प्रेम उत्तर – संजिब पारदर्शी
[nk_awb awb_type=”image” awb_image=”345″ awb_image_size=”full” awb_image_background_size=”cover” awb_image_background_position=”50% 50%”]
कान्छी
प्याउले पल्टिदै सोधेकी थियौ
“म बिनाको तिमी कस्तो हुन्छौ ?” भनेर
त्यो प्रश्न सुन्नु र फाँसिको डोरी
घाटिमा लाउदै गर्नु
उत्तिकै कस्टकर कान्छी मेरो लागि
त्यो प्रश्न सुन्ने हिम्मतनै छैन मसँग
तर तिमिप्रतिको मायाले गर्दा
अनुत्तरित राख्न सकिन तिमीलाई
बिहान सूर्यले उदाउन अस्विकार गर्यो भने
रातमा जून हराएर गयो भने
सोच कस्तो हुन्छ संसार ?
ताप नपाएर सबै प्राणी ठहरै
बनस्पती सुकेर खङ्रँगै
अन्धकारमा सबै गन्तब्यबिहिन
अँ तिमीबिनाको म त्यस्तै हुन्छु
अर्थबिहिन, आसाबिहिन, गन्तब्यबिहिन
पानी नभए माछिलाई के हुन्छ ?
सुर्य नभए जुन कस्तो हुन्छ ?
अँ तिमीबिनाको म त्यस्तै हुन्छु
बेसहारा, पागल, अन्धकार
धागो चुडिएको चङ्गा कस्तो हुन्छ ?
असिनाले चुटेको फुल कस्तो हुन्छ ?
हो म त्यस्तै हुन्छु
बेवारीसे, अलपत्र, दयनिय
भो छाडिदेउ अब यस्ता प्राणघातक प्रश्नहरु
आज प्रेमदिबस
खोलेर आउ अंगालो
बेर मलाई गोलकाक्रिलेझैँ
बर्साइदेउ मेरा सरिरभरि तिम्रा लोभलाग्दा
ओँठका मायालु डामहरु
खोली रहरका भोटेताल्चा
बर्षाउ ममाथि प्रेमको असिनापानी
तिम्रो मायालु प्रकाशलेमात्र
मेरो खुशीको जुन टल्किन्छ
तिम्रो साथको अक्सिजन पाएर मात्र
मेरो सफलताको ढुकढुकी चल्छ
तिमी मेरो खुशी हौ, सन्तुस्टी हौ
लक्ष्य हौ, जित हौ
तिमीबिना म रित्तो रित्तो
तिमीबिना म निर्जिब
छाड ति प्रश्नहरु
आज प्रेमदिबस
आउ मेरो बाहुपासमा
छातीमा टाँसी तिम्रो अधर चुमेर
आँखा चिम्म पारी भन्छु
मेरी कान्छी मेरी रानी
आइ लभ यु ।
[/nk_awb]
Wou wou Nice expression