मुसा – ठाकुर बराल

मुसा
मुसा सानाे हाेस्
या
ठूलाे उसकाे काम
प्वाल पार्ने नै हाे ।
ऊ माेटाे हाेस्
या
छाेटाे उसकाे काम
प्वाल पार्ने नै हाे ।
मुसाकाे घर ठूलाे छ
भनेर पूजा गर्न नजाऊ
उसले अरुकाे
या आफैं बसेकाे घर
कुना कन्दरा खाेस्रने नै हाे।
मुसाले चन्दन लगाएकाे देखेर
गाेडामा ढाेग्न नजाऊ है,
आखिर मुसा मुसा नै हाे
विरालाे हुनै सक्दैन।
विरालाेले तर मात्र चाेरेर
खान्छ,
मुसाले घरै प्वाल पारेर भाग्ला !
मुसालाई राताे देखेर
सिन्दुर ठानेर सिउँदाेमा
नरङ्ग्याऊ,
सिउदैमा प्वाल पारिदेला ।
खवरदार!
मुसा एउटा राम्राे जहाजमा
पस्ला, उसलाई पाले ठानेर
ढाेकामा नराख्नु,
ढाेकैमा प्वाल पारेर
आफैं बसेकाे जहाजमा
पानी छिराई अर्काे जहाजमा
वुद्रुक्क हाम्फाल्ला!
मुसा मीत बनाएर सुरुङ खनेर
जेल फाेर्न सकिन्छ भनेर नसाेच्नू,
मीत माथि पनि विश्वासघात गरी
कुलेलम ठाेक्ला !!
मुसालाई विश्वास गरेर
सिंहासन नचढाऊ,
सिंहासन नै प्वाल पारेर
सिंहासन च्यूत गराउला!
हाेसियार! मुसा मुसा नै हाे,
विरालाे ठानेर ढिकुटी जिम्मा
नलगाऊ ।
ढिकुटी प्वाल पारेर अनिकाल लगाउला !!
भगवान् गणेशकाे बाहन भनेर पूजा
नगरियाेस्,
गणेशका बाहन त निर्जीवमात्र हुन्
सजीव मुसाले प्लेग भित्याउला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *