तिहार/बलिहाँङ तङनाम लिम्बु संस्कृति नभएको ठहर (पुरा भिडियो सहित)


गत २३ अक्टोबर/६ कार्तिकका दिन बृहत जुम भर्चुवल अन्तरक्रिया कार्यक्रममा लिम्बु अग्रजहरुले तिहारको बारेमा मुन्धुममा नभएको, ४०/४१ बर्ष अघि सम्म लिम्बु गाँउ समाजमा भाईटिका नलगाउने गरेको बताएका छन ।

किरात याक्थुङ चुम्लुङ, संघीय परिषदद्धारा आयोजित बलिहाँङ तङनाममा आदिवासी लिम्बु समुदायले के गर्ने के नगर्ने विषयक अन्तरक्रियामा संस्कृति अध्येता येहाङ लावती, नन्द कन्दङवा, डि.बी. आङबुङ, दिलेन्द्र कुरुम्बाङ, राम मादेन लगायत दर्जनौले बहसमा सहभागिता जनाएका थिए ।

राजा बलिराजको बारेमा प्राप्त कथा अनुसार उनी लिम्बु नभएको र लिम्बु भाषामा ब नआउने भएकोले राजाको नामबाटै उनी लिम्बु नभएको दाबी सहभागी कुरुम्बाङले गरे । वक्ता आङबुङले तिहारको भाईटिकालाई माङगेना पुजामा विकास गर्न सके यो चाडलाई अपनत्व गर्न लायक हुने बताए । अर्का वक्ता लावतीले २०३८ साल अघि सम्म पाँचथरका लिम्बुहरुमा भाईटिका लगाउने चलनै नभएको र लिम्बु मुन्धुममा चेली माइती बीच फूल साटासाट गर्ने चलन नभएको, किन की फूललाई यौवनको रुपमा लिने बताए ।

बलिहाँङ तङनामलाई कसरी मनाउने भन्ने अन्तरक्रियामा अन्ततः देउसीमा भट्टाउदा आउने राजा बलिराज लिम्बु संग सम्बन्धित नभएको, मुन्धुममा पनि बलिराज÷बलिहाँङ बारेमा नभएको र चेलीमाइती बीच फूल साटासाट गर्नु अशुभ हुने मुन्धुममा भएकोले तिहार चाड नै लिम्बुहरुको नभएको निष्कर्ष नजिक पुगे । नेपाल र नेपाल बाहिरबाट भर्चुवल जुमको अन्तरक्रियामा जोडिएकाहरुलाई चुम्लुङ संघीय परिषद केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेलाले स्वागत गरेका थिए भने संघीय अध्यक्ष प्राध्यापक प्रेम येक्तेनको सभापतित्व रहेको कार्यक्रमलाई महासचिव निरन्ती तुम्बापोले संचालन गरेकी थिइन ।

बास्तवमा को थिए त बलिराज टेक बहादुर थापाको खोज सुन्नुहोस >>

Leave a Reply

Your email address will not be published. Required fields are marked *