Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
चरखण्डी तीर्थस्थल र बिस्केट जात्रा (सकु थापा) - [2006-05-03]

भक्तपुर जिल्लाको दक्षिणी भेगमा पर्ने सिरूटार गाविस र दधिकोट गाविसको सीमानामा अवस्थित यस उत्तरवाहिनी चरखण्डी तीर्थस्थल करिव २० रोपनी जग्गाको क्षेत्रफल ओगटेको छ । चरखण्डी नदीको किनारामा अवस्थित यस तीर्थस्थलमा सिद्धिगणेश, महादेव, सरस्वती, विष्णु, भैरव, मनकामना, राम सीता लक्ष्मण, हनुमान, बालकुमारी, चटकेश्वर महादेव, श्रीकृष्ण लगायत विभिन्न देवीदेवताका म मन्दिरहरू अवस्थित छन् । यस अखण्ड पावन तर्ीथस्थलको महिमा स्कन्दपूराण, हिमवतखण्ड, नेपाल महात्म्यमा पनि वर्ण्र्ााभएको पाइन्छ ।

का माडौंबाट १२ कि.मि. पूवतर्फ र भक्तपुर सदरमुकामबाट ५ कि.मि.दक्षिणमा पर्ने यस तीर्थस्थल िमी नयाँबाटोबाटा दक्षिणतर्फ ३ कि.मि.को दुरीमा पर्ने यस तीर्थस्थल का माडौंबाट विरूवा चल्ने तथा नयाँ िमीबाट तर्खगाल चल्ने गाडीमा सजिलै पुग्न सजिलै पुग्न सकिन्छ ।

यस स्थलको उत्पत्ति एवं नाम रहनुमा विविध किम्बदन्तीहरू पाइन्छन् । सयौंवर्षपहिले एउटा व्याधा चराचुरुङ्गीको शिकार गर्दै आउने क्रममा व्याधाको हातबाट खसेको मृत भङ्गेरो चरखण्डी तर्ीथको कुण्डमा डुब्दा व्युतेर उडेर गएको भन्ने कथन छ साथै सिद्धि गणेशको उत्पत्तिको सम्बन्धमा एक किसानले खोलामा बाँधबाँधी कुलो खन्ने क्रममा चट्टानबाट रगत बगेको सम्बन्धमा सपनामा सिद्धि गणेश दर्शन दिई उक्त मन्दिरको स्थापना गरेको र महादेवको उत्पत्तिका सम्बन्धमा खेतमा काम गर्ने क्रममा साथमा ल्याएको बच्चाले एउटा भङ्गेरो जमिनको दुलोमा पसेकोदेखेपछि उसका बाबुआमाले बच्चाको जिज्ञासा पूरा गर्न भंगेरो खोजिदिन चौर खन्दा शिवलिङ्ग फेला परेको र बालकुमारी मन्दिरको सम्बन्धमा हिमालय पर्वतबाट बालकुमारी मृगको रूपमा यात्रामा निस्कदा मृगको पाइला बसेको ढुंगालाई बालकुमारीको रूपमा मान्दै आएको भन्ने कथन रहेको छ । यहाँको एउटा प्राचीन शिव लिंग बि.सं.२०३९ सालमा चोरी हुन पुगेको छ । यहाँ रहेका मन्दिर र मर्ुर्तिहरूको प्राचीनताको बारेमा आजसम्म उत्खनन् हुन सकेको छैन । यस तर्ीथस्थल संरक्षणको लागि चरखण्डी तीर्थस्थल क्षेत्र विकास संरक्षण संस्था कार्यरत रहेको छ ।

हरेक वर्षनववर्षशुभारम्भको दिन अर्थात वैशाख संक्रान्तिको दिन यस तीर्थस्थलमा परम्परागत रूपमा वि.सं.१९६१ देखि जात्रा संचालन हुँदै आएको छ । जसमा श्री गणेश, श्री भैरव तथा श्री बालकुमारीको मुकुट राखिएको हुन्छ । नोलको सहायताले आ जनासम्मले बोक्न सक्ने खालको दुइ रथहरू सुन, चाँदी तथा पित्तलका विभिन्न गरगहनाले सजिएका मुकुट अनि विविध ध्वजापताका साथै गरगहनाले सजाएर झकिझकाउ पारिएका हुन्छन् । यात्राका क्रममा रथहरूमाथि ूला छाताहरू हल्लाउँदै घुमाउँदै, बाटाभरी नचाउँदै सिन्दुर जात्रा गर्दै तीर्थस्थल परिसरमा ल्याउने र बेलुकी स्थानीय पकाण्डोलमा नै फर्काउने गर्दछन् । धिमे, खिई, बासुरी, भुस्या बाजा-भ\\mयाली) तथा कुस्ले बाजा, बासुरीहरू बजाउँदै रथ यात्रा गराइन्छ । रथको अगाडि पछाडि रमाइलो हेर्नेहरूको भिड नै लाग्ने गर्दछ । यो जात्रा संचालनको क्रममा एकरथबाट शुरु भएपनि वि.सं.२०१५ सालबाट साप्रदायिक हिसावले एक श्रेष् र अर्को साल्मी (मानन्धर) हरूले छुट्टाछुट्टै रथ बनाई जात्रा संचालन गर्दै आएका छन् । यसमा श्रेष् र साल्मी बाहेक स्थानीय अन्य सम्प्रदायले पनि रथमा पूजा आजा तथा बली चढाउन गर्दछन् ।

तीर्थस्थल प्राङ्गणमा चैत्र मसान्तको दिन रातभर जागाराम बस्ने गर्दछन् स्थानीय महिलाहरू । यो जात्रामा संचालनमा रहेको देवीदेवताको मुकुट गु ियार मध्ये पालो पर्नेको घरमा राखेर वर्षभरी पूजाअर्चना गरेर राख्दछन् । मसान्तको दिन आधा रातमै देवतालाई ढकीमा राखेर बाजागाजा, सिन्दुर यात्राका साथ चिरागबत्ती बाल्दै रथमा ल्याएर थापना गर्दछन् । बिहान सखारै रथयात्रा शुभारभ्म गर्नु पूव दिपबत्ती बाल्नेले बाटोमा लम्पसार परेर सुत्दै उसको हातले जहाँ छुन्छ त्यही बत्ती राख्दै त्यो क्रम कसैले आफ्नै निवासबाट शुरु गर्दछन् भने कसैेले रथयात्रा शुभारम्भ हुने स्थान पकाण्डोलबाट शुभारम्भ गरेर चरखण्डी तीर्थस्थल सम्म गर्दछन र विहानभरी शरीरभरी बत्ति बालेर बस्दछन् । यसको पनि एउटा किम्बदन्ती छ । छोराछोरी नहुनेले यो दीप बालेमा बच्चा लाभ हुने एवं मनोकांक्षा पूरा हुने विश्वास लिएको पाइन्छ ।

स्थानीय पकाण्डोल गाउँबाट चरखण्डी तीर्थस्थलसम्म संक्रातिको दिन बिहान झिसमिसेमै ल्याइने रथ चरखण्डी तीर्थस्थल कुण्डको दुइ किनारामा एक/एक रथहरू राख्ने गर्दछ्न । सो दिन चरखण्डी नदीको कुण्डमा स्नान गर्ने, देवी देवताको दर्शन, पूजाआजा तथा रथमा बली चढाउने परम्परा रहेको छ । यसरी तर्ीथस्थलमा मेला भर्नेहरूको दिनभरी नै घुइचो लाग्ने गर्दछ । बैशाख २ गतेको दिन पनि रथलाई बिहानै चरखण्डी तीर्थस्थलमा ल्याई विराजमान गराइन्छ । यस दिन भने अघिल्लो दिन राखेको कुण्डको किनारामा केही समय बिसाएर तर्ीथस्थलको उच्च स्थानमा रहेको बालकुमारी मन्दिरको प्राङ्गणमा बिहानभरि राख्ने गर्दछन् । जहाँ स्थानीयबासीले धान, चामल तथा भेटीहरू भागको रूपमा चढाउने गर्दछन् । दुःखको कुरो भनौ कि दुभाग्य, दुबै रथको गरगहनाहरू चोरी भएको र मुकुटहरू पनि आंशिकरूपमा चोरी भई पुनर्निर्माण भइसकेको छ ।

यसलाई पनि भक्तपुरमा संचालन हुने भैरव तथा कालीको रथ यात्रा तथा िमीमा संचालन हुने ३२ खटको रथ यात्रा गर्ने जात्राकै नाम अर्थात बिस्केट जात्रा नै भन्ने गर्दछन् । हुन पनि यस जात्रा संचालन गर्ने स्थानीय दधिकोट गाविसको पकाण्डोल, धैयाटार, गाम्चा निवासीहरू िमीबाट नै बर्साई सरेर आएका हुनाले सोही जात्राकै रूपमा संचालन भएको भन्न सकिन्छ ।

हाम्रो अस्थित्व, पहिचान भनेको यिनै चाड, पर्व, उत्सव, जात्रा मेलाहरू नै हुन । तर्सथ, यस्ता कार्यहरूलाई फजुल खर्चमा कमी, अनावश्यक भोज नगरी केवल संस्कार र संस्कृतिको जगर्ेना गर्न परम्परागत रूपबाट अलि माथि उ ेर समय सान्दर्भिक तरिकाले मान्दै आपसी मेलमिलाप र सहहृदयको भावना सिर्जना गरी निरन्तरता दिनु पर्दछ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम