स्मृति – प्रवीण पुमा
पात्रहरू
१. स्मृति : थुम्राहाङको प्रेमिका (वर्ष, २६)
२. थुम्राहाङ : स्मृतिको प्रेमी (वर्ष, ३१)
३. आमा : थुम्राहाङको आमा (वर्ष, ७४)
४. खलिहाङ : थुम्राहाङको दाजु (वर्ष, ३७)
५. बोन्तावामा : खलिहाङको श्रीमती (वषर्, ३४)
६. चाम्लोङमा : थुम्राहाङलाई माया गर्ने (वर्ष, २८)
७. बाहिङमा : आमाको बैनीको छोरी (वर्ष, २५)
८. याम्फुहाङ : थुम्राहाङको साथी (वर्ष, २८)
९. याक्थुङबा : थुम्राहाङको साथी (वर्ष, ३०)
१०. कोँइचमा : स्मृतिको साथी (वर्ष, २५)
११. साम्पाहाङ : स्मृतिको बाउ (वर्ष, ४८)
१२. दुमीमा : स्मृतिको आमा (वर्ष, ४५)
१३. केसाङ : स्मृतिको श्रीमान् (वर्ष, २८)
१४. हाङसयङ : मुख्य पुजारी (वर्ष, ३५)
१५. सयङ : माङसयङको सहयोगीहरू (वर्ष, २५)
१६. छिमेकीहरू : गाउँलेहरू (वर्ष ५ देखि ८० सम्म)
नाट्यसार :
स्मृति नाट्यकृति सामजिक नाटक हो । यस नाट्यकृतिमा स्मृति, थुम्राहाङ, आमा, खलिहाङ, बोन्तावामा, चाम्लोङमा, बाहिङमा, याम्फुहाङ, याक्थुङबा, कोँइचमा, साम्पाहाङ, दुमीमा, केसाङ, हाङसयङ, सयङ छिमेकीहरू प्रमुख पात्रहरू छन् । यस नाटकमा स्मृति र थुम्राहाङ प्रेमी–प्रेमिका हुन् । उनीहरूले माङ्खिममा सुटुक्कै विवाह गरे । विवाहपछि स्मृति वेलायत गइन्, थुम्राहाङ नेपालमा रह्यो । केही महिनासम्म स्मृतिले थुम्राहाङलाई खबर गरिन् तर पछि बेखबर भइन् । स्मृतिको मायामा थुम्राहाङ विक्षिप्त भयो । थुम्राहाङलाई विवाहका थुप्र्रै प्रस्तावहरू आए तर स्वीकारेन । स्मृतिकै मायामा अडिग भयो । पछि स्मृतिले सुटुक्कै नेपाल आएर केसाङसँग विवाह गरिन् । थुम्राहाङ हेरेको हेरेकै भयो । उसको पीडालाई कसैले बुझेन । यो नाटक सम–वियोगान्तमा समाप्त हुन्छ ।
पहिलो दृश्य
स्थान : माङखिम
समय : बेलुका
पात्रहरू : स्मृति र थुम्राहाङ ।
घटना : स्मृति र थुम्राहाङको प्रेमोलाव हुन्छ ।
(चराचुरूङ्गीहरू चिरबिराइ रहन्छ । प्रकाश बिस्तारै र·मञ्चमा प्रकट हुन्छ । हिमालयको पृष्ठभूमिमा हरियो फाँट देखिन्छ । त्यो फाँटको बीचमा वाहिबुङ को रुख छ । वाहिबुङको फेदमा माङ्खिम छ । थुम्राहाङले स्मृतिलाई ढाडमा बोकी ल्याएर वाहिबुङको फेदमा राख्छ । थुम्राहाङले सेतो सर्ट, जिन्सको खराने पेन्ट र छालाको कालो जुत्ता लगाएको छ । स्मृतिले सेतो टिसर्ट, निलो जिन्स पेन्ट र कपडाको खराने जुत्ता लगाएकी छिन् । पछाडी ढारमा खैरो कपडाको सुर्के झोला भिरेकी छिन् ।)
स्मृति : (किस खाएर) पापा ।
थुम्राहाङ : हँु ।
स्मृति : एउटा कुरा भनुँ ?
थुम्राहाङ : भन्नु न, के कुरा हो ?
स्मृति : मैले हेवान्ली पाथ को केटासँग मात्रै विवाह गर्नु रे ।
थुम्राहाङ : कस्ले भन्यो ?
स्मृति : ममीले ।
थुम्राहाङ : अरू के भन्नु भो ममीले ?
स्मृति : हेवन्ली पाथको केटासँग मात्रै मेरो विवाह गरिदिनु हुने रे । अरू केटासँग त नगरिदिनु हुने रे । मसँग विवाह गर्नुको लागि हेवन्ली पाथकै केटा हुनु पर्छ रे । अरू धर्मको केटालाई त नदिनु हुने रे । फेरि अरू धर्मले काटमार गर्छ, हत्याहिंसा गर्छ तर हेवन्ली पाथले काटमार गर्दैन, हत्याहिंसा पनि गर्दैन । मासुमंस खाँदैन, जाँडरक्सी पनि चलाउँदैन । पुजापाठमा पनि फलफूल मात्रै चलाउँछ । अब तपाईंले पनि केही सोच्नु पर्ला कि ?
थुम्राहाङ : के को बारेमा ?
स्मृति : हेवन्ली पाथको बारेमा ।
थुम्राहाङ : खै, विचार गर्नुपर्छ । आफू त सर्वहारा परियो । जहाँ पनि गइन्छ, जे पनि गरिन्छ, जे पनि खाइन्छ, अभैm माछामासु बेगार त झन् भातै पो रुच्दैन । त्यसैले अरू ता कै सोचिँदैन । बरु तपाईंकै बारेमा सोचिन्छ । बस त्यति हो ।
स्मृति : किन सोच्नु भा’को त ?
थुम्राहाङ : माया लाग्छ र नि ।
स्मृति : हुनु ता हो है पापा ?
थुम्राहाङ : अँ ।
स्मृति : (मायाले थुम्राहाङको आँखामा हेर्दै) तर तपाईंले मलाई कति धेरै माया गर्नुहुन्छ है, पापा ?
थुम्राहाङ : गर्नु त पर्छ । बुढाले बुढीलाई, बुढीले बुढालाई माया नगरे कसले गर्छ त ?
स्मृति : अँ, त्यो ता हो । त्यैपनि तपाईंले मलाई धेरै नै माया गर्नुहुन्छ नि ।
थुम्राहाङ : अँ, हो, यो भन्दा अभैm धेरै माया त पछि गर्छु नि ल ।
स्मृति : पछि कहिले ?
थुम्राहाङ : निनाम्मा पेटमा भा’को बेलामा ।
स्मृति : (किस खाएर) थ्याङ्क यु पापा । तर, यो कुरा कसरी थाहा पाउनु भो ?
थुम्राहाङ : थाहा भैहाल्छ नि । बेबी पेटमा भा’को बेलामा त झन् धेरै माया गर्नुपर्छ ।
स्मृति : हो त पापा । अभैm बेबी पेटमा भा’को बेलामा हर्मोनको कारणले कोहीकोही महिलाहरू रुन्छ, कराउँछ, झर्किन्छ, रिसाउँछ, चिच्याउँछ, असाधारण क्रियाकलापहरू गर्छ । त्यस्तो अवस्थामा झन् धेरै माया गर्नुपर्छ, केयर गर्नुपर्छ, सान्त्वना दिनुपर्छ । निनाम्मा पेटमा हुँदा मलाई त्यस्तो भयो भने झर्को नमानी धेरै माया गर्नु ल, पापा ।
थुम्राहाङ : ल ल, भै हाल्छ नि । म तपाईंलाई धेरै माया गर्छु । जुनीभरि माया गर्छु नि ल ।
स्मृति : थ्याङ्क यु पापा (झोलाबाट कुरकुरे निकालेर फुटाउँछिन् । कुरकुरेको एक टुक्रा थुम्राहाङलाई खुवाउँछिन् । बाँकी जुठो आफूले पनि खान्छिन् ।)
थुम्राहाङ : (कुरकुरे खाँदै) वेलकम मामु ।
स्मृति : (कुरकुरे खाँदै) पापा ।
थुम्राहाङ : (कुरकुरे खाँदै) हुँ ।
स्मृति : म कति भाग्यमानी छु है ?
थुम्राहाङ : कसरी ?
स्मृति : मैले तपाईंजस्तै बुझकी मान्छे चाहेको थिएँ । त्यो तपाईंमा पाएँ । त्यसैले म धेरै भाग्यमानी रै’छु ।
थुम्राहाङ : तपाईं भन्दा म झन् धेरै भाग्यमानी त ।
स्मृति : कसरी ?
थुम्राहाङ : मैले पनि तपाईंले जस्तै धेरै पढेको र सभ्य मान्छे चाहन्थे, त्यो तपाईंमा पाएँ । मेरो मेडिकल डाक्टरहुने ठूलो इच्छा थियो तर त्यो पूरा भएन । तैपनि तपाईं नर्स हुनुहुन्छ । त्यसैमा म खुसी छु, गर्वान्वित छु । अनि तपाईं भन्दा म झन् भाग्यमानी भइनँ त ?
स्मृति : (हाँस्दै) त्यसो भए हामी दुवैजना भाग्यमानी । मैले चाहेको जस्तो तपाईंलाई पाएँ । तपाईंले चाहानु भएको जस्तो मलाई पाउनु भयो । हाम्रो जोडीलाई त माङ ले नै जुराएको रै’छ है ?
थुम्राहाङ : हो त नि । नत्र तपाईं कहाँ को ? म कहाँ को ? कसरी हाम्रो भेट हुन्थ्यो त ?
स्मृति : त्यो ता हो । यो सबै भाग्यको खेल हो ।
थुम्राहाङ : (भकानिएर रुँदै) तर, मामु, तपाईं भोलि जाँदै हुनुहुन्छ है ?
स्मृति : (आँसु पुछ्दै) अँ, जाँदैछु । तर, तपाईंले नै ‘छिटो गए पो, छिटै आउँछ’ भन्नु भा’को होइन, पापा ?
थुम्राहाङ : त्यो त हो । (आँसु पुछ्दै) तर, तपाईं गएपछि म एक्लै कसरी यहाँँ बस्ने होला नि ?
स्मृति : (आँसु पुछ्दै) के गर्नु त पापा ? म यहाँँ बसेर पनि नहुने । बाबा–ममी र भाइ उतै हुनुहुन्छ । फेरि, मेरो बिएसी नर्सिङको पढाइ पनि यहाँँ सकियो । मेरो आइ.एल.इ. को म्याद पनि सकिनु लाग्यो । तपाईंलाई यहाँँ एक्लै छोडेर जाने मन त मलाई पनि कहाँ छ र ? तैपनि हाम्रो भविष्यकै लागि भए पनि म युके जानैपर्छ, पापा ।
थुम्राहाङ : (आँसु पुछ्दै) त्यो ता हो मामु, तर तपाईंको अनुपस्थितिमा यो आकाश नै खुल्ला लाग्छ । यो धर्ती नै उजाड लाग्छ । यो संसारै शून्य लाग्छ । अनि यस्तो खुल्ला आकाश, उजाड धर्ती र शून्य संसारमा म एक्लै कसरी बाँच्नु मामु ? (भक्कानिएर पीडामा रुन्छ ।)
स्मृति : (सम्झाउँदै) पापा, यता हेर्नुहोस् त ? (आकाशतिर देखाउँदै) ऊ त्यो आकाशलाई हेर्नुहोस् त । त्यो आकाश खुल्ला छैन, त्यहाँँँ म छु । (चारैतिर देखाउँदै) ऊ यो धर्तीलाई हेर्नुहोस् त । त्यो धर्ती उजाड छैन, त्यहाँँँ म छु । (चारैतिर देखाउँदै) ऊ त्यो चारैतिर संसारलाई हेर्नुहोस् त । त्यो संसार शून्य छैन, त्यहाँँँ म छु । त्यसैले तपाईंलाई जहाँ–जहाँ खुल्ला लाग्छ, त्यहाँँँ–त्यहाँँँ मलाई खोज्नु । जहाँ–जहाँ उजाड लाग्छ, त्यहाँँँ–त्यहाँँँ मलाई खोज्नु । जहाँ–जहाँ शून्य लाग्छ, त्यहाँँँ–त्यहाँँँ मलाई खोज्नु । म त्यहीँ रहनेछु । म तपाईंकै छेउमा हुनेछु । यो जुनीभरि म तपाईंकै हो । अनि मेरो शरीर मरेर गए पनि मेरो आत्मा सघैँ तपाईंसँगै रहिरहनेछ ।
थुम्राहाङ : (किस खाएर) थ्याङ्क यु मामु, थ्याङ्क यु । आइ एम भेरी ग्रेट फुल टु यु । आइ एम अलवएज विथ यु, मामु ।
स्मृति : थ्याङ्क यु पापा । आइ एम अल्सो अलवएज विथ यु । (भक्कानिएर रुएपछि आँसु पुछेर) तर, पापा आज मलाई किनकिन डर लागिरहेको छ ।
थुम्राहाङ : किन मामु ?
स्मृति : म युके गएपछि तपाईं नेपालमा एक्लै हुनुहुन्छ, म युकेमा । टाढो भएपछि भेट हुँदैन । भेट नभएपछि माया पनि गाढा हुँदैन होला । त्यो समयमा मैले मेरो उद्देश्य भन्दाभन्दै कतै तपाईंलाई बिर्सें भने ? (भक्कानिएर रुन्छिन् ।) ।
थुम्राहाङ : (भक्कानिएर रुँदै) त्यसो नभन्नुहोस् मामु । मलाई सबै भन्नुहोस्, तर छोडेर जाने कुरा नभन्नुहोस् । तपाईं बिना म एक्लै कसरी बाँच्नु मामु ?
स्मृति : (आँसु पुछेर) लु भो पापा । अब नरुनुहोस् । म तपाईंलाई कहिल्यै पनि भुल्दिँन । यदि भुलिहालेँ भने पनि माया मारेको नसम्झिनु है । म तपाईंकै हो । तपाईंको बाहेक अरू कसैको पनि हुनु सक्दिनँ । फेरि, माङ्खिममा विवाह गरिसकेपछि छुट्नु त के, छुट्ने कल्पनासमेत गर्नु हुँदैन ।
थुम्राहाङ : त्यै त मामु । सँगै बाँच्ने, सँगै मर्ने कसम पनि खाइसकेको छौँ । फेरि, त्यो बेलामा हाम्रो निनाम्माको पनि भाग्य नै त्यति रै’छ । चाहेर पनि हामीसँगै राख्नु सकेनौँ । अहिले पनि धेरै दुःख लाग्छ । धेरै चित्त दुख्छ । धेरै पीडा हुन्छ ।
स्मृति : के गर्नु त पापा ? हामीले चाहेर पनि त्यस्तो भा’को होइन । माङले नै ठगेपछि कसको के लाग्छ र ? तर पछिल्लो पल्टचाहिँ मैले धेरै सोचेँ । धेरै माया लाग्यो । साथैमा राखौँ जस्तो लाग्यो तर त्यो सम्भवै थिएन । नचाहँदा नचाहँदै गुमाउनु पर्दाचाहिँ धेरै दुःख लाग्यो, धेरै मन रुयो, धेरै पीडा भयो ।
थुम्राहाङ : दुःख त लाग्छ नि मामु, तैपनि मन बलियो पार्नु । चित्त नदुखाउनु । विवाहपछिको निनाम्मालाई हामीसँगै राखुँला । उसलाई हामीसँगै हुर्काउँला, पढाउँला, बढाउँला । तपाईंजस्तै ठूलो नर्स बनाउँला नि, हुँदैन ?
स्मृति : हुन्छ नि पापा । तर, के गर्नु ? जति नै भुल्नु खोजे पनि माया त लागिहाल्छ नि ।
थुम्राहाङ : त्यो ता हो । तर, विकल्पै नभएपछि कस्को के लाग्छ र, मामु ? (दुवै जनाले एक आपसमा हेराहेर गरेर किस खान्छन् ।)
स्मृति : (मायाले हेर्दै) के हो ? सगुन खानु मन लाग्यो ?
थुम्राहाङ : (स्वीकारोक्तिमा) अँ ।
स्मृति : (देब्रे हातले थुम्राहाङको नाक बटार्दै) अस्ति भरखरै खा’को होइन ?
थुम्राहाङ : (स्वीकारोक्तिमा) अँ, खानु ता खा’को । तैपनि ?
स्मृति : (मायाले हेर्दै) अहँ, हुँदैन । फेरि, अस्तिजस्तो के–के मात्रै हुन्छ । बुबुचाहिँ अलिकति खानु । (वाहिबुङको फेदमा बसाउँदै) फेरि, म युके गएपछि बुबु पनि खानु पाउनु हुन्न । लु आउनुहोस् । अलिकति बुबु खानुहोस् । अरू चाहिँ पछि ल ।
थुम्राहाङ : (स्वीकारोक्तिमा) हुन्छ, मामु । (दुवै जना एकआपसमा हेराहेर गरेर किस खान्छन् । हुरिबताससहित आकाश गडगडाउँछ । विजुली चम्किन्छ । दुवै जना एकआपसको अँगालोमा बाँधिन्छन् । प्रकाश केही मधुरो हुन्छ । रमाइलोको धुन बज्छ । केही मानिसहरू यौनिकमा बिस्तारै आउँछन् । पछाडीको दृश्य निर्माण गरेर अघिल्लो दृश्यको सामग्रीहरू लान्छन् । प्रकाश विस्तारै विलयन हुन्छ । सबै आवाजहरू बिस्तारै रोकिन्छ ।)
दोस्रो दृश्य
स्थान : त्रिभुवन विमानस्थल
समय : दिउँसो
पात्रहरू : स्मृति र थुम्राहाङ
घटना : स्मृतिले थुम्राहाङलाई एयरपोर्टमा छोडेर युकेतिर जान्छिन् ।
(मानिसहरूको खैलाबैला हुन्छ । प्रकाश बिस्तारै र·मञ्चमा प्रकट हुन्छ । त्रिभुवन एयरपोर्टको डिपार्टचर गेटमा मानिसहरू ओहोरदोहोर गरिरहेका हुन्छन् । उनीहरूले बिभिन्न प्रकारका भेषभुषाहरू लगाएका छन् । स्क्रिनमा २० जुलाई २०१० लेखिएको छ । सो स्क्रिनमा हवाइ अवस्थाको बारेमा स्क्रोलिङ भइरहेको छ । त्यसको एक छेउमा थुम्राहाङ उभिरहेको छ । थुम्राहाङले सेतो सर्ट, जिन्सको खराने पेन्ट र छालाको कालो जुत्ता लगाएको छ । भित्रबाट स्मृति आउँछिन् । स्मृतिले सेतो टिसर्ट, निलो जिन्स पेन्ट र कपडाको खराने जुत्ता लगाएकी छिन् ।)
स्मृति : (शङ्कास्पदमा) मामा जानु भो ?
थुम्राहाङ : अँ, जानु भो ।
स्मृति : अनि बिन्दु दिदी ?
थुम्राहाङ : उहाँ पनि जानु भो ।
स्मृति : अनि, तपाईं मात्रै बाँकी ?
थुम्राहाङ : अँ, म मात्रै । अनि सबै समान मिलाइसक्यो ?
स्मृति : अँ, सकियो । (दुवैजना अँगालोमा बाँधिन्छन् । एकआपसको आँसु पुछिदिएर किस खान्छन् ।)
थुम्राहाङ : (आँसु पुछेर) मामु, अब तपाईं जानुहुन्छ है ?
स्मृति : (आँसु पुछेर) अँ । अब म जान्छु, पापा । तपाईं पनि राम्ररी घर जानुहोला । आप्mनो केयर राम्रो गर्नुहोला । म युके पुगेपछि फोन गर्छु । मेरो बारेमा चिन्ता नलिनु होला । जागिर खाएपछि खर्च पठाइदिन्छु । त्यो खर्चले ब्रिटिस काउनसिलमा पढेर आइइएलटीस को इक्जाम दिनु । मिल्यो भने तपाईंलाई युके नै बोलाउँछु, तपाईं पढ्नु आउनु । तपाईं युके आउनु भयो भने बाबाममीलाई भनेर युकेमै विवाह गरौँंला । मिलेन भने दुई वर्षपछि म आफै नेपाल आउँछु । त्यसपछि विवाह गरेर सँगै बसौँला । अनि यो आउँदो जुलाइमा बाबाममी र भाइ सपरिवार नेपाल आउनुहुन्छ । त्यतिखेर उहाँहरूसँग मेरो हात माग्नुहोला । यदि उहाँहरू नेपाल आउनु भएन भने तपाईंहरू नै मलाई माग्नु युके आउनुहोला ।
थुम्राहाङ : हुन्छ, मामु । तपाईं जे भन्नु हुन्छ, त्यही गरौँंला । सबै थोक तपाईंकै हातमा छ । म त तपाईंकै भरमा परेको छु ।
स्मृति : सबै कुरा मेरो हातमा कहाँ छ र पापा ? सबै माङ भरोसा हो । माङले हामी सबैको कल्याण गरुन् ।
थुम्राहाङ : थ्याङ्क यु मामु । अनि तपाईं पनि राम्ररी जानुहोला । कुनै समस्या प¥यो भने मलाई सम्झिनुहोला । म तपाईंसँगै हुनेछु ।
स्मृति : हुन्छ पापा । म पनि तपाईंसँगै हुनेछु । तपाईंलाई सम्झिरहने छु । म तपाईंको मायालाई जुनीभरि शिरमा राखिरहनेछु । म तपाईंकै भएर जुनी काट्नु चाहन्छु ।
थुम्राहाङ : थ्याङ्क यु मामु ।
स्मृति : ल पापा । अहिले म पनि जान्छु । (पेन्टको गाजीबाट खैरो पोका निकालेर दिँदै) यो मेरो सामान सुरक्षित राखिदिनु है, पापा ।
थुम्राहाङ : (समाउँदै) हुन्छ, मामु तर यो पोकामा के छ ?
स्मृति : (पोकाको समान देखाउँदै) त्यहाँँँ हाम्रो विवाहको सिन्दुर र पोते छ । त्यो खैरो चोलोचाहिँ स्मृतिको लागि तपाईंलाई चिनो । मेरो अनुपस्थितिमा यही चोलोलाई म भएको महसुस गर्नु । यदि हाम्रो भेट नभई नै मरँ छु भने यहीँ चोलोलाई म भएको सम्झिएर जुनी काट्नु है पापा । (भक्कानिएर दुवैजना रुन्छन् ।)
थुम्राहाङ : (आँसु पुछ्दै) मामु तपाईंलाई केही पनि हुँदैन । तपाईं आउन्जेल यो तपाईंको सामान मेरो साथैमा राखिदिन्छु । तपाईं चिन्ता नलिनुहोला ।
स्मृति : ल ल पापा, अब मलाई ढिलो भयो, म जान्छु । तपाईं पनि राम्ररी घर जानुहोला ।
थुम्राहाङ : (भक्कानिएर रुँदै) हुन्छ मामु, तपाईं पनि राम्ररी जानुहोला । सेफ जर्नी ।
स्मृति : थ्याङ्क यु पापा ।
थुम्राहाङ : वेलकम मामु । (दुवैजना अँगालोमा बाँधिएर किस खान्छन् । दुवैजना पीडामा रुन्छन् । दुवैजनाले एकआपसको आँसु पुछिदिन्छन् ।)
स्मृति : (आँसु पुछेर अगाडि बढेर बिदाइको हात हल्लाउँदै) बाइ । टेक केयर है पापा ।
थुम्राहाङ : (भक्कानिएर पीडामा रुँदै) वाइ मामु । लङ लाइफ एन्ड सेफ जर्नी । (दुवैजनाले बिदाइको हात हल्लाउँछन् । स्मृति भित्र जान्छिन् । स्मृति गएतिर हेर्दै पीडामा थुम्राहाङ रुन्छ । केही क्षणपछि प्लेन उडेर गएको आवाज आउँछ । आँसु पुछेर थुम्राहाङ बाहिरिन्छ । केही मानिसहरू नृत्यको तालमा बिस्तारै आउँछन् । पछाडीको दृश्य निर्माण गरेर अघिल्लो दृश्यको सामग्रीहरू लान्छन् । प्रकाश विस्तारै विलयन हुन्छ । सबै आवाजहरू बिस्तारै बन्द हुन्छ ।)
तेस्रो दृश्य
स्थान : माङ्खिम
समय : विहान
पात्रहरू : चाम्लोङमा र थुम्राहाङ ।
घटना : चाम्लोङमाको प्रेम प्रस्तावलाई थुम्राहाङले अस्वीकार गर्छ ।
(चराचुरूङ्गीहरू चिरबिराइ रहन्छ । प्रकाश बिस्तारै र·मञ्चमा प्रकट हुन्छ । हिमालयको पृष्ठभूमिमा हरियो फाँट देखिन्छ । त्यो फाँटको बीचमा वाहिबुङ को रुख छ । वाहिबुङको फेदमा माङ्खिम छ । माङ्खिमको पेटीमा निराश भावमा थुम्राहाङ बसिरहेको छ । उनले सेतो सर्ट, जिन्सको खराने पेन्ट र छालाको कालो जुत्ता लगाएको छ । केही क्षणपछि चाम्लोङमाको प्रवेश हुन्छ । उनीले सेतो कुर्ता र सुरवाल र खैरो सेन्डल लगाएकी छिन् ।)
चाम्लोङमा : (नजिक आएर) थुम्राहाङ ।
थुम्राहाङ : (फर्किएर हेर्दै) के हो ?
चाम्लोङमा : कतिखेर आउनु भा’को ?
थुम्राहाङ : (बेवास्ता गर्दै) अगि नै ।
चाम्लोङमा : म अलिक ढिलो भएँ । आएम सो सरी ।
थुम्राहाङ : (बेवास्ता गर्दै) अलिकति मात्रै होइन, धेरै नै ढिलो भइसक्यौ । अब सरी मागेर के पाउँछौ ?
चाम्लोङमा : (अचम्म मान्दै) मतलब, मैले कुरा बुझिनँ नि ?
थुम्राहाङ : (बेवास्ता गर्दै) कुरा स्पष्टै छ नि । बाँकी कुरा आफै बुझ ।
चाम्लोङमा : (आश्चर्य मान्दै) मैले तिम्रो कुरै बुझिन । भन्नु खोजेको कुरा के हो ?
थुम्राहाङ : (बेवास्ता गर्दै) सबै कुरा बिस्तारै बुझ्छौ । एकै चोटी सबै कुरा बुझेर पनि हुँदैन । (प्रसङ्ग बदल्दै) अब छोडिदेउ यो सब कुरा । बरु भन । मलाई किन यहाँँ बोलाको ?
चाम्लोङमा : (अक्मकिँदै) कुरा के हो भने नि । (खोकेर कुरा मोड्दै) केही होइन । तिमीलाई हेर्नु मन लाग्यो, त्यसैले बोलाको ।
थुम्राहाङ : (बेवास्ता गर्दै) ठीकै छ, नभन । तर, जति तिम्रो कुरा लुकाउँछौ, त्यति नै तिमीलाई गाहे हुन्छ ।
चाम्लोङमा : (स्वीकारोक्तिमा) त्यो ता हो । त्यै भएर तिम्रो मायामा म पागलभैmँ भएको छु । (आँसु पुछेर) वास्तवमा थुम्राहाङ, म तिमीलाई माया गर्छु । म तिमीसँग जुनी बिताउनु चाहान्छु । (घोप्टीएर रुन्छिन् ।)
थुम्राहाङ : (भावुक भएर) आज फेरि मलाई ठूलो धर्मसङ्कटमा पा¥यौ । यस्तो अवस्थामा मैले के उत्तर दिऊँ ?
चाम्लोङमा : (बेवास्ता गर्दै) मलाई थाहा छ, तिमी स्मृतिलाई माया गर्छौ । स्मृतिले पनि तिमीलाई माया गथ्र्यो । तर, अहिले ऊ बेखबर छ । सायद उसले युकेमा अर्कै बाटो रोजिसकेको हुनुपर्छ तर तिमी भने यहाँ स्मृतिको मायामा पागलै भएको छौ । यस्तो अवस्थामा मेरो प्रेम प्रस्तावले तिमीलाई अप्ठ्यारो पारेको हुनुपर्छ ।
थुम्राहाङ : (स्वीकारोक्तिमा) हो, तिमीले सही कुरा भन्यौ तैपनि सधैँ किन यस्तो प्रस्ताव राख्छौ ?
चाम्लोङमा : ठीकै छ अबदेखि यस्तो कुरा गर्दिनँ र तिम्रो खुसीलाई पनि कहिलै खोस्दिनँ । तिमी जहाँ खुसी हुन्छौ, म पनि त्यहीँ खुसी हुनेछु । गल्ती मेरै हो । तिमीलाई आत्मैबाट माया गर्नु मेरो ठूलो भुल भयो । त्यसको सजाय अहिले भोग्दैछु ।
थुम्राहाङ : (बेवास्ता गर्दै) त्यो तिम्रो समस्याको कुरा हो । तिमी आफै एकोहोरो माया गर्छौ त, मेरो के को दोष ? जबरजस्ती तिमीलाई कसले एकोहोरो माया गर्नु ला’को थियो ? करले गु आउँछ ? (बाहिरिँदै) अब आइन्दा फेरि यस्तो कुरा ग¥यौ भनेचाहिँ राम्रो हुनेछैन नि ¤
चाम्लोङमा : (आकाशतिर ढोग्दै) ओ माङ ¤ मैले किन यो मान्छेलाई एकोहोरो माया गरिरहेको हुँ ? (प्रकाश बिस्तारै विलयन भएर चाम्लोङमाको अनुहारमा स्थिर हुन्छ । केही मानिसहरू नृत्यको तालमा बिस्तारै आउँछन् । पछाडीको दृश्य निर्माण गरेर अघिल्लो दृश्यको सामग्रीहरू लान्छन् । सबै आवाजहरू बिस्तारै रोकिन्छ ।)
चौथो दृश्य
स्थान : थुम्राहाङको कोठा
समय : दिउँसो
पात्रहरू : थुम्राहाङ, आमा, बोन्तावामा र बाहिङमा ।
घटना : बाहिङमाले थुम्रहाङलाई धेरै भावनामा नडुब्न सल्लाह दिन्छिन् ।
(बिरहको गीत बजिरहेको छ । प्रकाश बिस्तारै र·मञ्चमा प्रकट हुन्छ । सुनसान कोठामा किताबहरू छरपस्ट छन् । सिरानीतिरको भित्तामा स्मृतिको पेन्टिङ झुन्डिएको छ । सिरानीको छेउमा दराज छ । निराश मुद्रामा थुम्राहाङको प्रवेश हुन्छ । थुम्राहाङले सेतो सर्ट र खराने पेन्ट लगाएको छ । केही क्षणपछि स्मृतिको पेन्टिङलाई छाम्छ । दराज खोलेर खैरो पोकालाई निकालेर हेर्दाहेर्दै छातीमा राखेर थुम्राहाङ रुन्छ ।)
थुम्राहाङ : (आँसु पुछेर) अब त मेरो मामु युके गएको पनि धेरै दिन भयो । पहिला–पहिला त फोन गथ्र्यो, इमेल गथ्र्यो तर अहिले त सम्र्पकविहीन भयो । हुनु त नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ देश, नयाँ भेष, नयाँ भाषा, नयाँ संस्कृति । सबै नयाँ । नयाँ देशमा मेरो मामुलाई गाह्रो त पर्दो हो । तैपनि मेरो फोन उठाए हुन्थ्यो । मेरो इमेलको रेस्पोन्स गरे हुन्थ्यो ।
आमा : (निलो बर्को हातमा लिएर प्रवेश गर्दै) ए ¤ तिमी आयौ ? (आमाले शरीरमा मखमाली चौबन्दी र लुङगी लगाएकी छिन् । उनीले कानमा सुनको मरवाडी, नाखमा सुनको ढुङग्री–मुन्द्री, गलामा रेजी, दाहीने हातमा बाही र देब्रे हातमा घडी लगाएकी छिन् ।)
थुम्राहाङ : (खैरो पोका लुकाउँदै) हजुर ।
आमा : अनि मेरो नानीको खबर के छ ?
थुम्राहाङ : ठीकै छ, आमा ।
आमा : खबर आउँदैछ ?
थुम्राहाङ : हजुर ।
आमा : ल ल त्यसो भए ठीक छ । मैले सम्झेको छ भनिदिनु है ।
थुम्राहाङ : हुन्छ, आमा ।
आमा : (बर्को दिँदै) अनि यो निलो बर्को । ब्रुनाईको कोसेली । मेरो नानीलाई राखिदिनु है ।
थुम्राहाङ : (बर्को लिँदै) हुन्छ ।
बोन्तावामा : (प्रवेश गरेर) आमा, कान्छा भात पस्केको छु । भात खानु आउनुहोस् । (थुम्राहाङले हतारहतार बर्को लुकाउँछ । बोन्तावामाले शरीरमा टिसर्ट र लुङगी लगाएकी छिन् । गलामा सुनको चेन, देब्रे हातमा घडी र खुट्टामा चप्पल लगाएकी छिन् ।)
आमा : ल ल आयौँ, आयौँ ।
बोन्तावामा : (फर्किएर जाँदै) हुन्छ । छिटो आउनुहोस् है । भात सेलाइसक्यो ।
थुम्राहाङ : आमा, तपाईंहरू भात खाँदै गर्नुहोस् है । म एकछिनमा खान्छु ।
आमा : ल ल छिटो आऊ भात सेलाइसक्यो । बाहिङमाले पनि तिमीलाई भेट्नु आ’को छ । उसले सिटिङ रुममा तिमीलाई नै पर्खिरहेको छ ।
थुम्राहाङ : यतै पठाइदिनुहोस् न, आमा ।
आमा : (जाँदै) ल ल यतै पठाइदिन्छु ।
थुम्राहाङ : हुन्छ, आमा । (ल्यापटप खोलेर इमेल चेक गर्छ । निधारमा हात राख्दै) सो स्याड । आज पनि मेरो इमेलको कुनै रिप्लाई छैन । (अनुहार छोपेर पीडामा रुन्छ ।)
बाहिङमा : (प्रवेश गर्दै) दाजु, फेरि रुँदै हुनुहुन्छ ? (नजिक जाँदै) छ्या, कति रुनुहुन्छ हौ ? (बाहिङमाले शरीरमा टिसर्ट र पेन्ट लगाएकी छिन् । गलामा सुनको चेन, देब्रे हातमा घडी र खुट्टामा जुत्ता लगाएकी छिन् ।)
थुम्राहाङ : (आँसु पुछ्दै) के गर्नु त बाहिङमा, माया लागेर आएपछि । रुएरै नै त चित्त बुझाउनु छ ।
बाहिङमा : (सम्झाउँदै) दाजु, माया–माया भन्दैमा भविष्यलाई नै धरापमा पार्नु त भए न नि ¤ मन पो बुझाउनु पर्छ त ।
थुम्राहाङ : (प्रतिप्रश्न गर्दै) मन त बुझाउने नै हो । तर, कसरी बुझाउने ? जोसँग सँगै बाँच्ने, सँगै मर्ने वाचा गरेको थिएँ । उनै बेखबर भएपछि कसरी मन बुझाउनु ? तिमी आफै भन त ?
बाहिङमा : (सम्झाउँदै) दाजु मन त जसरी हुन्छ, त्यसरी नै बुझाउनु पर्छ नि । भाउजूले पनि तपाईंलाई धेरै माया गर्नुहुन्छ । धेरै विश्वास गर्नुहुन्छ ।
थुम्राहाङ : खै होला ता नि ¤ तर, आजसम्म तिम्रो भाउजू बेखबर छ । उसको मायामा मुटु जलिरहेको छ । यो जलेको मन एकैचोटी कहाँ निभ्छ र ? सपनामा पनि सधैँ तिम्रो भाउजूलाई मात्रै देख्छु । तर, ब्युँझदा म एक्लै हुन्छु, ऊ हुँदैन । तिम्रो भाउजूको मायामा बाँच्नु साह्रै गाह्रो भयो, बाहिङमा ।
बाहिङमा : गाह्रो त भइहाल्छ नि, दाजु । मन पो बलियो पार्नुपर्छ त । तपाईंलाई जस्तै भाउजूलाई पनि गाह्रो भइरहेको होला । त्यो पनि बुझ्नु प¥यो नि ¤ पढाइ सकिएपछि भाउजू पनि नेपाल आइहाल्नु हुन्छ नि ¤
थुम्राहाङ : खै होला नि ¤ मैले देखेको छैन । उसले पनि खबर गरेको छैन । त्यै भएर आँसुमा डुबेर हाँसेको छु । पीडालाई भुलेर बाँचेको छु ।
बाहिङमा : दाजु तपाईं धेरै भावनामा डुब्नुहुन्छ । आफूलाई भन्दा अरूलाई धेरै माया गर्नुहुन्छ । अबको जमानामा व्यावहारिक हुनुपर्छ । भावनाले जीवन चल्दैन ।
थुम्राहाङ : नचले, नचलोस् । मनको कुरा रोकेर रोकिँदैन । बिछोडको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । देख्नेलाई के थाहा ?
बाहिङमा : अँ, त्यो त हो । फेरि, तपाईं धेरै भावुक हुनुहुन्छ । अस्ति पनि आवेगमा झन्नै आत्महत्या गर्नुभयो । अबदेखि चाहिँ त्यस्तो नसोच्नु है । तपाईंजस्तो बुद्धिजीवीले त्यसरी आत्महत्या गर्दा यो समाजले पनि के भन्छ ?
थुम्राहाङ : समाजले के भन्छ, त्यो समाजको कुरा हो तर म कस्तो अवस्थामा गुज्रेको छु, त्यो मलाई मात्रै थाहा छ । साँच्चै भन्ने हो भने, मलाई बाँच्नु पनि मन छैन । जीवन जिउनु नै व्यर्थ लागिरहेको छ । आफैले आफैलाई घृणा लागिरहेको छ । त्यैपनि तिम्रो भाउजूको मायामा बाँचिरहेको छु ।
बाहिङमा : दाजु, हरेस नखानु होस् । जीवन यस्तै हो । कहिले हाँसो, कहिले आँसु । संसारै मायामा अल्झेको छ । माया नहुँदो हो त, यो संसार नै रहँदैनथ्यो । संसार अल्झाउनुकै लागि भए पनि माया त चाहिन्छ नि । त्यही मायामा नै जीवन बाँचेको हुन्छ ।
थुम्राहाङ : खै होला ता नि ¤
बाहिङमा : ल दाजु अहिले हतार छ, म गएँ । बाँकी कुरा पछि गरौँंला ।
थुम्राहाङ : ल ल । (बाहिङमा जान्छिन् । प्रकाश विस्तारै विलयन भएर स्मृतिको फोटोमा स्थिर हुन्छ । केही मानिसहरू नृत्यको तालमा बिस्तारै आउँछन् । पछाडीको दृश्य निर्माण गरेर अघिल्लो दृश्यको सामग्रीहरू लान्छन् । सबै आवाजहरू बिस्तारै रोकिन्छ ।)
पाँचौँ दृश्य
स्थान : माङ्खिम
समय : बिहान
पात्रहरू : याम्फुहाङ, याक्थुङबा र थुम्राहाङ ।
घटना : थुम्राहाङल माङखिममा भाकल गरेर स्मृतिको फिर्तीको लागि माङसँग बल माग्छ ।
(चराचुरूङ्गीहरू चिरबिराइ रहन्छ । प्रकाश बिस्तारै र·मञ्चमा प्रकट हुन्छ । हिमालयको पृष्ठभूमिमा हरियो फाँट देखिन्छ । त्यो फाँटको बीचमा वाहिबुङ को रुख छ । वाहिबुङको फेदमा माङ्खिम छ । सिमसिम पानी परिरहेको छ । निराश मुद्रामा थुम्राहाङको प्रवेश हुन्छ । उनले सेतो सर्ट, जिन्सको खराने पेन्ट र छालाको कालो जुत्ता लगाएको छ । उसले आप्mनो सर्टको गोजीबाट खैरो पोका निकालेर माङ्खिममा छुवाउँछ ।)
थुम्राहाङ : (खैरो पोकालाई निधारमा राखेर) ओ माङ ¤ मेरो स्मृतिलाई केही पनि नहोस् है । उसको मन छिटै फर्कियोस् । आज अप्रिल २४ तारिक हो । आजकै दिन यो माङ्खिममा स्मृति र मैलै विवाह गरेको थियौँँ । सँगै मर्ने, सँगै जिउने कसम खाएको थियौँँ तर अहिले म एक्लै छु, ऊ छैन । ऊ आएपछि तपाईंलाई देखाउनु फेरि ल्याउँछु । त्यतिखेर भोकछेलेक ले तपाईंंलाई पूजा गर्छु । उसलाई सुख होस् । शान्ति होस् । उसको आयु दीर्घायु होस् । उसले चिताएको काम पूरा होस् । (माङ्खिमलाई तिनपल्ट ढोग्छ । वरिपरि माङ्खिमलाई घुमेर सिँढीमा बसेर बस्छ । पीडमा रुन्छ ।)
याम्फुहाङ : (प्रवेश गर्दै) ओ थुम्राहाङ । (उनले ढाकाको टिसर्ट, जिन्सको पेन्ट र कालो बुटजुत्ता लगाएको छ।)
थुम्राहाङ : (बिस्तारै उठेर) ए, याम्फुहाङ । तिमी ?
याम्फुहाङ : अँ, म । अनि तिमी एकाबिहानै के गर्नु आ’को ? कहिल्यै माङ्खिम आउँदैन थियौ त ?
थुम्राहाङ : अँ, त्यतिकै आ’को ।
याम्फुहाङ : अनि तिम्रो स्मृतिको खबरचाहिँ के छ ?
थुम्राहाङ : ठीकै छ ।
याम्फुहाङ : तिम्रो स्मृति त अर्कैसँग लागेको छ रे नि ।¤
थुम्राहाङ : कसले भन्यो ?
याम्फुहाङ : केटाहरूले भन्दै थियो । फेरि सबैतिर त्यस्तै हल्ला छ ।
थुम्राहाङ : (आँसु पुछ्दै) खै ?
याम्फुहाङ : अब के गर्छाै त ? तिमी यहाँँ छौ, तिम्रो स्मृति युकेमा । युकेको ओपन सेक्स जोनमा तिम्रो स्मृति रमाउँदै होला । तिमी भने के रुँदै बस्छौ ? छोडिदेउ रुनु । बरु, अर्कै गल्फ्रेन्ड बनाएर मोज गर ।
थुम्राहाङ : त्यसो नभन, याम्फुहाङ । ऊ एक न एकदिन मलाई सम्झिएर आउँछ ।
याम्फुहाङ : अँ, आउनु त आउँछ तर काखमा बच्चा र बुढालाई लिएर । अनि खान्छौ घोँगा ।
थुम्राहाङ : (आक्रोशमा) याम्फुहाङ । मुखमा जे आयो, त्यही नबोल ।
याम्फुहाङ : (इन्सल्ट गर्दै) नरिसाउन यार । किन रिसाएको ? सधैँ मुर्खे झ्वाँकले काम गर्दैन क्या ।
थुम्राहाङ : त्यो मलाई राम्ररी थाहा छ । तिमीले भनिरहनु पर्दैन ।
याम्फुहाङ : ल ल । जे सुकै गर । म केही भन्दिन । बरु हिम्मत छ भने त्योभन्दा राम्रो केटी विवाह गरेर देखाउन । तिमी जस्तो विद्वान्ले रुएर हिँड्दा अरूले पनि के भन्छ ? तिमीले ख्याल गरेको छौ ?
थुम्राहाङ : अरूले के भन्छ । त्यो मलाई मतलब छैन । म के गर्छु त्यो चाहिँ महत्वको कुरा हो ।
याम्फुहाङ : हो, त्यही भएर त तिम्रो गल्फेन्डले पनि छोड्यो त । यस्तै ताल हो भने गल्फ्रेन्डले मात्रै होइन, बुढीले पनि सुुतेकै ठाउँमा छोडेर जान्छ ।
थुम्राहाङ : ल ल । धेरै दर्शन नछाँट । ‘बाँचेर पनि मर्नेहरूलाई, मरेर पनि बाँच्नु पर्छ’ भन्ने कुरा के थाहा ?
याम्फुहाङ : ल ल तिम्रो खुसी गर । मेरो भन्नु केही छैन ।
थुम्राहाङ : भन्नु पनि पर्दैन ।
याक्थुङबा : (प्रवेश गर्दै) ओ हो ∕ के छ साथी हो ? धेरै समयपछि भेट भो नि ¤ (उनले फेङगा, जिन्सको पेन्ट र कालो बुटजुत्ता लगाएको छ ।)
याम्फुहाङ : के गर्छौ त काजी ? सबै जना आ–आप्mनै काममा व्यस्त भएपछि ।
याक्थुङबा : त्यै त । अनि तिमीहरूको खबरचाहिँ के छ ?
याम्फुहाङ : ठीकै छ । (प्रतिप्रश्न गर्दै) अनि तिम्रो नि ?
याक्थुङबा : मेरो झन् झकास छ । (प्रतिप्रश्न गर्दै) अनि थुम्राहाङ तिम्रो ?
थुम्राहाङ : मेरो पनि ठीकै छ ।
याम्फुहाङ : के ढाँट्छौ यार ? सिधैँ भन न गल्फ्रेन्डले छोड्यो भनेर । साँचो कुरा भन्नुलाई पनि किन धक मान्छौ ?
याक्थुङबा : त्यै त । मैले पनि त्यस्तै सुनेको थिएँ । के याम्फुहाङले भनेको कुरा सत्य हो ?
थुम्राहाङ : (जाँदै) ल, मलाई हतार छ, म गएँ है ।
याक्थुङबा : (अचम्म हुँदै) के भा’को होला ? धेरै वर्षपछि भेट भा’को । बोल्दाबोल्दै हिँड्यो ।
याम्फुहाङ : छोडिदेऊ उसलाई । उसको गल्फ्रेन्डले धोका दिएपछि अलिक ठिँस भा’को छ ।
याक्थुङबा : कसरी थाहा पायौ ?
याम्फुहाङ : आफै हेर न थुम्राहाङलाई । थाहा पाइहाल्छौ नि¤
याक्थुङबा : कस्तो रै’छ है ? यो माया भन्ने कुरा पनि ?
याम्फुहाङ : त्यै त भन्नै नसकिने । अब हामी पनि जाऊँ ।
याक्थुङबा : ल ल जाऊँ, जाऊँ । (दुवैजना जान्छन् । प्रकाश विलयन भएर माङ्खिममा स्थिर हुन्छ । केही मानिसहरू नृत्यको तालमा बिस्तारै आउँछन् । पछाडीको दृश्य निर्माण गरेर अघिल्लो दृश्यको सामग्रीहरू लान्छन् । सबै आवाजहरू बिस्तारै रोकिन्छ ।)
छैटौँ दृश्य
स्थान : थुम्राहाङको कोठा
समय : बेलुका
पात्रहरू : थुम्राहाङ, बाहिङमा, आमा, खलिहाङ
र बोन्तावामा ।
घटना : थुम्राहाङको भावनामा असहयोग हुन्छ ।
(ह्याप्पी बर्थ डेको सङ्गीत बजिरहेको छ । प्रकाश बिस्तारै र·मञ्चमा प्रकट हुन्छ । थुम्राहाङको कोठा सुनसान छ । कोठामा किताबहरू लथालिङ्ग छन् । सिरानीको भित्तामा स्मृतिको पेन्टिङ झुन्डिएको छ । कोठामा टेबल छ । टेबलमाथि स्मृतिको फोटो छ । फोटोको अगाडि केक छ । केकमा ‘२६औँ ह्याप्पी बर्थ डे टु यु स्मृति’ लेखिएको छ । केकको वरिपरि २६ वटा क्यान्डिल बलिरहेका छन् । थुम्राहाङले उभिएर ताली बजाइरहेको छ । उनले सेतो सर्ट र जिन्सको खराने पेन्ट लगाएको छ । केही समयपछि बर्थ डेको सङ्गीत बिस्तारै मधुर भएर रोकिन्छ । बाहिङमाले छक्क परेर हेरिरहेकी छिन् । उनीले टिसर्ट र सेतो पेन्ट लगाएकी छिन् ।)
थुम्राहाङ : (पीडामा आँसु पुछ्दै) ह्याप्पी बर्थ डे टु यु । ह्याप्पी वर्थ डे टु मामु । ह्याप्पी बर्थ डे टु यु । आज मे ५ तारिक हो अर्थात् तपाईंको २६औँ जन्मोत्सव हो । आजकै दिन तपाईंंले यो धर्तीमा पहिलोपल्ट पाइला टेक्नुभएको थियो । त्यसैले सधैँको वर्षभैmँ यस वर्ष पनि आज तपाईंंको जन्मदिन मनाइदिइरहेको छु । सायद तपाईंंले पनि आप्mनो जन्मदिन अहिले मनाइरहनु भएको होला । तपाईंंको दीर्घायु होस् । चिताएको काम पूरा होस् । तपाईंंको जीवन सधैँ सुखमय बितोस् । (भक्कानिएर रुँदै) मामु, तपाईंं छिटै फर्किएर आउनु होला । म तपाईंंलाई नै पर्खिरहनेछु । जुनीभरि तपाईंलाई नै माया गरिरहने छु । (आँसु पुछेर क्यान्डिल फुकेर निभाउँछ । केक काटेर स्मृतिको फोटोलाई खुवाउँछ ।बाहिङमालाई पनि खुवाउँछ ।)
बाहिङमा : (केक खुवाउँदै) दाजु, तपाईं पनि खानुहोस्, भाउजूको बर्थ डे केक ।
थुम्राहाङ : (केक खाँदै) थ्याङ्क यु तर बाहिङमा, यो कुरा अरूलाई नभन है ।
बाहिङमा : (प्रतिप्रश्न गर्दैै) किन दाजु ?
थुम्राहाङ : (केक खाएर रुँदै) हैन, अरूले थाहा पायो भने लाज हुन्छ नि ।
बाहिङमा : (स्वीकारोक्तिमा) ल, ल । भन्दिनँ, भन्दिनँ । तपाईंंको मनको कुरा म राम्ररी बुझ्छु । यो कुरा कसैलाई पनि भन्दिनँ । (प्रसङ्ग बदल्दै) बरु अब भो, त्यति नै नरुनुहोस् । भाउजू पनि छिटै आइहाल्नु हुन्छ नि । किन यति धेरै चिन्ता लिनु हुन्छ ? जति माया ग¥यो, उति नै माया टाढा हुन्छ । छोडिदिनुहोस्, सब कुरा । जुत्ता भए, खुट्टा मुला जत्ति पनि पाइन्छ । त्यो निष्ठुरी खुट्टालाई केको टनटन ? तपाईंंलाई पनि कति सम्झाएँ तर सकिनँ । अब भाउजूको मायामा जागित्रै हुनुहुने भो । तपाईंंको यो पागलपन देखेर म पनि पागलै भैसकेँ । (जुत्ता लगाएर जाँदै) लु, म गएँ ल दाजु ।
थुम्राहाङ : चिया त खाएर जाऊ ।
बाहिङमा : होइन, नखाने । मलाई हतार छ अहिले जान्छु ।
थुम्राहाङ : ल, ल, जाऊ, जाऊ ।
बाहिङमा : (रोकिएर आउँदै) ए…म ता कस्तो भुलक्कड । भुसुक्कै पो बिर्सँदो रैछु । अँ साँच्चि ता बधाइ छ, तपाईंलाई ।
थुम्राहाङ : (अचम्म मान्दैं) लौ, केको बधाइ नि ¤ फेरि त्यस्तो बधाइ खाने खालको काम ता केही गरेजस्तो लाग्दैन त मैले ।
बाहिङमा : त्यसो हैन दाजु । तपाईंं नाट्यकर्मी महासङ्घ नेपालको सल्लाहकार हो। तपाईंंले नाट्यविधामा पिएचडी गर्नु भयो । यो गर्वकै कुरा हो । त्यो पिएचडीले तपाईंंँको मात्रै होइन, सम्पूर्ण नाट्यकर्मीहरूकै शिर उच्च भा’को छ । त्यसैले हाम्रो संस्थाले तपाईंंलाई यही मार्च २० तारिकको दिन बृहत् कार्यक्रम राखेर सम्मान गर्दैछ । त्यो सम्मानको लागि तपाईंंलाई यो निमन्त्रणा पत्र दिनु आएको हुँ । (चिठी दिँदै) यो तपाईंंको सम्मानसहितको चिठी । जसरी भए पनि त्यो सम्मान कार्यक्रममा तपाईंं आइदिनुपर्छ है दाजु ।
थुम्राहाङ : (स्वीकारोक्तिमा) ल, ल । तिमीले भनेपछि नआउने कुरै भएन । म आउँछु चिन्ता लिनु पर्दैन । ढुक्क हौ । अनि मलाई संस्थागत रूपमा सम्मान गर्नु लाग्नु लागेकोमा तिमीलगायत तिम्रो समुहलाई पनि मुरीमुरी धन्यवाद ।
बाहिङमा : वेलकम दाजु । दाजु अहिले हतार छ । म जान्छु ल । पछि आउँछु ।
थुम्राहाङ : लौ, लौ ।
बाहिङमा : (जार्दै) अनि दाजु । म आएको कुरा तुम्मा लाई पनि सुनाइदिनु है ।
थुम्राहाङ : लौ, लौ, सुनाइ दिउँला, सुनाइ दिउँला । (दराजमा रहेको पिएचडीको प्रमाणपत्र निकालेर हेर्दै) मैले नाटकमा पिएचडी गरेँ । यो गर्वको कुरा हो तर मेरो समुदायलाई वास्तै छैन । उनीहरूलाई वास्ता छ त केवल कसरी पैसा कमाउने ? कसरी मोजमस्ती गर्ने ? कसरी अरूको अगाडि देखासेखी गर्ने ? कसरी खोक्रो सान देखाउने ? (लामो सास तान्दै) यो समाजको चर्तिकला देखेर पनि अचम्मै लाग्छ । अरू समुदायमा भए यो पिएचडीको कति महत्व हुन्थ्यो ? यसको कति सम्मान हुन्थ्यो ? तर अँहँ, मेरो समुदायमा यो पिचडीको मूल्य कुन चराको नाम हो पत्तै छैन । पिएचडीको महत्व पनि थाहा छैन । यो समाज शिक्षित छ तर चेतनशील छैन । शिक्षित भएर पनि चेतना नहँुदा दुःख लाग्छ । त्यसैले यो समाजमा पैसाको मात्रै सम्मान छ तर शिक्षाको छैन । यो दुःख लाग्दो कुरा हो तर केही गर्नु सकिने अवस्था पनि छैन । सायद यो भूमण्डलीकरणको प्रभाव हो । पूर्वोउत्तर आधुनिकवादको करामत हो । (टाउकोमा हात राख्र्दै) उप्m…
आमा : (सशङ्कित भएर प्रवेश गर्दै) के हो चालामाला ? अलिक होस गर है । (आमाले शरीरमा मखमाली चौबन्दी र लुङगी लगाएकी छिन् । उनीले कानमा सुनको मरवाडी, नाखमा सुनको ढुङग्री–मुन्द्री, गलामा रेजी, दाहीने हातमा बाही र देब्रे हातमा घडी लगाएकी छिन् ।)
थुम्राहाङ : (अचम्म हुँदै) किन आमा ? के भो र ?
आमा : (आक्रोशमा) अभैm थाहा नपाएजस्तो गर्छौ ?
थुम्राहाङ : मैले के गरेँ र आमा ?
आमा : (आक्रोशमा) के गरेँ र अरे ? अघि यहाँँबाट जाने केटीचाहिँ को हो नि ? नचाहिँदो काम नगर है ?
थुम्राहाङ : (आक्रोशमा) आमा तपाईं यो के भन्दै हुनुहुन्छ ?
आमा : (आक्रोशमा) म जे भन्दै छु, त्यो ठीकै भन्दैछु । स्मृति हुँदाहुदै को केटी कोठामा ल्याउँदै छौ ?
थुम्राहाङ : (आक्रोशमा) आमा, कुरै नबुझी मलाई आरोप लाउँदै हुनुहुन्छ । (ढोकालाई जोडले हिर्काउँछ ।)
खलिहाङ : (हतारिएर प्रवेश गर्दै) के भो ? किन करा’को ? (उनले शरीरमा टिसर्ट र हाफ पेन्ट लगाएको छ । गलामा सुनको सिक्री र खुट्टामा कपडाको जुत्ता लगाएको छ ।)
बोन्तावामा : (विस्तारै प्रवेश गर्दै) हैन, यो के को तमासा हो ? (बोन्तावामाले शरीरमा टिसर्ट र लुङगी लगाएकी छिन् । गलामा सुनको चेन, देब्रे हातमा घडी र खुट्टामा चप्पल लगाएकीछिन् ।)
खलिहाङ : काम छैन, काज छैन । अहिलेसम्म एक पैसा कमा’को छैन । बुढो भैसक्यो । घरमै कोच्रिएर बसेको छ । (थुम्राहाङतिर हेर्दै) यो घर नभा’को भए के गर्थिस् ?
आमा : (खलिहाङतिर हेर्दै) किन भाइलाई गाली मात्रै गरिराख्छौ ? भाइले पनि त एक दिन कमाइ हाल्छ नि, पढेलेखेको छ । उसको भुँडी आफै पालिहाल्छ नि ¤
खलिहाङ : (इन्सल्ट गर्दै) पाल्छ, यस्तो ग्वाँजेले ? उसको साथीहरूले कस्तोकस्तो प्रगति गरिसक्यो । यो ग्वाँजे भने जहाँको त्यहीँ ।
आमा : केको जहाँको त्यहीँ ? भाइले पनि त त्यत्रो किताब लेखिसकेको छ । फिलिम खेलिसकेको छ नि ¤
खलिहाङ : (प्रतिवाद गर्दै) किताबले खानु दिन्छ ? फिलिमले लाउनु दिन्छ ? जागिर खानु पर्दैन ? रल्लिएर हुन्छ ?
आमा : (प्रतिवाद गर्दै) दिन्छ नि, किन दिँदैन ? खानु नदिए पनि नाउँसुवास दिन्छ । मरेपछि उसले लेखेको किताब रहिरहन्छ । सबै काममा खानै पर्छ भन्ने छ र ? जागिर पनि विस्तारै खान्छ नि । किन हकारिरहेको सधैँ ?
खलिहाङ : ल ल । अब यो कुरा गरेर फाइदा छैन ।
आमा : (बाहिरिँदै) हेप्नु पाएँ भन्दैमा कति हेपेको ?
बोन्तावामा : ल कान्छा अब यसरी हुँदैन । स्मृतिले खबर नगरेपछि युकेतिरै अर्को विवाह ग¥यो होला । विदेशमा कपडा फेरेजस्तै गल्फ्रेन्ड–ब्वाइफ्रेन्ड फेर्छ । त्यो त्यहाँँको चलन नै हो । त्यो कुरा आफैले पनि बुझ्नुपर्छ । त्यसैले अब खिखाम्छा को मेरो साथी छ । उसलाई नै विवाह गर्नुहोस् ।
खलिहाङ : (जङ्गिँदै) अब त्यसै गर, कान्छा । आमा पनि बुढी हुनुभयो । अब तेरो भाउजूको साथीलाई नै विवाह गरेर यो घर रुङ्दै बस् । आखिरी घर रुङ्ने मान्छे पनि छैन ।
थुम्राहाङ : (प्रतिवाद गर्दै) म विवाह गर्दिनँ ।
खलिहाङ : (आवेशमा) विवाह नगरेर के गर्छस् त ? खुरुक्कै विवाह गर् । भनेको मान् ।
थुम्राहाङ : (जङ्गिंदै) गर्दिनँ भनेपछि गर्दिनँ । करले हुन्छ ?
खलिहाङ : (आवेशमा) तँलाई यहाँँ राजाजस्तो बसेर कसले खानु दिन्छ ?
थुम्राहाङ : (आक्रोशमा) नदिए नदेऊ न त । दिनैपर्छ भनेर कसले कर ला’को छ र ? मेरो एउटा ज्यान त हो नि । जसरी भए पनि पालिहाल्छु नि ¤ तिमीहरूले जेजे भन्छौ, त्यैत्यै मान्नुपर्छ भन्ने कर छ र ? (आवेशमा बाहिरिँदै) तिमीहरूको घरमा तिमीहरू नै बस, म बस्दिन ।
खलिहाङ : (थुम्राहाङतिर हेर्दै) हेर न यसको बुद्घि, जाबो एउटा केटी नपाउँदा यस्तो छ ताल । हैन, यसको जीवन कसरी चलाउँछ होला हँ ? (दुवै जना बाहिरिन्छन् । प्रकाश विस्तारै विलयन भएर स्मृतिको तस्बिरमा स्थिर हुन्छ ।केही मानिसहरू नृत्यको तालमा बिस्तारै आउँछन् । पछाडीको दृश्य निर्माण गरेर अघिल्लो दृश्यको सामग्रीहरू लान्छन् ।)
सातौँ दृश्य
स्थान : माङ्खिम
समय : दिउँसो
पात्रहरू : चाम्लोङमा, थुम्राहाङ र कोँइचमा ।
घटना : स्मृति नेपाल आएको थुम्राहाङ थाहा पाउँछ ।
(चिराचुरूङ्गीहरू चिरबिराइ रहन्छ । प्रकाश बिस्तारै र·मञ्चमा प्रकट हुन्छ । हिमालयको पृष्ठभूमिमा हरियो फाँट देखिन्छ । त्यो फाँटको बीचमा वाहिबुङ को रुख छ । वाहिबुङको फेदमा माङ्खिम छ । माङ्खिममा थुम्राहाङको प्रवेश हुन्छ । थुम्राहाङले आप्mनो गोजीबाट खैरो सानो पोका निकालेर माङ्खिमलाई तीनपल्ट छुवाउँछ । त्यो पोकालाई छातीमा राखेर भक्कानिएर रुन्छ । थुम्राहाङले सेतो सर्ट, जिन्सको खराने पेन्ट र छालाको कालो जुत्ता लगाएको छ । त्यहीबेला चाम्लोङमाको प्रवेश हुन्छ । उनीले सेतो कुर्ता, सुरवाल र सेन्डल लगाएकीछिन् ।)
चाम्लोङमा : (नजिक आएर) थुम्राहाङ ¤ फेरि तपाईंं माङ्खिममै हुनुहुन्छ ?
थुम्राहाङ : (आँसु पुछेर) अँ, माङ्खिम मै छु । फेरि किन आयौ त ?
चाम्लोङमा : त्यतिकै घुम्दै–घुम्दै ।
थुम्राहाङ : सधँै घुमेर हुन्छ ?
चाम्लोङमा : त्यो ता हुँदैन ।
थुम्राहाङ : अनि ?
चाम्लोङमा : मैले तपाईंंलाई भुल्ने धेरै प्रयास गरेँ तर अँहँ, सकिनँ । तपाईंंको मायामा पागलै भएँ । मेरो पढाइ पनि बिगारेँ । परीक्षा पनि बङ्क गरँ । तपाईंंलाई भुल्नुको लागि देशपरदेश घुमेँ तैपनि भुल्नै सकिनँ । मलाई थाहा छ कि, तपाईंंले मलाई स्वीकार्नु हुन्न भनेर तै पनि तपाईंंलाई भेटिरहेको छु । तपाईंंलाई भेट्दा मन शान्ति हुन्छ, आत्मबल बढ्छ । पिरती टुट्दा सारै गारो हुँदोरहेछ । सायद, तपाईंंलाई पनि मलाई जस्तै गारो भइरहेको होला । तपाईंंको मायाले मलाई सताए जस्तै तपाईंंलाई पनि स्मृतिको मायाले सताएको होला । आत्माभित्रै मुटु छियाछिया परेको होला । छातीभित्रै आगो दन्किएको होला ।
थुम्राहाङ : हो, तिमीले ठीकै भन्यौ । अहिले मलाई तिमीले भनेझैँ धेरै गारो भइरहेको छ । स्मृतिको मायामा पागलै भएको छु । फेरि उसलाई सधैँ राती सपनामा मात्रै देख्छु । प्रत्येक रातको सपनामा ऊ हाँसिरहेको हुन्छ, रमाइरहेको हुन्छ, खेलिरहेको हुन्छ तर ब्युँझिँदा म एक्लै हुन्छु, स्मृति हुँदैन । उसको मायाले मलाई धुरुधुरु नै रुवायो । बाँच्नै गारो बनायो ।
चाम्लोङमा : त्यो त हो, आप्mनो मनको फूल अरूले नै टिपेर लगेपछि पीडा हुनु त स्वाभाविकै हो । (दर्शकहरूतिर हेर्दै) यस्तो पीडा सायद गहिरो मायामा फसेकोहरूलाई मात्रै थाहा होला तर के गर्नु ? मन परेको फूल सधैँ आप्mनो हुँदैन रहेछ । अरूले पनि टिपेर लाँदोरहेछ । यो कुरा भनिरहँदा तपाईंहरूको चित्त दुख्ला तर तितो सत्य यही हो । मैले पनि चाहेको माया कहिल्यै पाइनँ । अब पाउने आशा पनि गर्दिनँ । माया पाउनु मात्रै होइन रहेछ, गुमाउनु पनि माया नै रहेछ । (थुम्राहाङतिर हेर्दै) त्यसैले तपाईं जहाँ खुसी हुनुहुन्छ, म पनि त्यहीँ खुसी हुन्छु । तपाईंंको भविष्य सधैँ उज्ज्वल रहोस् । सधैँ खुसी रहनु, सुखी रहनु । मैले तपाईंलाई नपाए पनि मेरो माया सदैव तपाईंंलाई नै छ । आज मैले तपाईंंलाई गुमाएर पनि खुसी नै छु । (भक्कानिएर रुएपछि) खुसी हुनु मेरो रहर होइन, बाध्यता हो ।
थुम्राहाङ : के गर्छौ त चाम्लोङमा, भाग्यमै नलेखेपछि ? तिमीले मलार्इं धेरै माया ग¥यौ तर पाउनु सकेनौ । मैले पनि स्मृतिलाई आत्मैबाट माया गरेँ तर पाउनु सकेको छुइन । सायद धेरै माया गर्दा आप्mनो मान्छे पाइँदैन रहेछ । (दर्शकहरूतिर हेर्दै) हुनु त यो कुरा पहिला नै स्मृतिले भनेकै थियो तर मैले विश्वास गरिनँ । उसले जे भनेको थियो, आज त्यही भइरहेको छ ।
चाम्लोङमा : के भनेको थियो र स्मृतिले ?
थुम्राहाङ : ‘धेरै माया ग¥यो भने, माया छुट्छ’ भन्थ्यो । लगभग आज त्यस्तै भयो । स्मृति युकेमा छ, म नेपालमा । युके गएपछि उसले केही दिन मात्रै खबर ग¥यो तर बाँकी दिन मलाई सधैँ रुवायो । अहिलेसम्म खबर पनि गरेको छैन, ऊ बेखबर छ ।
चाम्लोङमा : अनि यत्रो वर्ष किन पर्खेको त ?
थुम्राहाङ : खै, त्यो त के थाहा ? पर्खिँदै जाँदा समय बित्यो । समय बितेको पत्तै भएन । (प्रतिप्रश्न गर्दै) अनि तिमीले चाहिँ मलाई किन पर्खेको त ? मेरो माया अन्तै छ भनेर थाहा हुँदाहुँदै पनि ?
चाम्लोङमा : माया भनेको यस्तै हुँदोरहेछ । कसैलाई पाउनु सकिँदैन भनेर थाहा हुँदाहुँदै पनि माया गरिरहिँदो रहेछ । यही होला चोखो माया भनेको पनि । हुनु त अहिलेको मानिसहरूले बिहान माया गर्छ, दिउँसो विवाह गर्छ, बेलुका छुटिन्छ । त्यस्तो माया कति ठीक, कति बेठीक त्यो बहसकै विषय होला । फेरि आजकाल माया पनि व्यावसायिक भइसकेको छ । यस्तो अवस्थामा पवित्र मायाको कुरा गर्नु पनि आफै पङ्गु हुनु हो ।
थुम्राहाङ : खोइ होला ता नि, त्यै भएर आजकालको जोडीहरू एकआपसमा समर्पित छैन ।
चाम्लोङमा : के गर्छौ त ? मैले पनि तिमीलाई आत्मैबाट माया गरेकै थिएँ । अहिले पनि गरिरहेकै छु र भविष्यमा पनि गरिरहने छु तर तिमीले नै मेरो मायालाई लत्याएपछि मेरो के लाग्छ र ?
थुम्राहाङ : मैले पनि त तिम्रो मायालाई लत्याएको कहाँ हो र ? तिम्रो मायालाई उच्च सम्मान गरेकै छु र भविष्यमा पनि गरिरहने छु तर मेरो माया अन्तै हुँदाहँुदै मैले तिमीलाई कसरी माया गरौँ ? तिमी आफै भन त ।
चाम्लोङमा : (आक्रोशमा) लत्याएको होइन भने मेरो मायालाई किन तिरस्कार ग¥यौ ? किन ? किन ? किन ?
थुम्राहाङ : (शान्त हुँदै) मलाई थाहा छ, तिमीले मलाई माया गर्छौ । म पनि तिमीलाई माया गर्छु तर म स्मृतिको भइसकेको मान्छे हुँ । त्यो कुरा तिमीलाई पनि थाहै छ । त्यसैले मैले तिमीलाई स्वीकारेँ भने मेरो स्मृतिलाई धोका हुन्छ । फेरि मेरो मुटुभरि स्मृतिको माया हुँदाहुँदै म तिमीलई कसरी माया गरूँ ? तिमी आफै भन त ।
चाम्लोङमा : (सजग गराउँदै) हो, मलाई थाहा छ । तिमीले स्मृतिलाई भुल्नु सक्दैनौ । समयअनुसार चल्नु पनि सक्दैनौ । त्यसैले तिमीले सधैँ रुएर बाँच्नु परेको छ । यस्तै हो भने अहिले मात्रै होइन, जीवनभरि तिमीले रुइरहनु पर्नेछ र मलाई पनि रुवाइरहने छौ । तिमी स्वाभिमानी छौ, अरूसँग झुक्नु जान्दैनौ । जे चिताउँछौ, त्यै गर्छौ तर सधैँ स्वाभिमानी बानी पनि राम्रो होइन । आवश्यकताअनुसार आप्mनो स्वाभिमानलाई पनि परिवर्तन गर्नु सक्नुपर्छ ।
थुम्राहाङ : तिमीले नै परिवर्तन गर । म मेरो स्वाभिमानसँग कुनै पनि कुरामा सम्झौता गर्नु सक्दिनँ । हो, मलाई थाहा छ, तिमीले मलाई माया गर्छौ तर माया के हो ? न तिमीलाई थाहा छ, न मलाई थाहा छ । यो माया भन्ने कुरा त स्वतःस्पूmर्त आउने भावना हो । सायद, त्यही मायाले होला, यो छाती भतभती पोल्दैछ । स्मृतिको मायाले होला, यो मुटु भकभकी जल्दैछ । लाखौँपल्ट स्मृतिको मायालाई निभाउनु खोजँ तर अँहँ सकिनँ । स्मृतिको मायाले झनझन आगोभैmँ यो मुटु दन्किँदैछ । उसको मायामा पागलै भइसकेको छु । यदि मैले तिम्रो मायालाई स्वीकारे भने, तिमी खुसी हुन्छौ तर मेरो स्मृतिलाई पीडा हुन्छ । ऊ विरहमा रुएको म हेर्नु सक्दिनँ । त्यसैले चाहेर पनि मैले तिम्रो मायालाई स्वीकार्नु सक्दिन । मान्छेको आत्मामा एउटा मात्रै सच्चा माया हुन्छ । सायद मेरो आत्मामा पनि स्मृतिको माया मात्रै भरिएको छ । स्मृतिको माया भरिएको छाती लिएर मैले तिमीलाई कसरी माया गरुँ ? भोलि यो मायाले मलाई सताउँछ, तिमीलाई सताउँछ । म त स्मृतिको मायामा जल्नुछ, जल्नुछ । तिमी किन मेरो मायामा जल्छौ ? किन ? किन ? किन ? (छातीमा हात राखेर पीडामा रुन्छ । पछाडिबाट कोँइचमाको प्रवेश हुन्छ । उनीले मिनिस्कट र हिल जुत्ता लगाएकी छिन् । उनीले माङ्खिममा फूलपाती चढाउँछिन् । थुम्राहाङलाई देख्छिन् ।)
कोँइचमा : (थुम्राहाङको छेउमा आएर) मामा । किन रुनु भा’को ?
थुम्राहाङ : (आँसु पुछ्दै) हैन, म रुएको छुइन ।
कोँइचमा : रुएको हैन भने किन आँसुसरि हुनु भा’को ?
थुम्राहाङ : हैन, हैन, त्यतिकै आँसु आ’को ।
कोँइचमा : कि माइजूले के गर्नु भयो ?
थुम्राहाङ : (आश्चर्य मान्दै) माइजू ?
कोँइचमा : हो, माइजू । अहिलेसम्म माइजूले केही भन्नु भा’को छैन ? कि भेटै भा’को छैन, मामा ?
थुम्राहाङ : अँहँ छैन, भाञ्जी । तै भएर त तिम्रो माइजूको मायामा म पागलै भएको छु । कयौँँपल्ट आत्महत्या पनि प्रयास गरँ तर अँहँ सकिनँ । तिम्रो माइजूको मायाले बाँचँ तर तिम्रो माइजूले युके गएदेखि खबरै गरेको छैन । भेट हुने त कुरै छोडौँ, भाञ्जी ।
कोँइचमा : खै मामा, अरू कुरा त थाहा छैन तर माइजूको सपरिवार अस्ति नै नेपाल आउनु भा’को छ ।
थुम्राहाङ : (आश्चर्यमा) हो र भाञ्जी ?
कोँइचमा : हो, मामा । उहाँहरू पनि हामीसँगै एउटै प्mलाइटमा नेपाल आएको हो । यो कुराचाहिँ पक्का हो तर बाँकी कुरा त मलाई पनि थाहा भएन ।
थुम्राहाङ : (आश्चर्यमा) त्यसो भए म अहिले नै माइजूको घर गएँ, भाञ्जी । (थुम्राहाङ दौडिएर जान्छ ।)
कोँइचमा : हुन्छ, मामा । (थुम्राहाङ गएतिर हेर्दै) बिचरा, यो मामा पनि स्मृतिको मायामा पागलै भइसक्नु भएछ । हुनु त स्मृति मेरो साथी हो । हुनेवाला माइजू पनि तर स्मृतिले नेपाल आएको कुरासम्म मामालाई थाहै दिएन छ । मामाले स्मृतिलाई साँच्चो माया गर्दागर्दै पनि पीडैपीडा पाउँदा दुःख लाग्छ तर के गर्नु ? आइ.एल.इ.मार्फत युके गएपछि कैयौँको साथ छुट्यो, कैयौँको काख छुट्यो । कैयौँको पवित्र माया छुट्यो, कैयौँको घर परिवारै छुट्यो । कैयौँको घन छुट्यो, कैयौँको मन छुट्यो । ठूलो आशाको दियो लिएर युके पुगेको थियौँँ तर सोचे जस्तो भएन । आप्mनो देशमा सुखले बाँचेको थियौँ तर युकेमा दुखले बाँच्नु बाध्य भयौँ । कैयौँ समय त नो वर्क नो फुड नै भयौँ । नयाँ ठाउँमा भाषाविहीन भयौँ, संस्कृतिविहीन भयौँ, पहिचानविहीन भयौँ । पछि युकेको नागरिकचाहिँ भयौँ तर हामीसँग नागरिकता मात्रै छ, हाम्रो देश छैन् । देश नहुँदाको पीडाले कैयौँलाई डिप्रेसनको सिकार नै बनायो । फलस्वरूप कयौँले आत्महत्या ग¥यो, कैयौँ लक्ष्यविहीन भयो, कैयौँ नेपाल नै फर्कियो । यस्तो पीडाको कहानी लामो छ, भनेर भनिसक्नु छैन । मामा र स्मृतिको कहानी त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्तो घटनाहरू कैयौँ छ, कैयौँ । त्यो भनेर साध्यै छैन ।
चाम्लोङमा : किन स्मृतिले पनि त्यस्तो गरेको होला है ?
कोँइचमा : खै, म के भनौँ र ? स्मृति धेरै इन्ट्रोभर्ट छ । उसको केही कुरा बुझ्नै सकिँदैन ।
चाम्लोङमा : तर, त्यस्तो मान्छे ता निकै खतरनाक हुन्छन् नि ¤
कोँइचमा : खतरनाक मात्रै कहाँ हो र ? महाखतरनाक हुन्छ नि । कहाँ, कतिखेर के निर्णय गर्छ, केही थाहै हुँदैन । अरूलाई असर पर्ने कुराको वास्तै गर्दैन । ‘आफूलाई भयो भने, अरूलाई पनि भयो’ भन्ने खालको हुन्छ । त्यसैले इन्ट्रोभर्ट मानिसहरूबाट सावधान हुनुपर्छ, नत्र ठूलो धोका पनि हुनुसक्छ । (प्रसङ्ग बदल्दै) ए लु गपैmगफमा पो भुलिएछु । (जाँदै) अहिले जान्छु है । फेरि भरै ढिलो हुन्छ ।
चाम्लोङमा : (कोँइचमा गएतिर हेर्दै) के होला है, यो माया भन्ने कुरा पनि ? जुन मायाले धुरुधुरु रुवाउँछ, त्यही मायाको माया लागिरहने । यो कस्तो अर्मूत माया होला है ? (दर्शकहरूतिर हेर्दै) तपाईंंहरू पनि यसरी नै कसैलाई माया गर्नुहुन्छ होला है ? (माङ्खिमको फुलपाती आफ्नो सिरमा सिउरिन्छिन् । माङ्खिमलाई नमस्कार गर्दै मनमनै केही सम्झिएर तिनपल्ट ढोग्छिन् । प्रकाश बिस्तारै चाम्लोङमाको अनुहारमा स्थिर भएर बिलय हुन्छ । केही मानिसहरू नृत्यको तालमा बिस्तारै आउँछन् । पछाडीको दृश्य निर्माण गरेर अघिल्लो दृश्यको सामग्रीहरू लान्छन् । सबै आवाजहरू बिस्तारै रोकिन्छ ।)
आठौँ दृश्य
स्थान : विवाह स्थल
समय : बेलुका
पात्रहरू : थुम्राहाङ, स्मृति, केसाङ, दुमीमा, साम्पाहाङ, हाङसयङ, सयङहरु र छिमेकीहरू ।
घटना : स्मृतिको विवाह केसाङसँग हुन्छ ।
(विवाहको बाजागाजाहरू बजिरहेको छ । प्रकाश बिस्तारै र·मञ्चमा प्रकट हुन्छ । शहरको बीचमा आधुनिक घर छ । घरको गेटमाथि ‘स्मृति वेड्स विथ केसाङ’, मिति, २५, सेप्टेम्बर, २०१२ लेखिएको ब्यानर छ । आँगनमा सप्तरङ्गी कपडाको दरबार छ । दरवारभित्र निहिङ छ । निहिङको वरिपरि १००७ वटा बलिरहेको दीयो र पानी भरिएको कलशहरू छन् । कलशहरूलाई फुल र दुभोको बिर्को लगाइएको छ । निहिङको वरिपरि हाङसयङ को नेतृत्वमा १०७ सयङ हरूले निसुई पाठ गरिरहेका छन् । सयङहरूले निसुई बस्त्रहरू लगाएका छन् । हाङसयङको बायाँपट्टि स्मृति र दायाँपट्टि केसाङ बसिरहेका छन् । स्मृतिले रातो साडी र ब्लाउज लाएकी छिन् । केसाङले सेतो फेटा र सुट लाएको छ । स्मृतिको छेउमा दुमीमा, साम्पाहाङ, सिसु र केटी पक्षका मानिसहरू बसेका छन् । केसाङको छेउमा छेउमा दुमीमा, साम्पाहाङ, सिसु र केटी पक्षका मानिसहरू बसेका छन् । सबै जनाले विवाह पार्टीका बस्त्रहरू लगाएका छन् । स्मृति र केसाङको अगाडि थालीमा दीयो र कलशहरू छन् । चेलीसयङले बेहुलाको अगाडि बेहुलीपट्टिको दीयो र कलशहरू र माइतीसयङले बेहुलीको अगाडि बेहुलापट्टिको दीयो र कलशहरू राख्छन् ।)
हाङसयङ : (उठेर बेहुला–बेहुलीतिर इसारा गर्दै) लु तपाईंहरू अलिक अगाडि आउनुहोस् ।
सबैजना : (उठेर अगाडि सर्दै) हवस् गुरुहजुर ।
हाङसयङ : (उभिएर) हे वर–बधू । के तपाईंंहरूको एकआपसलाई आत्मैबाट जीवनसाथीको रूपमा स्वीकार्नु हुन्छ ?
स्मृति/केसाङः (छातीमा हात राखेर) हजुर, स्वीकार छौ ।
हाङसयङ : (दुवैलाई इसारा गर्दै) लु उसोभए सात वाचाअनुसार मैले निसुईमा जेजे भन्छु, त्यहीत्यही भन्नुहोस् है ।
सबैजना : (अगाडि सर्दै) हवस् गुरुहजुर ।
हाङसयङ : (निसुई वाचन गर्र्दै) म मेरो जीवनसाथीलाई आत्मैबाट सम्मान गर्दछु ।
स्मृति/केसाङः (छातीमा हात राखेर) म मेरो जीवनसाथीलाई आत्मैबाट सम्मान गर्दछु ।
हाङसयङ : (निसुई वाचन गर्र्दै) म मेरो जीवनसाथीलाई कहिल्यै पनि धोका दिने छुइन ।
स्मृति/केसाङः (छातीमा हात राखेर) म मेरो जीवनसाथीलाई कहिल्यै पनि धोका दिने छुइन ।
हाङसयङ : (निसुई वाचन गर्र्दै) यदि मबाट यस्तो धोका भएमा मलाई दण्ड सजाय होस् ।
स्मृति/केसाङः (छातीमा हात राखेर) यदि मबाट यस्तो धोका भएमा मलाई दण्ड सजाय होस् ।
हाङसयङ : (निसुई वाचन गर्र्दै) यदि मैले मेरो जीवनसाथीलाई धोका दिएमा म अन्धकारको चपेटामा फसूँ ।
स्मृति/केसाङः (छातीमा हात राखेर) यदि मैले मेरो जीवनसाथीलाई धोका दिएमा म अन्धकारको चपेटामा फसूँ ।
हाङसयङ : (निसुई वाचन गर्र्दै) यदि मैले असल गरेको खण्डमा म र मेरो जीवनसाथीलाई आशीर्वाद मिलोस् ।
स्मृति/केसाङः (छातीमा हात राखेर) यदि मैले असल गरेको खण्डमा म र मेरो जीवनसाथीलाई आशीर्वाद मिलोस् ।
हाङसयङ : (निसुई वाचन गर्र्दै) मेरो कारणले मेरो जीवनसाथीलाई राम्रो होस् ।
स्मृति/केसाङः (छातीमा हात राखेर) मेरो कारणले मेरो जीवनसाथीलाई राम्रो होस् ।
हाङसयङ : (निसुई वाचन गर्र्दै) हामी दुईको कारणले परिवार र समाजलाई भलो होस् ।
स्मृति/केसाङः (छातीमा हात राखेर) हामी दुईको कारणले परिवार र समाजलाई भलो होस् ।
हाङसयङ : (दुवैलाई इसारा गर्दै) हामीबाट सधैँ हाम्रो आमाबाबुको राम्रो होस् । हामी प्रेमवादी बन्नु सकौँ, प्रेमवादी भएर जिउन सकौँ । हामीलाई सधैँ हाम्रो आमाबाबु र समाजको आशीर्वाद मिलोस् ।
स्मृति/केसाङः (छातीमा हात राखेर) हामीबाट सधैँ हाम्रो आमाबाबुको राम्रो होस् । हामी प्रेमवादी बन्न सकौँ । प्रेमवादी भएर जिउन सकौँ । हामीलाई सधैँ हाम्रो आमाबाबु र समाजको आशीर्वाद मिलोस् ।
हाङसयङ : (निसुई वाचन गर्र्दै) हे माङ ¤ आजको यो पवित्र घडीमा जो एञ्जलहरूको शुभविवाह भइरहेको छ, उहाँहरूलाई आशीर्वाद दिनुहोस् । उहाँहरूको दाम्पत्य जीवन फूलझैँ बनोस्, सुखमय बनोस् । शान्तिमय होस्, आनन्दमय होस् । हे माङ ¤ हे परमप्रधान परमईश्वर ¤ (आकाशतिर हेर्दै) आदिम कालमा तपाईंंँले सबै चिजहरूको सृष्टि गर्नुभयो, पृथ्वीको पनि सृष्टि गर्नुभयो । अभैm एक स्त्री र पुरुषको आदिम मातापिताको सृष्टि गर्नुभयो । उहाँहरूको सन्तानहरूको नै आज विवाह भएको हो । तपाईंंले हरेक पशुपंक्षी प्राणीजगत्लाई जस्तै मानव जातिलाई पनि यो युगल जोडी बनाई सृष्टिलाई निरन्तरता दिनुपर्ने विधान बनाउनुभयो । त्यसको लागि हे पिता तपाईंं हजुर धन्य हुनुहुन्छ ।
सयङहरू : (एकै स्वरमा) हे माङ ¤ तपाईंं हजुर धन्य हुनुहुन्छ ।
हाङसयङ : (निसुई वाचन गर्र्दै) हे माङ ¤ आजको यो घडीमा यो दुई शरीर एउटै शरीर, दुई मन एउटै मन, दुई आत्मा एउटै आत्मामा बदलिएको समय हो । त्यसैले यो पवित्र विवाहमा यो दुई जीवनहरूले एकआपसमा पवित्र आत्माले बुझ्न सकोस् । एक आपसमा रिस, राग, इच्छा, डाह, दुख, धोका दिने होइन । यो जोडीको समाजमा पवित्र जोडीको उदाहरण बन्न सकोस् । एक अर्कामा सम्मानपूर्वक कार्य होस् । अन्त्यमा सत्य प्रेम र आनन्दले जीवनको मूलमन्त्र बनोस् । सत्यले शिर उच्च होस् । स्वर्गको निर्वाणिक ढोका खुलोस् । प्रेमले चम्किलो तारामाझ आफू, आप्mनो परिवार र सारा सृष्टिलाई खुसी पु¥याउन सकोस् । पवित्र मायाले जीवनलाई खुसी बनाएर निर्वाणिक गहिराइमा पुग्न सकोस् । हाम्रो प्यारो एञ्जलहरूलाई परमप्रधान परमेश्वरको सदा निगाह होस् ।
सयङहरू : (एकै स्वरमा) हाम्रो प्यारो एञ्जलहरूलाई परम प्रधान परमेश्वरको सदा निगाह होस् ।
हाङसयङ : (नारा लगाउँदै) हे माङ ¤ हे परम प्रधान परमेश्वर, तपाईँको जय होस् ।
सबै जना : (नारा लगाउँदै) जय होस् ऽऽऽ जय होस् ऽऽऽ ।
हाङसयङ : (नारा लगाउँदै) आजको एञ्जल राजारानीको जय होस् ।
सबैजना : (नारा लगाउँदै) जय होस् ऽऽऽ जय होस् ऽऽऽ।
साम्पाहाङ : (आशीर्वाद दिंदै) ल ज्वाइँसाहेब, आजदेखि हाम्रो छोरी तपाईंंलाई दियौँ । तपाईंंहरूको दाम्पत्य जीवन सुखमय बितोस् । मेरो यही छ, आशीर्वाद छ ।
केसाङ : (आशीर्वाद लिँदै) थ्याङ्क यु, ड्याडी ।
साम्पाहाङ : (आशीर्वाद दिँदै) ल छोरी, आजदेखि तिमीलाई ज्वाइँको हातमा दिएको छौँ, राम्रो घर गरेर खानु । तपाईंंहरूको दाम्पत्य जीवन सुखमय होस् ।
स्मृति : (आशीर्वाद लिँदै) थ्याङ्क यु ड्याडी ।
दुमीमा : (आशीर्वाद दिँदै) ल इन्जिनियर सा’ब, आजदेखि हाम्रो छोरी तपाईंंको हातमा भयो । सात वाचा गरेर तपाईंंलाई दिएको छौँ । तपाईंंहरूको दाम्पत्य जीवन सुखमय बितो स् ।
केसाङ : (आशीर्वाद लिँदै) हवस् ममी ।
दुमीमा : (आशीर्वाद दिँदै) अनि छोरी, आजदेखि तिमी ज्वाइँको भयौँ, ज्वाइँ हाम्रो भयो । छोरीको कर्म यस्तै हो । एक न एक दिन पराइघर जानै पर्छ । म पनि पराइघरबाटै तिम्रो पापाको घरमा आएको हुँ । पराइघर नगएमा यो सृष्टि नै चल्दैन । सृष्टि चलाउनुकै लागि भए पनि पराइघर जानै पर्छ । छोरीचेलीको लागि पराइ घर जानु रहर होइन, बाध्यता हो । विकृति होइन, संस्कृति हो । कर होइन, परम्परा हो । तिमी पनि चित्त नदुखाई ज्वाइँको घर जाऊ । राम्रो घर गरेर खाऊ, सबैको मन जित । तिमीहरूको जोडी सारै मिलेको छ । ज्वाइँ इन्जिनियर हुनुहुन्छ, तिमी नर्स छौ । तिमीहरूको यो जोडी परमप्रभुले नै बनाइदिनु भएको हो । (निहिङतिर हेर्दै) ज्वाइँलाई शुद्ध कन्नेदान दिनु पाउँदा सारै खुसी छौँ ।
स्मृति : (दुमीमालाई अङ्कमाल गरेर रुँदै) ममी ऽऽऽ…(दीयो र कलश बोकेर जन्ती अगाडि बढ्छन् ।)
दुमीमा : (आँसु पुछिदिंदै) स्मृति, नरोऊ, लु नरोऊ । बिदाइको बेला रुनु हुँदैन, अशुभ हुन्छ । (दौडेर थुम्राहाङको प्रवेश हुन्छ । थुम्राहाङले सेतो सर्ट, जिन्सको खराने पेन्ट र छालाको कालो जुत्ता लगाएको छ ।)
थुम्राहाङ : (अचम्म पर्दै) स्मृति ¤ (स्मृतिले फर्केर हेर्छिन् । सबै मानिस अचम्म हुन्छन् । एकआपसमा हेराहेर गर्छन् । थुम्राहाङले आप्mनो छातीको गोजीबाट खैरो पोका निकालेर हेर्छ । पीडामा थुम्राहाङ रुन्छ । उसको हातबाट खैरो पोका भुइँमा खस्छ, पोका फुट्छ । पोकाबाट खैरो ब्लाउज, सिन्दुर र पोते छरपस्ट हुन्छन् ।)
स्मृति : (छक्क पर्दै) हँ ¤ मेरो खैरो ब्लाउज ? मेरो सिन्दुर ? मेरो पोते ? (विस्तारै खैरो ब्लाउज, सिन्दुर र पोते टिप्छिन् । अर्कातिर फर्कन्छिन् । पीडामा रुन्छिन् । पीडाको घुन बज्न थाल्छ । खैरो ब्लाउज, सिन्दुर र पोते भुइमा झरेर छरिन्छ । छरपस्ट सामानहरू थुम्राहाङले टिपेर पीडामा रुन्छ । सबै मानिसहरू छक्क पर्छन् ।)
केसाङ : (स्मृतिको हात समाउँदै) स्मृति, जाऊँ ढिलो भइसक्यो । (केसाङले स्मृतिलाई बिस्तारै तान्छ । स्मृति केसाङसँग अगाडि बढ्छिन् । प्रकाश बिस्तारै विलयन भएर थुम्राहाङले समाएको खैरो ब्लाउज, सिन्दुर र पोतेमा स्थिर हुन्छ । सबै आवाजहरू बिस्तारै रोकिन्छ ।)