चुरोट सल्काउने केटो मनपर्छ – अलका मल्ल

चुरोट सल्काउने केटो मनपर्छ
भन्थिन् एउटी मेरी सङ्गिनी
चुरोट सल्काएर कम्मरमा हात
ठाँटिएर हिंड्ने केटो मनपर्छ ।

अलका मल्ल

जमघट हुंदा चुरोट सल्काउन
माचेस कोरेको केटो मनपर्छ
चुरोटको धुवाँले फुरुरु आकार
बनाउँदै आकाश उडाउने त्यो
चित्रण मनपर्छ भन्थिन् सङ्गिनी ।

धन सम्पत्ति केही चाहिंदैन
तर चुरोट सल्काएर हिंड्ने
ह्याण्डसम केटो चाहिन्छ
भन्थिन् मेरी उही सङ्गिनी ।

जीन्स पाइन्ट, टिसर्ट ढल्काको
हल्का जुँगा छाटेको, छोटो कपाल
जिप कार होइन ठाँटिएर हिंड्ने
ह्याण्डसम काले केटो मनपर्छ ।

चुरोटको एक खिल्ली सल्काउँदै
निःसन्देह, निस्फिक्रि आनन्द लिने
प्रकृति संग रमाउने सपनाको हिरो
जो पैदल यात्रामा रमाउँछ
उही मन पर्छ भन्थिन् सङ्गिनी ।

– काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *