Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
विश्वकी आमा-मदर टेरेसा - [2005-09-03]
 Authorप्रकृति भट्टर्राई

यो दुनियामा पाप र अन्याय बढ्दै गइरहेको छ भने हामीलाई यो पाप र अन्यायको बाटोबाट हटाउन भगवान्लाई पनि क िन भएको छ । त्यसैले उहाँले यो संसारको भार हलुका गर्ने मानिसका रूपमा आफू आउने गर्नुभएको छ । यसरी आउने मानिसमा इसु, श्रीराम, महात्मा गान्धी, गौतमबुद्ध, मदर टेरेसा आदि हुनुहुन्छ । भगवान् इसुले न्याय, माया, दयाको प्रचार गरे । भगवान् रामचन्द्रले पिताभक्ति र राष्ट्रप्रेमको पा सिकाए । भगवान् बुद्धले शान्ति, अहिंसाको पा पढाए भने मदर टेरेसाले सबैलाई सहारा दिन उनीहरूको मसिहा बनिन् र सबैकी मदर -आमा) बनिन् । सन् १९१०, २७ अगस्तमा युगोस्लाभियाको स्कोब्जे नामक ाउँमा जन्मनुभएकी मदर टेरेसा विश्वकै आमा बन्न सफल भइन् । आमाका तीन छोरीमध्ये कान्छी छोरीका रूपमा जन्मनुभएकी उहाँको सुरुको नाम अग्नेस गोनसा बोजासिउ हो । अनाथ दीन, दुःखी, दर्रि्र, रोगी तथा कुष् रोगीको सेवा, सुश्रुषालाई नर्ैर् इश्वरको सेवा ान्ने मदर टेरेसा आफ्नै आमाको परोपकार कार्यले बाह्र वर्षो कलिलो उमेरमै उहाँको हृदयमा करुणाको बीज अङ्कुरित थियो । मानिसमा हुनुपर्ने सबै गुणले भरिपर्ूण्ा मानिसको दुःख, पीडा बुझने साँचो महिला उहाँ हुनुहुन्थ्यो । पहिलोपटक भारत आउँदा त्यहाँका अनाथ बच्चा सडकमा भिख मागेको दृश्य देख्दा, त्यहाँको भोक, शोक देख्दा उनीहरूको सेवा गर्ने प्रतिज्ञा लिनुभयो र सोही प्रतिज्ञाको पालना गरी कलकत्ताका जनताको सेवा गर्न थाल्नुभयो । सेवा गर्ने क्रममा यहाँ विभिन्न ाउँमा आफ्नो



सेवा समिति पनि खोल्नुभयो । कलकत्ताका मान्छेले उहाँलाई मसिहा अर्थात् भगवान्का रूपमा पूजा गर्नथाले । उहाँ सन् १९५० मा कलकत्तामा मिसनरिज अफ च्यारिटी स्थापना गरी इर्साईहरूको उदाहरणीय जीवन व्यतित गर्नुभएको थियो । आफ्नो सम्पर्ूण्ा जीवन दुःखी, बेसहारा र अनाथका लागि अर्पण गर्नुभएकी उहाँले जीवनभरमा लगभग पाँचहजार धार्मिक संग न तथा ६ सयवटा आश्रय स्थल स्थापना गर्नुभयो । यसैगरी उहाँले स्थापना गर्नुभएको च्यारीटी नेपाललगायत विश्वका १२० भन्दा बढी राष्ट्रमा छन् । अनाथ, दर्रि्र दुःखीहरूलाई मह즣2357; प्रदान गर्नुहुने तथा सडकपेटीहरूमा लडेका रोगी तथा अशक्तहरूलाई आफ्नो सेवाकेन्द्रमा लगेर उपचार गरी एक स्वस्थ नागरिक बनाउन तल्लीन रहने उहाँको बानी थियो । उहाँ भन्नुहुन्थ्यो- म प्रत्येक मानिसमार् इश्वर देख्छु जब म कुष् रोगीको घाउ छुन्छु, तब मलाई कर्ेर् इश्वरको सेवा गरी युद्ध अनिकाल, आतङ्क तथा भूकम्प जाँदा उद्धार गर्दै हिँड्ने मदर टेरेसा २०४५ सालमा नेपालमा भएको भूकम्पमा उद्धार गर्न भगवान्ले दिएको आमा बन्ने प्रथमपुरस्कार प्राप्त गरेपछि शान्तिको कामनाका लागि गरिएको निःस्वार्थ सेवाभावका योगदानको कदर गर्दै उहाँलाई सन् १९७९ मा नोवेल शान्ति पुरस्कार प्रदान गरियो ।



प्रकृतिको ऐना संसारमा आएपछि एकदिन जानैपर्ने । यसै क्रममा ५ सेप्टेम्बर १९९७ मा शुक्रवार राति महान् व्यक्तित्वका धनी मदर टेरेसाको कलकत्तामा स्वर्गारोहण भयो । उहाँको मृत्युले संसारभरिका मानिसलाई प्रभाव पार्‍यो । संसारका करोडौं आँखा रसाए । विशेषगरी कलकत्ताका दुःखी जनतालाई ज्यादै ूलो शोक पर्‍यो । निःस्वार्थ सेवाका कारणले मृत्युपछि पनि उहाँको सम्मान गरियो । सन् १९४८ मा भारतका स्वतन्त्रता सेनानी महात्मा गान्धी -राष्ट्रपिता) र सन् १९७४ मा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको शव राखेको तोप बग्गीमा नै मदर टेरेसाको शव पनि राखियो । उहाँको शवयात्रामा लाखौं मानिसले भाग लिएका थिए । अन्त्यमा आफू अशक्त एवं वृद्ध हुँदै गएको अनुभव गरी आफ्नो मृत्यु हुनु सात महिना अगाडि मात्र उहाँले स्याङ्जा जिल्ला घर भएकी नेपाली मूलकी छोरी सिस्टर निर्मलालाई आफूले समाल्दै आएको मेसिनरी अफ च्यारिटी अर्डरको प्रमुख पद हस्तान्तरण गर्नुभएको थियो । साथै सेवा गर्न नसकिएका, नभ्याइएका बाँकी काम, सेवासमिति, अनाथ, आश्रय आदि सिस्टर निर्मलाको हातमा राखी संसारिक माया जालबाट बिदा लिनुभयो । सिस्टर निर्मला पनि यस मार्गमा अनवरत सेवा गरी मदरको उत्तराधिकारी बन्न सक्षम बन्नुहुनेछ भन्ने हामीलाई विश्वास छ । 'तिमीसँग जे छ, त्यसैबाट जे सक्छौ सेवा गर' भन्ने मदर टेरेसाको भावनालाई आत्मसात् गरिएमा विश्वमा बढ्दो रक्तपातको खेलमा पक्कै कमी आउने ोकुवा गर्नसकिन्छ ।





तपाईंको प्रतिकृया

Prakriti Bhattrai g tapailai a lots thanks. Example haru dekhera nai kartabya pura garna ma sahasik banna sak6a manab. Jasma tapai le god "Yeshu", "Ramchandra" ra "Buddha" ko pani "Teresa" ko gibani bhitra samabes gari "Teresa" ko ullekhaniya ra abarnaniya yogdan ka kura haru sangali aruko pani byabahar ma change lyauna sakne aadhar WWW ma dinu bhayakochhha. again thanks by me.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम