समयको परिर्वन सगैं हाम्रो गौरवशाली नेपाली भाषा साहित्यलाई विश्वब्यापी गर्दै
जानुपर्ने आवश्यकता दिनानुदिन वढदै गएको सर्न्दर्भमा एउटा विशुद्ध साहित्यिक मञ्च
मार्फत “नेपाली साहित्य घर” को रुपमा यस www.nepaliliterature.com तत्काल sahitya.org.np र sahityaGhar.com लाई संचालन गरिएको हो ।
स्रष्टा देशमा हुन या विदेशमा उनीहरुले सिर्जना गर्न छोड्नु हुदैन, नेपाली भएर नेपाली भाषा साहित्य अनि नेपालको विविधता अर्न्तगत विभिन्न जातिहरुको भाषा साहित्य बिर्सनु हुन्न । नेपाली भाषा लगायत सबै
जातजातिको भाषा सम्पन्न भए मात्र पूर्ण राष्ट्रियता बन्छ भन्ने हाम्रो मान्यता हो ।
हामी हाम्रो राष्ट्रियताको लागी
जुनसुकै चुनौती सामना गर्न तयार हुनुपर्छ र तयार छौ । नेपाली भाषालाई आज सिमित
भूगोलले छेक्न सक्दैन । अझ विश्वब्यापी वेभ साइटको विकास र पहुचले सारा विश्व
साँघुरो बनेको छ । यो साँघुरो, सानो विश्वलाई नेपालीमय बनाउन प्रसासरत रहने हाम्रो
चाहना हो ।
घरदेशमा सबै कुरा सामान्य लाग्दछ । जब विश्व चिन्तनमा हुन्छौ निश्चय नै हामीलाई
लाग्दछ अर्न्तराष्ट्रिय भाषा अग्रेजी, स्पानिस, फेन्च चाईनिज भाषा सरह अर्थात त्यो
भन्दा सम्पन्न हाम्रो नेपाली भाषा बन्न सकोस । यी हाम्रा चाहना पूरा होला नहोला त्यो आफ्नै ठाँउमा छ तर नेपाली साहित्यको उज्वल भविश्य बनाउनको लागि आजको
न्युनतम काम मध्ये नेपाली साहित्यको वेभसाइट संचालन गर्नु एक हो । हाल नेपाली
भाषीहरु संसारको प्रायः प्रत्येक मुलुकमा पुगेको अनुमान गर्न सकिन्छ । ती सवै मुलुकका अधिकांश नेपालीहरुले वेभसाइट घुम्ने, हेर्ने पंहूच राख्दछन ।
विश्वका जुनसुकै भागमा रहेका नेपालीहरुले सम्पूर्ण नेपाली साहित्य इन्टरनेटमै सजिलै संग हेर्नसकुन ।
स्रष्टाहरुको सिर्जना ओईलाउन नपाओस, नेपाली भाषा र साहित्य विकासको गतिलाई
निरन्तरता पुग्न सकोस भन्ने पवित्र लक्ष्य राखी यो वेभसाइट निर्माण गरि संचालन
गरिएको छ । यो वेभसाइट कुनै ब्यापारीक प्रयोजनको लागी नभइ यो सेवामुलक साइट हो ।
हाम्रो मुख्य उद्देश्यहरुः
१. परिवर्तित समय अनुसार नेपाली भाषा साहित्य विकासको लागि बिश्वब्यापी संजाल अनलाईनमा कार्यरत रहने ।
२. विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरुको साझा मञ्चको रुपमा संस्थागत गर्दै आपसमा समान्जस्य कायम
… गरि सहयोग अभिवृद्धि गर्ने ।
३. नेपालका सवै भाषाभाषीका भाषा-साहित्यलाई सहयोग पुयाउने ।
४. साहित्य तथा गीत संगीतका स्रष्टाहरुलाई सम्बर्द्धन गर्दै अवसर प्रदान गर्दै, सहयोग पुर्याउदै उत्प्रेरणा जगाउने ।
५. नेपाली भाषा, साहित्य सिक्न चाहने स्वदेशी वा विदेशीका लागि यथासक्दो सहयोग पुर्याउने ।
६. विश्वभर छरिएर रहेका नेपाली साहित्यकारहरुको हक, अधिकारको लागि कार्यरत रहने ।
यस मंचले सम्पन्न गरेका विभिन्न क्रियाकलापहरु मध्ये केही बुदांहरु:
१. यस मंचले नेपाली साहित्यको लागि अनलाइनबाट र डायस्पोरामा रहेर गरेको उत्कृष्ट योगदानको कदर गर्दै अनेसास नारायण तथा जयन्ता प्रर्साई वेभ पत्रकारिता पुरस्कार २०६५ नगद रु १५००० अमेरिकाबाट प्राप्त गर्न सफल भएको छ ।
२. यस मंचले गत बर्षको सरस्वती पूजाको अवसरमा नेपाली साहित्य कै इतिहासमा पहिलो पटक प्रत्येक्ष वेभक्यामबाट सहभागि हुन सक्ने ब्यवस्था गरि अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ सम्पन्न गर्यो । जसमा विश्वभर छरिएर रहेका विभिन्न २७ देशका १०३ स्रष्टाहरुको सहभागिता रहेको थियो । जसमा प्रथम नवराज सुब्बा (विरानगर, नेपाल), दोस्रो सहदेब पौडेल (अमेरिका), तेस्रो रविन्द्र ढकाल (जापान), चौथो इन्दिरा चाम्लिङ (पोर्चुगल) र पाचौ गोपिकृष्ण प्रसाइ (जर्मनी) हुनु भएको थियो ।
३. यस मंचले केही समय अघि मिलन देवान स्मृति (अनेसामं) साहित्य पुरस्कार को स्थापना गरि सन् २०६५ को लागि मलेसियामा कार्यरत युवा साहित्यकार देवेन्द्र सुर्केलीलाई प्रदान गरेको छ । यस पुरस्कारको रासि नगद १० हजार रुपैया रहेको छ । यो पुरस्कार प्रत्येक बर्ष प्रदान गरिन्छ ।
४. यस मंचले कथाकार राजकुमार दिक्पालद्धारा लिखित आतङ्कको छाँयामुनि पुस्तक प्रकाशन गरिसकेको छ भने त्यस्तै गरि देश बोक्नुको पीडा र संक्षिप्त बोर्नियो परिचय पनि प्रकाशित गरि सकेको छ। झमक घिमिरे लगायतका अन्य पुस्तकहरु पनि प्रकाशन गर्ने क्रममा रहेको छ ।
५. अन्य संघसंस्थाहरु संग मिलेर विभिन्न कार्यक्रमहरु अघि बढाइ रहेको छ, जसमध्ये विश्व साइकल यात्रि फूर्तेम्बा शेर्पालाई प्रेषको क्षेत्र लगायतको विभिन्न प्रकारको सहयोग गर्दै आएको छ ।
६. मिलन देवान स्मृति (अनेसामं) साहित्य पुरस्कार २०६६ युवा साहित्यकार राजेश रार्इ (भोजपुर) लाई प्रदान गर्यो भने भाषाभाषी तर्फ लिम्बु भाषाका खण्डकाब्यकार सेसेमी से नाल्बो (पान्थर) र नेपाली भाषा तर्फ तनहूका सागर उदासलाई सम्मान गर्यो । यस पुरस्कारको रासि नगद १० हजार र सम्मान रु ५/५ हजार नगद रहेको छ ।रहेको छ । यो पुरस्कार र सम्मान प्रत्येक बर्ष प्रदान गरिन्छ । >>>
७. यस मंचले “विश्वब्यापी रेडियो गजल प्रतियोगिता २०६६” सह-आयोजकको हैसियतबाट आयोजना सम्पन्न गर्यो । विश्वका विभिन्न १८ मुलुकबाट र नेपालको ३८ जिल्लाबाट जम्मा १७७ जना प्रतियोगिले सहभागिता जनाएका थिए । गजल सुन्न यहाँ जानुहोस >>
तपाई निम्न ठेगानाबाट यस वेभसाइटमा प्रवेश गर्न सक्नु हुनेछः
www.nepaliliterature.com
wwww.sahitya.org.np
पुरस्कृत युवा साहित्यकार राजेश रार्इ, साहित्यकार सागर उदास, सेसेमी से नाल्बो
More Photo and News >>>
अनुरोध
आदर्णिय महानुभावहरु, यस साहित्य मंचको बारेमा यस वेभ साइटको बारेमा तपाइको आफनो सल्लाह सुझाव पठाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
यस मंचले आयोजना गरेको विश्व वेभक्याम कविता प्रतियोगिताका सम्बन्धमा रेडियो नेपालद्धारा संचालित साहित्य संसार कार्यक्रम
अनेसास नारायण जयन्ता प्रसाई नेपाली साहित्य वेव पत्रकारिता पुरस्कार २००८
अनलाइन नेपाली साहित्य मंचलाई >>>>>>>>
सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम