात दल र नेपाल कम्युनिस्ट पार्टी माओवादीबीच संयुक्त सहमतिमा हस्ताक्षर गर्ने कुरा थियो । किन हुन सकेन संयुक्त हस्ताक्षर ? के कारणहरू हुन सक्छन् ?



यसलाई ऐतिहासिक परपि्रेक्ष्यमा हेर्नुपर्दछ । पहिलो कुरा त, सामन्तवाद र निरङ्कुश राजतन्त्र नै नेपालमा लोकतन्त्र, सबै खालको लोकतन्त्र, हामीले चाहेको जनताको जनवादी लोकतन्त्र र अरू सामान्य मध्यवर्गीय तहले चाहने पुरानै खालको लोकतन्त्रका निम्ति पनि मुख्य बाधक हो । विगत ५० वर्षको इतिहास हेर्नुभयो भने पनि यो स्पष्ट हुन्छ । फेर,ि राजनीतिक दलहरू पनि शीतयुद्धकालीन मनस्थितिबाट मुक्त हुन सकेका छैनन् । दरबारले २००७ सालदेखि नै \'फुटाऊ र राज गर\' को नीति अवलम्बन गरेको छ । यसले गर्दा दलहरू एकअर्काप्रति विश्वस्त हुन अझै सकिराखेका छैनन् । सहमतिको संस्कृति भर्खर सुरु भएको छ । दलहरू र हामी माओवादीबीचको १२ बुँदे सहमतिले त्रिपक्षीय द्वन्द्वलाई द्विपक्षीय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । तर, हामीमा रहेको आशङ्का अझै मेटिन सकेको छैन । संयुक्त हस्ताक्षर नभए पनि अहिले सहमति भएको छ । सहमतिको रूपमा फरक भए पनि सार एउटै हो ।



संयुक्त आह्वानको अपेक्षा थियो, त्यो नआउँदा आन्दोलनको मनस्थिति खस् केको देखिएको छ । तपाईंले जतिसुकै भन्नुभए पनि मान्छेले पत्याएका छैनन्, अहिलेको सहमति साँच्चै संयुक्त हो भनेर ।

हो, राम्रो त संयुक्त हस्ताक्षर, संयुक्त कार्यक्रम हुनुपथ्र्यो । हामीबीच गत मङ्सिर ५ गते नै संयुक्त आन्दोलनका लागि संयुक्त वक्तव्य जारी हुनुपर्छ भन्ने कुराको समझदारी बनेको थियो । अहिले खासगरी अन्तर्राष्ट्रिय, त्यो पनि अमेरकिी सत्तापक्षको दबाबका कारण संयुक्त हस्ताक्षर हुन नसकेको हो । अब यस विषयलाई बढी गिजोल्नुभन्दा पनि हामी लक्ष्यउन्मुख हुनुपर्दछ । दल र हामी संयुक्त नभई लोकतान्त्रिक निकास आउँदैन । केही अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाबले र विभिन्न पार्टीभित्र घुसेका दरबार पक्षका विभिन्न शक्तिहरूका कारणले मात्र संयुक्त हुन नसकेको हो । हामीलेे त बै कमा पहिलो प्रस्ताव नै साझा नारा, साझा मोर्चा, साझा कार्यक्रम बनाऔँ भन्ने राखेका हौँ । त्यसमा एउटा पक्ष सकारात्मक पनि थियो दलहरूको । तर, अर्को पक्षको दबाबका कारण त्यसो हुन सकेन । फेर िपनि हामी ीक विषयतिर अगाडि बढेका छौँ । त्यसमा पूर्णता छैन । हामी पूर्णता दिन सक्ने अवस्थामा पुग्नुपर्छ र आशावादी हुनुपर्छ ।



शेरबहादुर देउवा जेलबाट रिहा भइसकेपछि अमेरिकी राजदूतको वक्तव्य आयो, त्यसपछि दलहरू र माओवादीका बीचमा जुन समीकरण बन्दै गइरहेको थियो, त्यो अलिकति हल्लिएको जस्तो पनि भयो । गिरिजाप्रसाद कोइरालाको मनस्थिति पनि अलिकति फेरिएको जस्तो देखियो । काङ्ग्रेसले यो सहमति गर्न नखोजेको जस्तो लाग्दैन ?

हामी काङ्ग्रेस भनेर मनोनीत एक जनालाई मान्दैनौँ । काङ्ग्रेस पार्टी भनेकै एउटा विचित्रको पार्टी हो भनेर सबैले बुझेको हो । अहिले पनि काङ्ग्रेसभित्र एउटै मत छ भन्ने हामीलाई लाग्दैन । अझै पनि हामीलाई काङ्ग्रेसभित्र हामी सँगसँगै जानुपर्छ, निरङ्कुश राजतन्त्रलाई ढाल्नुपर्छ, लोकतन्त्रका लागि लड्नुपर्छ भन्ने मत अत्यधिक छ भन्ने लाग्छ । विगतमा काङ्ग्रेससित हाम्रो जतिसुकै कटुता भए पनि अहिले त्यो समाप्त भएको छ । स्वयम् गिरजिाप्रसाद कोइराला आफैँमा धेरै सकारात्मक हुनुहुन्छ । तर, दरबार पक्षको दबाब, अमेरकिी नेतृत्वको दबाब र भारतको दोहोरो भूमिकाले राजनीतिलाई अझैसम्म प्रभावित पारेको छ । भारत अहिले मात्र केही सकारात्मक देखिएको हो । यस अवस्थामा काङ्ग्रेसले अहिले झेल्नुपरेको दबाबलाई हामी हिजोकै नजरले हेर्दैनौँ । काङ्ग्रेसमा धेरै सकारात्मकता छ र क्रमशः फेर िएकबद्ध भएर जाने दिशामा नै जान्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।



अहिले परिवर्तनका लागि समीकरणको निर्माण त भएको छ । यो समीकरणमा माओवादीको भूमिका कहाँनिर ँफिट’ होला भन्ने तपाईंलाई लागेको छ ? तपाईंहरू आमूल परिवर्तनका पक्षमा काम गरिराखेको दाबी गर्नुहुन्छ । तर, सम्भावित परिवर्तनले तपाईंहरूको चाहनालाई सङ्ग ित र स् थापित गर्न सक्दैन होला । कि तपाईंलाई त्यस्तो लाग्दैन ?

किशोरजी, तपाईं आफैँले पनि विगत केही वर्षदेखि पूर्व र पश्चिमका विभिन्न ग्रामीण क्षेत्रहरूको भ्रमण गररिाख्नुभएको छ । तपाईंका लेखहरूबाट पनि हामी के बुझ्न सक्छौँ भने नेपालको बृहत्तर ग्रामीण समाजमा सक्रिय राजनीतिक शक्तिहरूबीचको सन्तुलनमा ००७ साल र ०४६ सालमा भन्दा आमूल परविर्तन आइसकेको छ । नेपाली जनजीवनमा तलसम्म गाडिएको सामन्तवादको जरो पहिलोपटक पूरै भत्केको छ । हाम्रो यो -माओवादी) आन्दोलन भनेको शोषित, पीडित, महिला, दलित, जनजाति र निरीह अवस्थामा रहेका सबैको मुक्तिको आन्दोलन हो । कसैले पनि अब यस आन्दोलनलाई \'मिनिमाइज\' गरेर यो \'मिनिमाइज\' हुन सक्दैन । देशभित्र पनि खासगरी मध्यमवर्गीय आकाङ्क्षालाई ध्यानमा राखी, आमूल परविर्तनको बाटोलाई नछोडी, तत्काल जे सम्भव हुन्छ, अन्तर्राष्ट्रिय र आन्तरकि शक्तिले जे सम्भव तुल्याउँछ, त्यसलाई समेटेर हामी एक कदम अगाडि जानुपर्छ । जुन परििस्थतिले वा जसले यो सामन्तवादको निर्माण गरेको छ, त्यसलाई ढाल्न सकियो भने पनि नेपालमा एक प्रकारको लोकतन्त्रको अग्रगमनका निम्ति, सामाजिक पुनर्संरचनाका निम्ति ढोका खुल्नेछ । त्यो कुरा हामीले चाहेको आमूल परविर्तनका निम्ति पूर्ण साधक बन्छ, बाधक बन्दैन । हामीले अहिले न्यूनतम लोकतन्त्र, गणतन्त्र अथवा संविधानसभाको निर्वाचनलाई स्  वीकार गरेका छौँ । यसबाट आमूल परविर्तनको आन्दोलनलाई पनि घाटा पर्दैन र मध्यमवर्गीय जनता पनि ज्यादा डराउने स्थिति बन्दैन । अहिलेको वस्तुस्थितिलाई ध्यानमा राखेर हामीले अपनाएको यो एउटा व्यावहारकि कदम हो ।



तर, परिस्थिति त तपाईंले विश्लेषण गरेजस्तो देखिँदैन । तपाईंहरूको क्रान्तिकारी सोच र मूलधारका राजनीतिक दलहरूको सत्तावादी सोच कसरी सँगसँगै जान सक्छ ? एकातिर नेपाली काङ्ग्रेस अथवा एमालेकै पनि धेरै नेताहरू तपाईंहरूले चाहेजस्तो आमूल परिवर्तनको सोचको विपक्षमा देखिन्छन् । केही समय पहिलेसम्म पनि तपाईंहरू र सात दलका बीच धेरै अन्तरविरोध र मतभिन्नता, शत्रुतापूर्ण सम्बन्ध र कटुतापूर्ण व्यवहारहरू देखा परिसकेको अवस्था थियो । अहिले त्यो सम्बन्ध रातारात परिवर्तन भयो भनेर जनतालाई कसरी आश्वस्त पार्न सक्नुहुन्छ ?

मूलतः सुधारवादी संसद्वादी दलहरू र हामी क्रान्तिकारी शक्ति मिल्दाखेर िसामन्तवादलाई पूरै निर्मूल पारेर समाजलाई अगाडि बढाउन सकिन्छ । जहाँ त्यसो गर्न सकिएको छैन, त्यहाँ द्वन्द्व भइरहेको छ । राजतन्त्रसँगको सहमतिले सामाजिक अराजकताको अवस् था उत्पन्न भएको पनि हामीले देखेका छौँ । यो ऐतिहासिक अनुभवका आधारमा नै हामीले त्रिपक्षीय द्वन्द्वलाई द्विपक्षीय बनाउनुपर्छ भनेका हौँ । संसद्वादी दलहरू, कम्युनिस्ट क्रान्तिकारीहरू र सर्वहारा पार्टीहरू मिलेर जाँदा समाजमा आमूल परविर्तन ल्याउन सकिन्छ भन्ने मान्यता हाम्रो हो । आमूल परविर्तन तत्काल नै भइहाल्छ भन्ने होइन । आमूल परविर्तनको एजेन्डालाई कायम राख्दै तत्काल हामी कति सफल होइन्छ, त्यसैमा लाग्नुपर्दछ । यसबाट यथास् िथति भत्किने र समाजको पूर्ण रूपमा पुनःसंरचना सम्भव हुन्छ । अहिलेको राजनीतिक अवस्थाले पार्टीहरूलाई पनि यस एजेन्डामा आउन बाध्य पारेको छ । ००७ साल हुँदै ०३६ र ०४६ सालसम्म पार्टीहरूले राजतन्त्रसँग पटकपटक सम्झौता गरे । तर, राजतन्त्रले पटकपटक उनीहरूलाई धोका दियो । हामी क्रान्तिकारी पार्टीहरूले अहिले नै रूपान्तरणको क्रान्तिकारी एजेन्डाहरूलाई लिएर कुरा गर्न र त्यसलाई संयुक्त रूपमा लैजान निश्चय पनि गाह्रो भएको छ । तर, अन्तर्राष्ट्रिय परििस्थतिले यी दुवैथरी राजनीतिक शक्तिहरूको चेतनालाई सम्भव बनाएको छ ।



दलहरूसँग मिलेर जाने तपाईंहरूको कार्यसूची सुरक्षित अवतरणको खोजी र सत्तासँग नयाँ समीकरणको प्रयत्न हो कि होइन ?

यो सुरक्षित अवतरणको खोजी भन्ने कुराको कुनै आधार छैन । हामीलाई पटक्कै भ्रम छैन र यसबारे कसैलाई पनि कुनै भ्रम नरहोस् । हामीले ०५२ सालमा एउटा बाध्यात्मक अवस्थामा पुगेर मात्र हतियार उ ाएका हौँ । त्यसको कुनै पश्चात्ताप छैन । ०४६ सालको संयुक्त जनआन्दोलनको भनाइ थियो, बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रद्वारा प्रजातान्त्रिक व्यवस् थाको विकास । तर, अनुभवले बतायो, यसो हुन सक्दैन । निरङ्कुश राजतन्त्र र त्यसको आडमा त्यसलाई संरक्षण दिने सुरक्षा संयन्त्र यथावत् रहेसम्म प्रजातन्त्र र जनवादको सुरक्षा हुन सक्दैन । यो हतियार र सेनाको बलमा टिकेको सत्तालाई हतियारबिना नष्ट गर्न सकिँदैन भन्ने हाम्रो मान्यता हो । हामी त्यसमा कत्ति पनि डगेका छैनौँ । विगत १० वर्षमा नेपाली जनताले पहिलोचोटि जति शक्ति आर्जन गरे, त्यो शक्तिको संरक्षण गर्नु अहिलेको ूलो चुनौती हो । त्यो शक्तिका आधारमा मात्रै हामीले अग्रगामी कदम उ ाइराखेका छौँ । हामीले पश्चात्ताप गरेर पुरानै सत्तामा विलीन हुने वा त्यसमा अवतरण गर्ने प्रश्नै उ ्दैन । हामी पछाडि र्फकन खोजेको हो कि भन्ने अवधारणा उब्जेको हो भने कोही पनि त्यस भ्रममा नपरे हुन्छ । हामी समाजको पुनर्संरचना गरौँ र अगाडि जाऔँ भन्ने पक्षमा छौँ । हाम्रो चाहना त्यस्तो समाजको निर्माण हो, जहाँ हामी पनि अटाउँछौँ र संसद्वादी दलहरू पनि अटाउँछन् । त्यसका लागि एउटा समझदारी खडा गरौँ र राजनीतिक प्रतिस्पर्धा गरी अगाडि बढौँ भन्ने हाम्रो मान्यता हो ।



तपाईंहरूको गतिसँग गति मिलाएर हिँड्न सक्छन् त दलहरू ?

होइन, यो गति दुवैले मिलाउने कुरा भयो । मिलेपछि एक भएर हिँड्ने कुरा हो । हामी एक कदम पछि हट्ने र दलहरूले एक कदम अघि बढाउने कुरा हो । दुवैथरीको गति मिल्छ भन्ने हामीलाई लाग्छ ।



तर, अहिले सार्वजनिक भएका विरोधका कार्यक्रमहरू काल्पनिकजस्तो लाग्छन्, अव्यावहारिक । अहिलेको विसङ्गत समयमा विशाल जनसमुदायलाई राजधानी ओराल्न सकिन्छ भन्ने कुरामा तपाईंलाई कत्तिको आशा छ ? रणनीतिक रूपमा संसद्वादी र माओवादीबीच सहमतिको यो आन्दोलन कसरी अघि बढ्न सक्छ ?

यस्तो सम्भव छ । खासगरी, १२ बँुदे समझदारीपछि मङ्सिर, पुस, माघ ७ गतेभन्दा अगाडिसम्म लोकतन्त्रका पक्षमा जुन खालका जनलहरहरू देखा पर्न थाले, जनकपुरमा डेढ लाख मानिसहरूको जमघट सानो कुरा थिएन, त्यो हेर्दा जनता सडकमा उत्रिन तयार छन् भन्ने देखिन्छ । तर, उनीहरू के चाहन्छन् भने नारा प्रस्ट हुनुपर्‍यो । के खोजेको हो, त्यो प्रस्ट चाहियो । संसद्वादी पार्टीहरूको पुरानो भइसकेको नारा होइन कि सीधै संविधानसभाको कुरा उ ोस् । त्यस खालको साझा नारा बनोस् । यसअनुसार हामी अगाडि पनि बढिसकेका छौँ । स्पष्ट नारा र सम्पूर्ण दलहरूसँग एकरूपताका साथ अगाडि बढ्यौँ भने मात्र सम्पूर्ण जनता सडकमा उत्रिन्छन् भन्ने कुरामा हामी विश्वस्त छौँ ।



जनकपुरमा भएको सभा भन्नुस् अथवा नगरनिर्वाचनको बहिष्कारलाई लिनुहोस्, यी कार्यक्रमहरू सबैमा हाम्रो सहभागिता थियो । तर, हामीले मात्रै काम गर्‍यौँ भन्ने दाबी हामी गर्दैनौँ र संसद्वादीका कारणले मात्र बहिष्कार सफल भएको हो भन्ने पनि हामी मान्दैनौँ । बहिष्कारको सफलता हामी दुवै मिल्दाखेर िनिस्केको यथार्थ हो । बीचमा, खास गरेर शेरबहादुर रहस्यमय ढङ्गले थुनाबाट बाहिर आएपछि १२ बुँदे सहमतिको विरोधमा उनले विभिन्न कुराहरू उ ाउन थाले । समझदारीविरोधी तत्त्वहरू सक्रिय भए । त्यसैले गर्दा अलिकति आशङ्का जनतामा बढेकै हो । तर, तपाईं हेर्नुस्, संसद्वादी र माओवादी संयुक्त भए भन्नेबित्तिकै जनता फेर िसडकमा निस्कन्छन् ।



तर पनि तपाईंहरूबीच संयुक्त सहमति नभएपछि जनतामा त्यो म्यासेज’ त गएन नि ! त्यो तपाईं स्वीकार गर्नुहुन्न ?

होइन, हामी एक कदम अगाडि नै बढेको हो । यस्तो अवस्थामा अमेरकिाको भूमिका...-बीचैमा प्रश्न)



तपाईंहरू र सात दल सहमतिमा संयुक्त भएको भए त्यसको सन्देश सकारात्मक हुन्थ्यो, होइन र ?

हो, त्यो भएको भए सुनमा सुगन्ध हुन्थ्यो । त्यो बेग्लै कुरा हो । तर, सार हेर्नुभयो भने सहमति संयुक्त नै हो । रूप फरक भए पनि सार एउटै हो । चीन र भारतजस्तो विदेशी राष्ट्रहरूको अर्थतन्त्रमा गुँड लगाएर नेपाल बसिराखेको छ । माओवादी आयो भने अस्थिरता लिएर आउँछ । त्यसलाई रोक्नु हाम्रो ूलो लक्ष्य हो भनेर शक्ति राष्ट्रहरू, खास गरेर अमेरकिाले त हाम्राविरुद्ध घोषणा गरेको अवस्थामा पनि सात पार्टीले हामीहरूसँग सहमति गर्नु भनेको ूलो राजनीतिक साहस हो ।



तपाईंले त सात दलका नेताहरूले भन्दा पनि बढ्ता प्रतिरक्षा गर्नुभयो नि त ?

होइन, यो यथार्थ हो । आजको आवश्यकता हो ।



तपाईंले रूप र सारको कुरा गर्नुभएको छ । तपाईं र मेरो पिँढी सारमा विश्वास गथ्र्यो । तर, अहिलेको नयाँ पुस्ता रूपमा विश्वास गर्छ । तपाईं के भन्नुहुन्छ ?

रूप र सारको अन्तरसम्बन्ध हुन्छ । मुख्य कुरा त सार नै हो । तर, रूपले पनि त्यसलाई असर पार्छ । समग्रमा भन्ने हो भने विषयवस्तुलाई रूपले हेरँिदैन । अहिले इन्टरनेट र टेलिभिजनले गर्दा मात्र रूपको महत्त्व बढेको हो । तर, समय फेर िगम्भीर बन्दै आएको छ । नयाँ पुस्ताले पनि अब सारलाई महत्त्व दिन्छ । रूप र सारको बीचमा अन्तर हुन्छ भन्ने विषयलाई पनि मान्यता दिन्छ भन्ने हामी मान्छौँ ।



दलका नेताहरूमा माओवादीमा हिंसाको बाटो छाड्ने सामथ्र्य र आशय दुवै नभएको विश्वासले गर्दा सहकार्य जटिल भएको त होइन ?

त्यो \'ह्याङ्ओभर\' पनि नभएको त होइन । तर, अहिले आएर फेर िनेपाल शान्तिपूर्ण बाटोमा जानुपर्छ भन्ने हो । अहिले खालि शान्तिवार्तातिरै मात्र जान खोज्ने अथवा गान्धीवादी सिद्धान्ततिर बहकिन खोज्ने यथार्थता देखिएको छ । तर, शान्ति स्थापनाका नाममा शक्तिको बलमा बारम्बार लोकतन्त्रमाथि प्रहार गरयिो । पार्टीहरूमाथि प्रहार गरयिो । \'माघ १९\' त लोकतन्त्रमाथि सीधै प्रहार हो । यथास्थितिमा लोकतान्त्रिक भावना जीवित राख्न सकिँदैन भन्ने बोध पार्टीहरूमा भएको हो । यसले गर्दा उहाँहरू हामीले तुरुन्तै हत्याहिंसा छोड्नुपर्छ भन्ने विषयमा अलिकति बढी चिन्तित हुनु स् वाभाविक हो । राज्यले पहिले हिंसा छोडोस्, त्यसपछि हामी पनि छोड्छौँ । यो हाम्रो भनाइ मात्र नभएर \'कमिटमेन्ट\' हो, प्रतिबद्धता हो ।



तपाईंले जनताको शक्ति सङ्ग ित भएको कुरा उ ाउनुभयो । १०-११ वर्ष लामो हिंसात्मक आन्दोलनलाई भोलि गएर कसरी व्यवस्थित गर्न सक्नुहुन्छ ?

केही जटिलता त निश्चित रूपमा छन् । क्रान्तिको इतिहास हेर्ने हो भने क्रान्तिपछिको व्यवस्थापन सम्पूर्णतामा जटिल हुन्छ । तर, जटिल भए पनि यो अवस्थामा ढङ्ग पुर्‍याएर शक्ति मिलाउन सक्यो भने मध्यमवर्गीय तहका राष्ट्रिय तप्काहरूदेखि लिएर विभिन्न जातिहरू, विभिन्न क्षेत्रहरू, महिलाहरूलाई राज्यको पुनर्संरचनामा सहभागी बनाउन सकिन्छ । हामीलाई यस्तो रूपान्तरण सहज ढङ्गले गर्न सक्छौँ भन्ने लाग्छ तर राज्यको पुनर्संरचना सहभागितामूलक ढङ्गले गर्न सकिएन भने गाह्रो हुन्छ ।



तपाईंहरूले नेपालको राजनीतिक नक्साको पुनर्लेखन गर्नुभएको छ । पुराना जिल्लाहरूको नामै मेटेर नयाँ नाम दिने प्रयत्न भएको छ । तपाईंहरूको शासन र न्यायिक विधि पनि कडा खालको छ । कतै नेपालमा कम्बोडियाका घटनाहरू दोहोरिने त होइन भन्ने आशङ्का पनि उत्तिकै छ । के भन्नुहुन्छ ?

पहिलो कुरा, हामीले बीसौँ शताब्दीका दमनका कुराहरू भए, परविर्तनका कुरा भएबाट पा सिक्नुपर्छ । बीसौँ शताब्दीका प्रतिगमनहरूबाट, प्रतिगामी अनुभवहरूबाट, राजनीतिक प्रवृत्तिहरूबाट आएका विकृतिहरूलाई पन्छाएर जान सक्नुपर्छ । बीसौँ शताब्दीका अनुभवहरूका आधारमा एक्काइसौँ शताब्दीको नीतिहरूको निर्माण हुन्छ । त्यो रणनीतिअनुसार पनि हामीले कतिपय परििस्थतिहरू विकसित गरेका छौँ । दोस्रो कुरा, कार्यनीतिका हिसाबले पनि, नेपालमा दुई सय ३७ वर्षे राजतन्त्रले एकछत्र राज गरेको छ । राजनीतिक हिसाबले पनि र सामान्य पुँजीवादी अर्थतन्त्रको हिसाबले पनि सुहाउँदो किसिमको लोकतन्त्र यहाँ छैन । हामी अझै पनि लचिलो र व्यावहारकि हुनुपर्छ । मूल कुरा, राज्य संरचनाको खाका हो । त्यसैले यहाँ कुनै किसिमका अन्य उदाहरणहरू मिल्छन् भन्ने लाग्दैन । हामीले तुरुन्तै लोकतान्त्रिक प्रजातन्त्रको कार्यप्रणालीलाई सुधार गरेर लैजानुपर्दछ । जातीय संरचनासम्बन्धी सम्पूर्ण कुराहरूमा परविर्तन गर्नुपर्दछ । मुख्य रूपमा, यो संविधानसभामार्फत राज्यको मुख्य मेरुदण्डको पुनर्संरचनाको कुरा हो । त्यसैले एक्काइसौँ शताब्दीका लागि नयाँ राष्ट्रिय संरचनाको निर्माण गरौँ भन्ने हाम्रो मान्यता हो । यो असाध्यै महत्त्वपूर्ण कुरा हो । राष्ट्रिय भूमिसुधार र आर्थिक विकासका प्रश्नहरू छन् । यी सबैलाई मिलाएर राष्ट्रिय पुनःसरचना हाम्रो \'ब्लू पि्रन्ट\' हो । त्यसो भएको खण्डमा नेपालको लोकतन्त्र नयाँ ढङ्गको हुन्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले अन्यत्रका घटनाहरू सम्भिmएर सशङ्कित हुनुभन्दा पनि हामीले त्यसबाट के पा सिक्यौँ भन्ने कुरामा बढी चनाखो हुनुपर्छ ।



त्यसो भए, तपाईंले भनेजस्तो एक्काइसौँ शताब्दीको लोकतन्त्रमा राजासँग ँएड्जस्टमेन्ट’ हुन सक्छ कि सक्दैन ?

राजासँग सम्झौता हुन सक्दैन । सामान्यतया राजतन्त्र र लोकतन्त्र विपरीतार्थक शब्द हुन् । साधारण शब्दकोशको कुरा गर्ने हो भनेदेखि डेमोक्रेसीको डेमो र मोनार्कीको मोनो विपरीत शब्दहरू हुन् । त्यसैले राजासँग सम्झौता गर्ने, सह-अस्तित्व कायम गर्ने भन्ने कुरा र मोह त्याग्नुपर्छ । संसद्वादी दलहरू र हाम्रोबीचको मुख्य अन्तर अहिले यहीँनिर आएर अड्केको छ ।



यस्तो एड्जस्टमेन्ट’ संसद्वादी दलहरूले खोजिरहेका छन् । तपाईंहरू पनि उहाँहरूले भनेजस्तै राजनीतिमा आउनुहोस् र उहाँहरूले पनि फेरि सुखको राजनीति गर्न पाउनुहोस् । यो त्रिकोणात्मक सुख कहिलेसम्म ?

होइन, यो सम्भव छैन । यदि राजाले साँच्चै नै नीति मान्ने हो भने जनताको नीति मान्नुपर्दछ भनेर नै हामीले दुईचोटि वार्ता गर्‍यौँ । तर, वार्ता सफल भएन । हामीले भनेको भन्दा पनि जनताले भनेको मान्नुको साटो निरङ्कुशता झन् बढ्यो । यस्तो अवस्थामा पनि राजाबाट परविर्तन आउँछ भन्ने आशामा बस्नु मूर्खताबाहेक केही हुँदैन । यी कुराहरूबाट हामी मुक्त हुनुपर्छ । जति छिटो मुक्त हुन सक्यो, उति छिटो आन्दोलन सफल हुन्छ ।



अब भोलि गएर संवैधानिक राजतन्त्रसहितको संविधानसभा आयो । कसरी ँएड्जस्ट’ गर्नुहुन्छ त त्यसबेला ?

होइन, हामीले त राजतन्त्रबाट जनताको संविधान आउँदैन भन्ने निष्कर्ष पहिले नै निकालेका थियौँ । दोस्रो वार्ताका बेला हामीले भनेका थियौँ, तपाईंलाई याद होला, हाम्रो भनाइ के हो भने निःसर्त संविधानसभा होस् न त ! राजा भनेको त संयुक्त हो । त्यसबाट पनि त सोच्न सकिन्छ नि उसले कस्तो भूमिका निर्वाह गर्न सक्छ । तर, हाम्रो कुरा मानेनन् ।



हापुरेमा जहाँबाट तपाईंहरूको वार्ता टुङ्गिएको थियो, त्यहाँबाट राज्यपक्षसँग फेरि वार्ता सुरु हुनसक्छ ?

अब हामी वार्तामा जान सक्दैनाँै । कुरा धेरै अघि बढिसक्यो । यहाँबाट पछाडि र्फकन सकिँदैन । हामी त्यस्तो चाहँदैनौँ ।



यो वार्ताकै कुरामा पनि मानिसहरूले नबुझेको कुरा के छ भने, वार्ताकालमा तपाईंहरूबीच सौहार्द्रपूर्ण वातावरण सिर्जना भएको जस्तो देखियो । तर, वार्ताचाहिँ असफल भयो । वास्तवमा के थियो मुख्य कारण ?

हामीले इमानदारीसाथ संविधानसभालाई स्वीकार गरौँ र प्रतिगमनको राजनीतिबाट मुलुक बचाऔँ भनेका थियौँ । हामीले के बुझ्दै गयौँ भने राजाद्वारा केही हुनेवाला छैन । संविधानसभामा गएपछि जनताले आफ् नाविरुद्ध अधिकार प्रयोग गर्छन् भनेपछि राजाले त्यो मानेनन् । शेरबहादुरको समयमा त पार्टीहरूको सरकार थियो । त्यसबेला पनि कसैले त्यो निर्णय गर्ने अधिकार प्रयोग गरेन । त्यतिबेला आँट गरेको भए संविधानसभा हुन्थ्योे । दोस्रोचोटि त पार्टीहरूका आधिकारकि प्रतिनिधि पनि थिएनन् । राजाले राखेका मान्छेहरू मात्र त्यहाँ थिए । त्यसैबाट मुख्य रूपमा संविधानसभामा जान नचाहेको भन्ने बुझिएको थियो, भित्री स्रोतबाटै । मुख्य कुरा त्यति हो । हामी के भन्छौँ भने निःसर्त संविधानसभामा जाने हो भने हामी तयार छौँ । तर, राजा तयार हुँदैनन् । त्यो त \'माघ १९\' मा नै देखिइसक्यो ।



सम्पूर्णले भन्छन् राजा चाहिन्छन्, पृथ्वीनारायण शाहदेखि राज्य गरेको भन्ने चाहना जनताले राखेका छन् भने त हामीले पनि त सोच्न सक्छौँ नि भोलि ! राजा संविधानसभा चाहँदैनन् । उनलाई जनतामाथि विश्वास भए र आफू \'पपुलर\' छु भन्ने लागेको हो भने सीधै आएर भन्न सक्नुपर्छ नि, ल म संविधानसभामा जाने भएँ । तर, भन्न सकेका छैनन् किनभने उनी जनतामा \'पपुलर\' छैनन् । तुहिन्छु भन्ने लाग्छ उनलाई । राजाले आफ्नो बाटो \'क्लिएर\' गरसिकेकाले अब हामीले आफ्नो बाटो \'क्लिएर\' गर्नुपर्छ भन्ने लाग्छ । अबचाहिँ निरङ्कुश राजतन्त्र फ् याँकेर संविधानसभामा जानुपर्छ भन्ने लाग्छ । किनभने, त्यो नै जनतालाई सार्वभौम बनाउने एउटा तरकिा हो । प्रश्न खालि के हो भने, राजतन्त्र रहँदै संविधानसभामा जाने अथवा राजतन्त्र फ्याँकेर संविधानसभामा जाने ।



तर, सात पार्टीका नेेताहरूले त त्यसरी सोचिर ाखेका छैनन् नि त ?

उहाँहरूले पनि सोच्नुपर्छ । किनभने, यही कुरा उहाँहरूका कार्यकर्ताहरूले सोचिराखेका छन्, जनताले सोचेका छन् । नेताहरूले सोच्न सकेनन् भने राजनीतिक पार्टीको नेतृत्व नै पाखा लाग्छ । यो खतरा हो, हामीले देखिराखेका छौँ । त्यसैले त्यसो नहोस् भन्ने हामी चाहन्छौँ । अब हेरौँ ।



प्रस्तावित आन्दोलन सफल भएन भने मुलुक पाकिस्तानको जस्तो शासनमा जान सक्ने र नेताहरूको अवस्था वेनजिर र नवाज सरिफको जस्तो हुन सक्ने आशङ्काहरू पनि प्रकट भइरहेका छन् । त्यस्तो परिस्थिति आएमा तपाईंहरूको भूमिका के हुनेछ ?

नेपाल पाकिस्तानजस्तो किन हुँदैन भने यहाँ हामी उपस्थित छौँ । जनशक्तिसहितको माओवादी आन्दोलन उपस्थित छ यहाँ । गाउँमा हाम्रो पूरा प्रभाव र पकड छ । पाकिस्तानमा हाम्रोजस्तो आन्दोलन थिएन । नवाज र भुट्टोलाई मुसर्रफले जसरी पाखा लगाउन सके, नेपालमा हामी भएकाले पार्टीलाई पाखा लगाउन कसैले सक्दैन ।



१२ बुँदे समझदारी भइसकेपछि दोस्रो सहमतिको के आवश्यकता थियो ?

त्यो त हो, आवश्यकता थिएन । तर, १२ बुँदेलाई ध्वंस गर्न, भत्काउन खोजिएको थियो, त्यसलाई जोगाउन दोस्रो सहमति खोजिएको हो । उपलब्धिलाई गुम्नबाट बचाउनु पनि उपलब्धि नै हो नि त !



तपाईंहरूले लोकतन्त्र हासिल गरिसकेपछि पार्टीको धारणा आक्रामक ढङ् गले राख्न सकिन्छ भन्ने लाग्छ ? पार्टीभित्र समस्या उत्पन्न हुँदैन ?

निश्चित रूपमा हुँदैन । अहिलेकै अवस्थामा पनि, तपाईं हेर्नुस् न हाम्रा पार्टीका अध्यक्षले एउटा वक्तव्य दिँदा पूरै आन्दोलनको कार्यक्रम प्प रोकिन्छ । अब आन्दोलनमा जाउ“m, फेर िसुरु गरौँ भने देशव्यापी रूपमा कारबाही हुन्छ । त्यसबाटै थाहा हुन्छ कि हामी आफ्ना नीतिहरू कति आक्रामक ढङ्गले राख्न सक्दछौँ ।



तर, तपाईंको पार्टीमा विभिन्न ँइरिटेन्टस्’ पनि त देखिएको छ । जस् तो हालै रवीन्द्र श्रेष् को, यसअघि आलोक पनि देखियो ?

अब त्यो त हेर्नुहोस्, महासागरमा खहरेको पानी मात्र होइन, हिलो र झारपातहरू पनि मिसिन्छन् । हाम्रो पार्टी महासागरजस्तै हो । समग्रमा समुद्रलाई हेर्नुभयो भने वारपार, चारैतिर सफा पानी देखिन्छ । तर, छेउछाउमा हेर्दा अलिअलि धमिलोधमिलो पनि देखिन्छ । रवीन्द्र र आलोकजस्ता प्रवृत्तिहरू आउन सक्छन् । तर, फोकाझैँ बिलाएर जान्छन् । यसमा भ्रम राख्नु पर्दैन ।



तपाईंहरूले राजधानीलाई ँटार्गेट’ नबनाउनुको कारण के हो ? का माडौँका जनताले चन्दा दिन्छन् भनेर हो कि शक्ति नपुगेर हो ? कि तपाईंहरूसँग का माडौँको सम्बन्ध प्रीतिकर भएर हो ?

त्यो कारण होइन । हामीले सुरुदेखि नै भनेका छौँ, माओवादी जनयुद्ध गाउँप्रधान हो । हाम्रा राजनीतिक साथीहरू सबै शहरप्रधान भए । सामान्य सुधारबाहेक ूलो परविर्तन ल्याउन सकेनन् । साँच्चै परविर्तन ल्याउन अब गाउँबाटै परविर्तन गरेर ल्याउनुपर्छ । गाउँ करबिकरबि मुक्त भइसक्यो । अब केवल शहर बाँकी छ । त्यसैले अहिले समझदारीको संयुक्त आन्दोलन भनेको गाउँको आन्दोलनलाई शहरसँग जोड्ने समझदारीको आन्दोलन हो । अहिले हाम्रो शहरी जनसमुदायसँग अपिल के हो भने, अब गाउँमा परविर्तन भइसकेको छ । गाउँले लोकतन्त्रको अभ्यास गरसिक्यो र पुनः लोकतन्त्र माग गरसिक्यो । अब शहरमा बस्ने मानिसहरूले गर्ने कि नगर्ने ? व्यग्र नहुनुहोस्, अब हामी शहरमा प्रवेश गर्दैछौँ । साङ्केतिक भाषामा ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने भनेकै शहरमा जाने हो । पार्टीहरूसँगको हाम्रो समझदारी पनि वर्ग-वर्गबीचको समझदारी बनाऔँ भन्ने हो ।



गाउँ मुक्त भइसक्यो भन्नुभयो । तर, तपाईंहरूको हिंसात्मक आन्दोलनले गाउँका मध्यम र निम्नमध्यम तहका जनतालाई एक्ल्याएको छ । उनीहरू तपाईंहरू र सुरक्षाफौज दुवैसँग डराएका छन् ?

बहुसङ्ख्यक जनतामा केही त त्यस्तो हुन्छ । फेर गाउँ भनेको एकरूपता पनि त होइन । त्यहाँ पनि विभिन्न तप्का हुन्छ । सामन्तवादको जरा काटिएको भए पनि उसले अझै त्यहाँ पुरानो सत्ताको निर्णय राख्न खोज्छ । उनीहरू कहिले पुरानो सत्ता, कहिले नयाँ सत्ता हुने गर्छन् । तर, आमजनतालाई हेर्ने हो भने सम्पूर्ण जनता नयाँ सत्ताकै पक्षमा आइसकेका छन् । मुख्य कुरा त अहिलेसम्म हामीले भत्काउने काम गर्‍यौँ । अब नयाँ निर्माणका कामहरू भइराखेको छ । बाटोघाटो निर्माण कार्यहरू गर्ने, त्यहाँ को-अपरेटिभहरू स्थापना गर्ने, उन्नत प्रकारको खेती गर्नेजस्ता काम हामीले गररिाखेका छौँ । यी निर्माणका प्रयत्नहरू हुन्, जुन पर्याप्त छैनन् । अब हामीले साँच्चै नै निर्माणको पक्षमा ध्यान दिनुपर्छ । त्यसपछि सम्पूर्ण विस् थापित मान्छेहरूको समस्यामा हामी लागिपर्नुपर्छ । तर, नेपालका स्रोतहरू सारा शहरकेन्दि्रत छन्, राजधानीकेन्दि्रत छन् । त्यसलाई कब्जा नगरेसम्म सफल होइँदैन । तराई र राजमार्गकेन्दि्रत आन्दोलनको सोच शहर कब्जा गर्नका लागि नै ल्याइएको हो ।



तर, मैले नबुझेको एउटा कुरा, धेरै राम्रा राम्रा र बलिया पुलहरू भत्काउनुभएको छ । तर, धूले पुलहरू बनाउनु पनि भएको छ । त्यो रणनीति हो कि ? सैन्यगत हो कि ? के हो त्यो ?

हामीले सबै भत्काएका छैनौँ । कतिपय त राजनीतिक तथा फौजी कारणले गर्दा दुस्मनको आवागमनलाई रोक्नका लागि पनि भत्काउनुपर्ने हुन्छ । अमेरकिाले इराकमा गएर हमला गर्छ । उसले विस्तारै त्यहाँका निर्माणहरू ध्वंस पारििदएपछि अनि आफ्नो हिसाबले बनाउँछ ।



तपाईंहरूले कतिपय ाउँमा विकासका काममा रोक लगाउनुभएको छ, सडक निर्माण हुन दिनुभएको छैन ?

यो त फौजी रणनीतिलाई ध्यानमा राखेर गरएिको हो । जहाँ हाम्रो फौजी इलाका छ, त्यो इलाकालाई हामीले फौजीलाई नै नियन्त्रण गर्न दिनुपर्छ । जहाँ हामी भिडन्त गररिाखेका छौँ, त्यहाँ बाटो बनाउन दिने कुरा आउँदैन । यो त दुस्मनलाई सजिलो पार्ने कार्य हुन्छ । त्यसैले युद्धका बेलामा कसैले पनि निर्माण गर्न दिँदैन ।



अनि यो अर्थतन्त्रमा विचलन आइरहेको छ । यसले त तपाईंहरूलाई पनि असर पारेको छ । होइन ?

अर्थतन्त्रमा विचलन त अहिले मात्र होइन, विगत धेरै वर्षदेखि भइराखेको छ । भारत र चीनजस्ता मुलुक १० प्रतिशत, ११ प्रतिशत वृद्धिदरमा छन् । हामीकहाँ एक दसमलब पाँच प्रतिशत यस्तो खालको मात्र छ । अर्थतन्त्र हाम्रो कारणले मात्र तल खस्केको भन्ने कुरा होइन । बेकारको अर्थतन्त्र छ । उत्पादनको आधार केही पनि नभएको, विदेशीको सहयोगमा आधारति अर्थतन्त्र भएको हुनाले यो तलमाथि स्वतः हुने कुरा भयो । अरबौँ पुँजी सुविधा लिने वर्गले पुँजी र कमिसन लगेर थुपाररिाखेको छ । त्यसको सदुपयोग हुन सक्यो भनेदेखि नेपालमा उद्योगधन्दाको विकास हुन सक्छ । यसलेे छिटो आर्थिक एकरूपता पनि ल्याउन सक्छ ।



धेरै ाउँमा तपाईंहरूले जग्गाजमिनहरू कब्जा गर्नुभएको छ । ती कब्जा भएका जमिनहरूमा खेतीपाती पनि हुन सकिराखेको छैन । कति ाउँमा तपाईंहरूबाट लालपुर्जा पाउनेले जग्गाभोग गर्न पाएका छैनन् । त्यस्तो विसङ्गत अवस्था किन ?

तपाईंले सही भन्नुभयो ...



खेती गर्नै सकिँदैन भने कब्जा किन गर्नुभयो ?

कब्जा नगरी वितरण कसरी गर्ने ? अब कब्जा गर्‍यौँ, वितरण गर्ने काम बाँकी छ । हामीले भूमिपतिबाट कब्जा गर्‍यौँ, अब किसानहरूलाई वितरण गर्ने र उनीहरूको हक सुरक्षित गर्ने काम छ । यी विशिष्टताका कुरा हुन् ।



तपाईंहरूले वितरण गरेको जग्गामा खेती नै लगाउन जान सक्दैनन् मानिसहरू ?

होइन, लगाएका छन् मानिसहरूले । सबै ाउँमा सकेका छैनन् । तर, धेरै ाउँमा मानिसहरूले खेती गर्न थालेका छन् । हामी के भन्छौँ भने फौजी धारणाबाट पूरा विजय प्राप्त नगरेसम्म त त्यही हो नि ! क्रान्तिकालमा जहाँ पनि त्यस्तै हो ।



विगतमा संसद्वादी दलहरूलाई पनि गाउँहरूमा जान दिनुभएन या उनीहरू तपाईंहरूको डरले जान सकेनन् । यसरी दलको गतिविधि रोक्नु जायज थियो ?

हामीले संसद्वादी दलहरूको गतिविधिलाई रोकेको होइन । दलहरूले के कुरा बुझेनन् भने हाम्रो माग भनेको राज्यको पुनर्संरचना हो । हाम्रो ४० सूत्रे मागमा पनि यो स्पष्ट थियो । पुनर्संरचनाको मुख्य बाधक निरङ्  कुश राजतन्त्रलाई हटाउने हाम्रो माग थियो । त्यसलाई दलले बुझेनन् र यथास् िथतिको रक्षाका निम्ति नै काम गरे । हाम्रो तारो राजनीतिक कार्यकर्ता होइनन् । उनीहरू राजाको रक्षाकवच बनेर आएकाले मात्र स् वतः लड्नैपरेको हो । पार्टीहरूलाई हामीले रोक्ने भन्ने त कुरै आउँदैन । दलहरूमा विभिन्न राजनीतिक अवस्थाअनुसार परविर्तन आउँछ । समयसँग चल्न सकेनन् भने अहिलेका पार्टीहरू समाप्त हुन्छन् । भोलि हामीले पनि जनताको माग पूरा गर्न सकेनौँ, जनताका इच्छा-आकाङ्क्षा पूरा गर्न सकेनौँ भने हामी रहन्छौँ भन्ने जरुरी छैन ।



व्यक्तिगत स्तरमा, तपाईंलाई हामीले बौद्धिक र अलिकति आक्रामक, भावनात्मक र मानवीय मूल्यहरूको सम्मान गर्ने व्यक्तिका रूपमा चिन्दै आएका हौँ । हालै मात्र तपाईंले आमाको स्मृतिमा लेख्नुभएको रचनाले पनि तपाईंको संवेदनशील पक्ष उजागर गर्दछ । तपाईं विगत एक दशकदेखि एउटा जटिल र ूलो लडाइँको केन्द्रमा हुनुहुन्छ । यस्तो परिस्थितिमा आफ्नो भावनात्मक संवेगलाई कसरी सन्तुलनमा राख्नुहुन्छ ?

मान्छे भनेको एकदमै \'इन्कुलुसिभ\' प्राणी हो । विवेक र भावनालाई सँगै लिएर अघि बढेको प्राणी । तर, हामीले भावनाबाट पृथक् रहेर विवेकसङ्गत काम गर्नुपर्ने हुन्छ । यसरी काम गर्दा उजागर भएर आएका भावनाहरू पनि दबेर बसेका हुन्छन् । जतिसुकै हाँसे पनि, जतिसुकै रोए पनि केही हुँदैन । त्यसैले आमाको मृत्यु हुँदा मेरो त्यो पक्ष उजागर भएको हो ।



बौद्धिक पक्षलाई सैन्य पक्षसँग कसरी मिलाएर राख्नुहुन्छ ?

साथीहरूको शहादत भएको अवस्थामा हामी भावुक भएर रुन्छौँ, साथीहरूको स्मृतिमा सबै रोएका छौँ । जस्तो कि प्रचार गरन्िछ, हामी असाध्यै क्रूर हौँ, मान्छे मार्छौं । तर, प्रचार गरेजस्तो पक्कै होइन । हाम्रा लागि हतियार खालि बाध्यात्मक मात्रै हो । अब यसतर्फ मान्छेले ध्यान दिइराखेको छैन । हामीले यो बन्दुक उ ाएको अन्यायको बन्दुकलाई रोक्नका लागि हो । हामीलाई अब यो कुरा बुझाउन गाह्रो हुन्छ । तर, यथार्थ यही हो । हाम्रा भावनात्मक अभिव्यक्तिहरूले पनि यसलाई पुष्टि गर्छन् ।



गत वर्ष पार्टी नेतृत्वसँग तपाईं निकै ूलो विवादमा आउनुभयो । प्रचण्ड र तपाईंका बीच घमासान युद्ध भएको खबर छरियो । तपाईंको नाममा र तपाईंका पक्षमा देशभरिका भित्ताहरूमा नारा लेखिए । वास्तवमा यो कस्  तो विवाद थियो ?

हाम्रो विवाद अर्कै अर्थको थियो । रणनीतिक र वैचारकि प्रश्नमा विवाद थियो । व्यक्तिहरूका बीच विभिन्न किसिमको द्वन्द्व हुन्छ, बहस हुन्छ । वैचारकि द्वन्द्व हुनु कुनै ूलो कुरा थिएन । हाम्रो अध्यक्ष प्रचण्ड र मेराबीच एउटा उच्च वैचारकि बहस थियो त्यो । त्यसलाई केही पात्रहरूले गिजोलिदिने काम गरे । बै कमा कुरा आइसकेपछि हामी नयाँ निष्कर्षमा पुग्दछौँ । त्यसैले यसलाई त्यति ूलो रूपमा, अन्यथा रूपमा लिनुपर्छ जस् तो लाग्दैन ।



त्यो कुरा मान्दामान्दै पनि तपाईं आफँैले आफ्नो लेखमा अप्रत्यक्ष रूपले, साङ्केतिक ढङ्गले आफ्नो राजनीतिक अवस्थाका बारेमा बताउनुभएको थियो नि ?

असमझदारी होइन कि आशङ्का त भएकै हो नि त ! मलाई लाग्छ किशोरजी, यो ढङ्गको नेतृत्व गरेर हिँड्ने मान्छे नै म होइन । म त समाजमा केही राम्रो गर्न सकियोस् भन्ने उद्देश्यले मात्र लागेको मान्छे । प्रचण्ड, बादलजस्  ता साथीहरूको टिममा सहज ढङ्गले १०-१२ वर्ष सँगै काम गरी हिँडेको मान्छे । त्यसमा बाह्य शक्तिले अलिकति खेल्न खोजेको, भित्रकाले पनि प्रभावित पारे र हामी पनि बेलाबेलामा प्रभावित हुने एउटा पक्ष भयौँ । फेर िअन्त्यमा के रयिलाइज गर्‍यौँ भने, हाम्रो ूलो जिम्मेवारी छ देशप्रति । देशको स्थिति यस्तो रहेको अवस्थामा हामी यसरी मतभेद र विवादमा जानु हुँदैन ।



बाबुरामजी र प्रचण्डजी दुई जना अलगअलग भएर माओवादी आन्दोलन अगाडि बढ्न नसक्ने परिस्थिति पनि हुनसक्छ नि ?

होइन, हाम्रो एकता आवश्यक किन पर्‍यो भन्ने पहिलो कुरा हो । दोस्रो, हामीहरूबीच आधारभूत कुराहरू बढी मिलेको छ । जस्तो, प्रचण्डजी दह्रो नेतृत्वको गुण राख्नु हुने मान्छे हो । हालै प्रकाशित उहाँका अन्तर्वार्ताहरूबाट पनि यो कुरा देखियो होला । उहाँ असाध्यै \'डायनामिक\' मानिस हो । अहिले एमालेमा त्यो \'डायनामिक\' व्यक्तित्वको अभाव हामीले देखिराखेका छौँ । काङ्ग्रेस बीपीको बेलामा जति गतिशील थियो अथवा मदन भण्डारीको पालामा एमालेमा जुन गतिशीलता थियो, त्यहाँ नेतृत्वका गुणहरूले काम गरेको थियो । मूलतः सामीप्य नै हो तर मुख्य नेतृत्वमा गतिशीलता हुनुपर्दोरहेछ । वास्तवमा भन्ने हो भने त्यो प्रचण्डमा छ । उहाँ र मेरो स् वभाव त एकदमै फरक छ । उहाँ बहिर्मुखी स्वभावको, म अन्तर्मुखी स् वभावको मान्छे । म भित्र बसेर काम गर्ने मान्छे, उहाँ जनसमूहमा प्रभाव पार्न सक्ने मान्छे । त्यसैले हाम्रो सम्बन्ध एकअर्काको पूरकका रूपमा रहेको छ ।



तपाईंहरूले नेपाल कम्युनिस्ट पार्टी माओवादीको प्रारम्भ धेरै सानो तहबाट गर्नुभयो । अहिले यो धेरै ूलो भइसकेको छ र मुलुकको पावर ट्रान्सफर गर्न सक्ने हैसियत राख्दछ । यो १० वर्षमा यसको विकास यसरी हुनुको पछाडिका कारणहरू के हुन् त ?

दुईवटा कारण छन् । वस्तुगत र आत्मगत । \'अब्जेक्टिभ\' र \'सब्जेक्टिभ\' । पहिलो, \'अब्जेक्टिभ\' कारण शताब्दीयौँदेखिको सामन्तवादका कारण समाजमा असाध्यै विपन्नताको जुन अवस् था आएको थियो, त्यसबाट विद्रोहका निम्ति आधारभूमि तयार भइराखेको थियो । हामीले ीक ढङ्गले आकलन गरेर जनताको आधारलाई सङ्ग ित गर्‍यौँ भन्ने लाग्छ । त्यो अचेतन र आत्मीय पक्ष हो, आत्मगत र सही मिलन पक्ष हो ।



यसमा तपाईंहरूले बोक्नुभएको हतियारको प्रभाव कत्तिको छ ?

हतियारचाहिँ आत्मीय पक्षमा पर्छ । किनभने, हतियार बोकेको सत्तालाई हतियार नउ ाई नष्ट गर्न सकिँदैन भन्ने बोध हामीले उ ायौँ । सुरुमा हामीसँग दुई थान हतियार मात्र थियो । एउटा मागेको, एउटा लुटसुट गरेर ल्याएको राइफल, त्यो पनि बिग्रेको । हामीले सुरु गरेको विन्दु त्यही थियो । अहिले हामीले लडेर हतियार जित्यौँ र थुप्रै हतियारहरू हामीसँग भए । तर, हतियार प्रधान कुरा होइन, हतियार सहायक मात्र हो । विचारको क्रान्ति हाम्रो प्रधान लक्ष्य हो ।



मुलुक लोकतान्त्रिक हिसाबले अगाडि बढेका बेला प्रतिस्पर्धात्मक र ाजनीतिमा जान पनि आफ्नो सहायक साधनलाई उ ाउनुहुन्छ ?

हामी नयाँ सुरक्षा संरचना निर्माण गर्ने पक्षमा छौँ । भविष्यमा गएर त सेना चाहिन्छ/चाहिन्न, अहिले त्यो पनि थाहा छैन । आमजनता नै सङ्ग ित भए भने छुट्टै सेना किन चाहियो, यो गरिब देशमा ? त्यो पनि भोलिको स्वतन्त्र देशमा ! अहिलेका लागि, तत्काल सुरक्षा संयन्त्रको रूपान्तरण गरेर नयाँ खालको संरचना निर्माण गर्नु जरुरी छ । १२ बुँदे सहमतिमा पनि हामीले \'कमिट\' गरिसकेको के हो भने हामी यो नयाँ जुन सत्ता बन्छ, पुनर्संरचित सत्ता, त्यसैलाई हतियार बुझाउँछौँ ।



तपाईंहरूको एजेन्डा अथवा यो ँकमिटमेन्ट’ मा सात दलले कति र कतिन्जेल साथ दिन्छन् जस्तो लाग्छ ?

होइन, उहाँहरूले साथ दिनुहुन्छ जस्तो लाग्छ । हामी उहाँहरूनिकट गइराखेका छौँ । जे भए पनि एउटै विषयमा सहमत भइसकेका छौँ नि त ! हिजोसम्म उहाँहरूले शाही सेना र राजतन्त्रको हिसाबले काम गर्नुभयो । अब उहाँहरूले के \'रयिलाइज\' गर्नुभयो भने शाही सेना र राजतन्त्र पो प्रजातन्त्रको बढी बाधक रहेछ त ! उहाँहरूलाई हामीतिरबाट पनि डर छ । पूरै भरोसा भइसकेको छैन । त्यस अर्थमा हामी अगाडि बढ्ने आधार बनिसकेको छैन । पूरै ढुक्कै भइसक्नुभएको छैन उहाँहरू ।



तर, यसपटक तपाईंहरू लचिलो भएकै हो त ?

निश्चित रूपमा हो । फलेको हाँगो निहुरनिुपर्छ भनेझैँ अहिले हामी झुकेकै हौँ । अहिले यो दोस्रो समझदारी बनाउने क्रममा पनि हामी असाध्यै लचिलो भएर नगएको अवस्थामा के हुने थियो, थाहा पाइसक्नुभएको छ । तैपनि, हामी झुकेर भए पनि सहमतिमा लागेका छौँ ।



अघिल्लो साता तपाईंहरूका बीच समझदारी नहुने भइसकेको थियो । तर, कसरी मिलाउनुभयो ?

हामीले निहुरएिर, नरम भएर, रूप पक्ष केही छोडेर सार पक्षलाई अँगालेका हौँ । हो, शनिबार -चैत ५ गते) राती १२ बजेसम्म पनि कुरा मिलिसकेको थिएन । त्यसपछि मात्र मिलेको हो ।



समझदारी कतिन्जेल टिक्ला त ?

समझदारी नै अहिलेको आवश्यकता हो भन्ने बुझ्नुपर्छ जस्तो लाग्छ । किनभने, यो हाम्रो चाहनाभन्दा पनि आवश्यकता भएका कारणलेे टिक्नुपर्छ । यसैमा नै देशको भविष्य टिकेको छ । समझदारी देशको, जनताको र लोकतन्त्रको भविष्यका निम्ति भएकाले यो टिक्नुपर्छ भन्ने लाग्छ । हाम्रातर्फबाट अन्त्यसम्म पनि सहमति टिकाउने प्रयत्न हुनेछ ।



तर, आन्दोलनको जुन स्वरूप सार्वजनिक गरिएको छ, त्यसमा खासै अपिल देखिँदैन । यसले युवाहरूलाई आकषिर्त गर्न सक्दैन भन्ने लाग्दैन ?

पहिले त हामी लक्ष्यमा स्पष्ट हुनुपर्‍यो । राज्य त मुख्य बाधक हुँदै हो । १२ बँुदे प्रस्तावलाई गम्भीरतापूर्वक आत्मसात् गर्‍यो भने माओवादी र दलबीचको एकता मजबुत बन्छ । पहिलो सर्त पनि यही हुन्छ । तर, हामीले लक्ष्यलाई स्पष्ट पार्नुपर्छ र एउटै नागरकि आन्दोलनमा जानुपर्छ । जस्तो, ०४६ सालमा बहुदल भनिएको थियो । अहिले कमसेकम लोकतन्त्र नभए संविधानसभा भन्ने सूत्र हामीले बनाउनुपर्छ । यी दुईवटा कुरा बन्यो भने संयुक्त आन्दोलनको लहर आउँछ का माडौँमा । यो लहर देशव्यापी रूपमा आइसकेको छ । अहिले जुन आमहडताल भनिएको छ, असहयोग आन्दोलन, त्यो भनेको पुरानो सत्तालाई कुनै पनि सहयोग नगर्ने, कर आदि केही पनि नतिर्ने हो । जनता, कर्मचारी, शिक्षक, पुलिस, सेनाका मानिसहरू सबै मिलेर असहयोग गर्ने र तुरुन्तै शासनको अपिल गर्ने हो । आन्दोलनमा हामी शान्तिपूर्ण ढङ्गले उत्रने र सहयोग गर्ने हाम्रो भनाइ हो । अहिलेको आन्दोलन पहिलेको भन्दा नितान्त नयाँ हुन्छ ।



त्यसो भए त्यो आन्दोलनको रूपरेखा नै नयाँ हिसाबले तयार गरिँदैछ ?

आन्दोलनको रूपरेखाका बारेमा क्रमिक गृहकार्य हुँदैछ । हामी सकभर संयुक्त रूपमा बसेर त्यसलाई मुक्त खालको बनाउ“m भन्नेमा लागेका छौँ ।



साझा वक्तव्यमा संयुक्त रूपमा हस्ताक्षर गर्ने सम्भावनाहरू पनि छ होला नि, होइन ?

त्यो त निश्चित रूपमा छ । त्यति मात्रै होइन, मुख्य रूपमा हाम्रो लक्ष्य प्रस्ट भयो, हामी एउटै नारामा सहमत हुन सक्यौँ र संयुक्त भएर जान सक्यौँ भने त्यो साझा वक्तव्य भनेको प्राविधिक कुरा मात्रै हो । त्यो कुनै ूलो समस्या हुन्छ भन्ने हामीलाई लाग्दैन ।



शेरबहादुरजीले अमेरिकाबाट पिज्जा लिएर आउनुभयो भने के हुन्छ डाक्टर साहेब ?

शेरबहादुरजस्ता पात्रहरूले अझ पनि चेत्दैनन् भने उनीहरू पाखा लाग्छन् । शेरबहादुर के लिएर आउँछन्, अहिले नै टिप्पणी नगरौँ । अहिले उनले प्रजातन्त्रका पक्षमा हस्ताक्षर गरसिकेका छन् । अब फेर िपनि धोका दिए भने त उनलाई पनि धोका हुन्छ । त्यसैले हामी के विश्वास गछौर्ं भने त्यसो गरे भने, अब उनलाई छोडेर हामी अगाडि जाने आँट गर्नुपर्छ । हामी चाहना गर्छौं कि उनी पनि सँगै आऊन् ।



आवरण तस्बिरः किशोर नेपाल

नेपालबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम