‘मनमनै मन्त्रालय’ नाटकका लागि कलाकार आह्वान
काठमाडौं । नेपाल नाट्यशाला र मातृगृहको संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको नयाँ नाटक ‘मनमनै मन्त्रालय’ का लागि कलाकार आह्वान गरिएको छ।
सौभाग्य सिंह राईको लेखन तथा प्रवीण पुमाको निर्देशनमा निर्माण हुन लागेको उक्त नाटकका लागि समर्पित, प्रतिभाशाली तथा रंगमञ्चप्रति प्रतिबद्ध कलाकारहरूबाट अडिसनका लागि आवेदन माग गरिएको हो।
इच्छुक कलाकारहरूले आगामी ५ साउन २०८३ गतेभित्र आफ्नो सीभी/बायोडाटा बुझाई अडिसनका लागि दर्ता गर्नुपर्नेछ।
अडिसन १० साउन २०८३ गते आइतबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म नेपाल नाट्यशाला, सामाखुसी, काठमाडौंमा आयोजना हुनेछ।
नाटकका लागि अनुशासन, सिर्जनशीलता, कल्पनाशीलता, प्रतिबद्धता तथा रंगमञ्चप्रतिको वास्तविक रुचि भएका कलाकारहरूलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।
आयोजकका अनुसार इच्छुक कलाकारहरूले आफ्नो प्रतिभा र सिर्जनात्मक क्षमतालाई प्रस्तुत गर्दै आगामी नाट्य यात्राको हिस्सा बन्न सक्नेछन्।

