मास्टर मित्रसेन थापालाई सम्झेर – मोहन आचार्य जलद/इन्द्रेणी शर्मा

सङ्गीत कला साहित्य हाम्रोे कदापि भुल्दैनौं
मुग्लानी यात्रा रहेता पनि श्रृजना भुल्दैनौं
नेपाली हामी संस्कृति उच्च सङ्गीत सुन्दैछौं
सृजना राखी आनन्द बोकी इमान खोज्दैछौं ।

साहित्य हाम्रोे कला र काव्य भावना खोजेर
अमूल्य हुन्छ संस्कृति हाम्रोे सृजना रोजेर
कलामा हुन्छ संस्कार राम्रो सङ्गीत साहित्य
यो बिना रून्छ मानव दिल सुकेर लालित्य ।

हे मित्रसेन ! बाग्लुङे कवि सङ्गीत जगायौ
मानव चोला सङ्गीत भर्दै चेतना मिलायौ
भुल्दैनौं तिम्राे सम्झना याद सङ्गीत संसार
अपार गाथा रचियो कति गर्दैछु बिचार ।

सर्जकसामु लेख्दैछु पत्र श्रृजना अर्पण
आभारी हुदै पोख्दैछु दिल भावना दर्पण
सुन्दैछौं आज जयन्ती तिम्राे गरेर सम्झना
आदर्श हुन्छ सर्जक सामू बुझेर चाहना ।

मुग्लानी बाटो हे मित्रसेन सम्झाई सङ्गीत
भावना बाधी आत्माले साची बुझाई अतीत
जलद आज श्रृजना राख्दा हजुरको गरिमा
सबैमा बिदा हुँदैछु मित्र साहित्य महिमा ।

आजको दिन संझना तिम्राे हेरेर श्रृजना
प्रस्तुत गरे गौरव गर्दै यो मेराे भावना
आखिरी सबै राख्नुछ कृति विचार महान्
बागलुङे कवि ! सम्झेर राख्नु आदर्श बिहान

जन्म बाग्लुङ
देवचुली नवलपुर
हाल: बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *