पल्टन घर र बाहिर अनुभवको संगालोः पल्टनेको फोटो – कृष्णकुमार हेम्ब्या

​नेपाली साहित्यमा रक्षकुमार राई एक पुराना सिद्धहस्त लाहुरे स्रष्टा हुन । चार दशक अधिदेखि गोर्खा सेनाद्धारा प्रकाशित पर्वते पत्रिकामा निरन्तर कविता कथा लेख्दै आएका उनि पल्टनको तारेकाँड नाघेर नेपाली सहत्यिको मूलधारमा सफल्तापूर्वक अवतरण गरिसकेका छन । रक्षले ‘शहीदकी आमाको लास’, बालुवामा अर्को नेपाल (कथा संग्रह), ‘देश दुःखेको छ, ‘सालिक उभिएर गोर्खाली ‘नव चेतना ग्रह र ‘पोइट इन् किलिङजोन’ (कविता संग्रह) जस्ता उत्कृष्ट सृजनाहरू जन्माएका छन् ।

‘पल्टने फोटो’ पल्टन घर भित्र र बाहिर रक्षका आफ्नै अनुभवहरूको संगालो हो । र, उनले पल्टने फोटोलाई ‘डायस्पोरिक युद्ध कथा’ नाम जुराए । टीनएज नकाट्दै लाहुरे बनेका श्रष्टाले लामो जीवन भोगाई क्रममा आफूले देखेका/भोगेका अनेकौं यथार्थ घटना र अनुभवलाई इमान्दारीपूर्वक उतार्न प्रयास गरेका छन ।

पाठकको आँखाले रक्षको कथा पल्टनघर र बाहरि दुई आधार क्षेत्रमा छुट्याएर हेर्न सकिन्छ ।

पल्टन घर
आत्मभत्र्सना, अहंकार, गृहबन्दी, पुरुष बेश्यालय, पल्टनेको फोटो, छुटेको साथी, राईफम्यान यवाहाङ, गोरखा, मेरेको बाघ पल्टन घरभित्रका घटनाहरु समावेस छन ।

एउटा लाहुरे गोरेनीसंग सल्केपछि भरखरै बिहे गरेर गाउँमा छाडेकी निर्दोष नुमाको इमान्दिरीमाथि एकोहोरो निर्मम प्रहार हो । ‘आत्मभत्र्सना’ पूर्व युगोस्लाभियामा जातीय युद्ध त्रासदीमा एउटा भोकी बालिकाले ग्रिनेटसंग खानेकुरा साटेको दर्दनाक कथा छ ‘अहङकारमा’ । पुरुष ‘बेश्यालय’ रिक्रुट तालिममा नयाँ सपिाहीलाई रण्डीको दर्जासम्म गरिने दुरव्यवहार गरिदै आएको पल्टन घरमा सयौं वर्षदेखि चल्दै आएको घीनलाग्लो परिदृश्यका पटाक्षेट छन भने भरखरै बिवाह गरेर गाऊँमा छोडेकी जवान स्वास्नी र लाहुरे घर प्रदेश जोड्ने काम ‘पल्टनेको फोटोले’ गरेको छ । छियामा सिकुवाको खाटमा सुत्ने निहुामा त्येही झुण्डिएको पल्टने फोटोमा पल्टने फोटोमा रातदिन लुकामारी खेल्छिन । कथामा किरात सौन्दर्य चेतनाको प्रचुर प्रयोग भएका छन । लोभलाग्दा मौलिक बोलीचाली, खानपिन र किरात मुन्धुम र मिथक कलात्मक ढंगले राखिएको छन ।

दुई पक्षबीच घमासन गोली हानाहान चल्दा साथैको सहकर्मि दुश्मनको गोली लागेर ढल्दा युद्धमा देखिने सबैभन्दा डरलाग्दो तस्वीर हो ‘छुटेको साथी’ । गोर्खा ब्रिगेड हङकङ हुंदा गोर्खा सिपाही त्यहाँको फिलिपिनो तरुनीसंग डिस्को र बार्वेवक्यु भेलामा वसेको अन्धो प्रेम एक किसिमको स्वास्नी अधिनस्त अपमान र दासी जीवन भोगाईको परिदृश्य देखिन्छ ‘बत्ती निभेपछि’ मा । सन् २००० भन्दा अघि लामो समय गोर्खा पल्टन बस्ने एकमात्र क्युन्स इलिजावेथ ब्यारेक भित्रका एक्लो जीवनको पीर विसाउने भट्टी पसलका पात्र ‘राईफलम्यान यवाहाङ’ म आफैजस्तो लागो ।

‘गोरखा’ आफैमा उत्कृष्ठ कथा बनेको छ । गृहयुद्ध फसेको युगोस्लाभियामा एउटा भुस्या कुकुरको छाउरोलाई एक अंग्रेज महिला सिपाहीले गोरखा नामदिएर हुर्काउन्छिन । यो कथा ब्रिटिश राज निर्माणमा गोर्खा सेनाको महत्वलाई उजगार गर्न खोजिएको छ । गोर्खा पल्टनभित्र अधिकृत र सिपाहीबीचको अन्तरदन्द कला र बिषय वस्तुका हिसावले ‘मरेको बाघ’ एउटा राम्रो कथा हो । पल्टनमा गितांगे, कविहरु मन पराइन्न । जमनाको रोमन गोर्खालीमात्र पढेका अफिसरलाई गोली हान्ने RANGE मा ‘रांगे’ को मिठो व्यंग छ । यसमा लेखकको आफ्नै जीवन भोगाईको कथाजस्तो छ ।

पल्टनघर बाहिर
मेरी स्वँस्नीको लोग्ने, टोप पाइपरको एक साँझ, बधशालामा बुढो मजदूर, वक्ती निभेपछि, अष्ट्रियाकी फूल, सहरको केटो, बाटोको ढाकार र केयर होम पल्टघर बाहिरका छन । बक्ती निभेपछि हङकङ, सहरको केटो र बाटोको ढाकार नेपाल र बाँकी पाँच कथाका जग रक्षका आफ्नै कर्मभूमी बेलायत हो ।

जार काट्ने संस्कृतिमा हुर्केको किराती केटो । एउटा गाँवर स्वास्नी बेलायतमा आएर गोरासंग सल्केपछि यहाँको कानुन र कल्चरसामु लाचार भई आफै परिश्रममा अर्जेको घरबाट बाहिरनुको मनोदशालाई ‘मेरी स्वास्नीको लोग्नेसंग’ पहिलो कथा हो । यहाँको कानुन र संस्कृतिले निचोर्दै गएको नेपाली डाइस्पोरिक समाजको निक्रिश्ट आवरणलाई रक्षले शानदार प्रस्तुत गरेकाछन ।

‘टोम पाइपरको एक साँझ’ मा बेलायतीहरु रक्सी भट्टीमा लगाउने मायालाई कथाकारको आफ्नै रंगीविरंगी शैशवकालतिर फर्कन्छन । गाईको गोबरको गन्धमा आमाको मायाको सुभाष खोज्ने एउटा पात्र यहाँको भट्टीमा रक्सी र सुन्दरातलाई हेर्ने संस्कृतिको तराजुमा जोख्न प्रयास गरिएको छ । शहरको महलमा एक्लो जवान महिलाको जवानी निस्सारता, शून्यता र रिक्तता ‘गृहबन्दी’ मा छछल्किएका छन । यो आधाभन्दा धेरै जीवन पर्खाईमा वसेका आम लाहुरेनीको पीडा हो ।

‘वधशालाको बूढो मजदुर’ मा अनमोल संस्कृति भएपनि समान दुखले एक बृद्ध बेलायती र युवा नेपाली मजदूरबीच एक ठाऊँमा उभिन्छन । महंगी, दर्जनौं कर प्रणाली र महशुल बुझाएर हैरान यहाँको नागरिक मर्ने बेलासम्म काममा खटिनु पर्ने वाध्यता छ ।
‘अष्ट्रियाकी फूल’ कथा भन्दापनि रक्षको संस्मरण जस्तो लाग्छन । लण्डनको एउटा सांस्कृति कार्यक्रमको भट्टीमा अष्ट्रियाबाट शैक्षिक भ्रमणमा आएकी नवजवान युवती (साल्भिया) संगको अचनाक भेटपछिका पुरानो प्रेमिल पलहरुलाई स्रष्टाको आफ्नै फल्यासब्याक हो अष्ट्रियाको फूल । साल्भियालाई गामघर भाउजुकी बहिनी सोल्टेनीको छनुवा तैबुहाङ डबकी किराती फ्लेभर फाइन्छ । समस्त मानव सभ्यतालाई बदल्ने औद्योगिक, कृषि, सांस्कृति अनेक क्रान्ति सम्पन्न गर्ने बेलायतको गौरवलाई विस्तारै बाहिरियाले चिथोर्न थालेको अष्ट्रियाको फूलमा छन ।

सहरबाट पढ्न आएका एकजना लाहुरेको छोरो पहाडको स्कूलमा पढ्न गएर गाउःँको मान्छेलाई उल्लु बनाएको धराने गफाडीको चित्रण छ ‘सहरको केटो’ औशत कथा हो । दन्द्कालमा सेना र बिद्रोही माओबादीको दोहोरो मारको परिणामले अभिभावकबिहिन एकजना बालभरीयाको दर्दनाक कथा हो ‘बाटोको ढाकार’ ।

एउटी केयर होम नेपाली सेवीकाले आफ्नो जागिरमा भोगेको लामो फेरहिस्त समावेस छन ‘केयर होम’ मा । बेलायातमा जति सम्पन्न भएपनि पाका उमेरमा छोराछोरी वा कुनै परिवारका सदस्यको साथमा बस्ने चलन छैन । अर्वपति, मगन्ते, अभागी, कपटि, पागल, दयालु अर्धचेत, अन्तरमुखि, नस्लवबदी, यौन पिपासु जेजस्तो कर्म गरेपनि मुत्य पर्खि बस्ने अन्तिम प्रतिक्षालय केयर होम मानसिको जीवनको दैनिकी कथा नभएर बेलायती समाजको यथार्थ चित्रण हो ।

पात्र आफै
रक्षका सत्रैवटा कथा लेखकका आफ्नै कथाजस्ता लाग्छन । म भए यसलाई आत्मकथा, संस्मरण वा अरु कुनै नाम दिन्थे । किनकि कथाका विषयवस्तु, यसले ओगेटाको परिवेश, कथाका पात्र र चरित्रहरु कल्पनाशीलता भन्दा स्वयम् कथाकारका यथार्थ जीवनका लोभलाग्दा भोगाईहरु समेटिएका छन ।

विषयवस्तु छनौट, शब्द चयन, भाषा, शैली स्वरुप र प्रयोग, दृष्टिबिन्दु, साहित्य चेत उच्चकोटि र कथाका प्लटहरु शानदार छन । केही कथालाई बीटमार्दा मेहनत नपुगेजस्तो लाग्छन । ठाऊँ ठाउँमा कथाकार आफ्नै कुण्ठा निराशा, आवेग, पूर्वाग्रहहरु पोख्छन । धेरै लाहुरे लेखक खासगरी आफू इतिर समुदायका मन नपरेका व्यक्तिका नाम र आर्मी नंबर तोकेरै लेखिएका कथादेखि उपन्याससम्म आफैले पढेको छु । रक्ष आफू इतिर समुदायकालाई कमजोर पात्रकोरुपमा प्रस्तुत गर्दै नाम नतोकी उम्कने प्रयास गरेका छन । पुस्तकको पानामा व्यक्तिको कुण्ठा सामाजिक सञ्जालमा नेताको चरित्रलाई दुत्कार्नुसंग दांजेंर मूल्यांकन गर्नु सफलताको बहादुरी देखाउनु अशोभनीय हुन्छ ।

निसन्देह अब रक्ष चानचुने स्रष्टा रहेनन । उनको ‘पोएट इन किलिङजोन’नामक कविता सङ्ग्रहभित्र रहेको ‘राईफलम्यान’ शीर्षकको कविता त्रिविको बीएड चौथो वर्षको भाइबहिनीले पढ्दैछन । चार दशकदेखि बन्दूक र कलम संगसगै खेलाउदै आएका रक्ष अझै युद्धविरामको छनक देखाएका छैनन । सोध, खोज, अध्ययन, अनुसन्धान र चिन्तनमा कहिल्यै नथाक्ने रक्षको युद्ध सौन्दर्य चिन्तन’नामक दर्शन तथा चिन्तनमा आधारित अर्को बृहत् अनुसन्धानमूलक कृति हामीसामु आएको छ ।

आफूले देखेका र भोगेका घटनालाई अक्षरमा उर्तानु माहिर स्रष्टाको अर्को नाम हो रक्षकुमार राई । पल्टने फोटो देश प्रदेश सिंगो समाजको चित्र हो । समय र समाज विकासका बहुआयमिक पक्ष र तत्कालिन परिस्तिथिको बिश्लेषण गर्नसक्ने तागतकै कारण रक्ष सफल कलमी बने । बन्दै छन ।

प्रस्तुतिः कृष्णकुमार हेम्ब्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *