अहङ्कारको अधमरो लाश – भुवनकुमार वाग्ले
नवकिशोरका आवाजहरु,
नरपिशाचका गोलीहरु
रगतका धर्साहरु,
कलेज पोसाकमै ढलेका लाशहरु
पब्लिकको आक्रोशका आवाजहरु
आगोका लप्काहरु
नोटका खरानीहरु
पग्लेको सुनका ढिक्काहरु
रसाएका आंखाहरु
रोएका मनहरु
सीमा वारी सीमापारी

तर यत्रो आगोमा पनि
आधा जलेका भ्रस्टका अहङ्कारहरु
अझै नजलेको देखेर
म दुबईमा तेलका कुवाहरुमा
पेट्रोल लिन ग्यालेन लिएर जादैछु
यी अधमरा अहङ्कारहरुलाई
फेरि फिनिक्स झै नउठ्ने गरी
शेष पार्न चाहन्छु।
हे जेन्जी भतिजा भतिजीहरु
युवाहरू, अधबैसेहरु
परालका मुठाहरु लिएर आउ,
हरियो बांसका ठाडाहरु लिएर आऊ,
घोच यिनका मुटु
फोर यिनका खप्पर
ताकि यीनको खरानीबाट
नयां पालुवाहरुसहितका
निर्दोष निष्कलङ्क
फुलहरु फुलेर
मीठो सुवास
मेची काली हिमाल मधेस
सर्वत्र फैलियोस।
– धनकुटा ५, हाल दुबई युएई







Thank you
Super cha aakha bata aasu aaye
भने पछि लागेछ वाग्ले ज्युलाई त्यो अर्धसंम्हार यी नै जेन्जीका भाइ बहिनिहरु गर्दा भयको यश कुनै घुषपैठ भयकै हैन र अब प्रति आदेश दिंदै बांकी जो र जे छन् सारा निमटान्न पार !! वहाँ!! यसो गहन र स्थिर भयर सोधचच विचार गर्दा कतै तिनै घुषपैठ का महा नाईके हजुर नै त हैन ??? भन्ने प्रतिप्रस्न ले जन्म लियको छ मेरो मनसपटलमा। ईसारा दिनु हुन्छ कि उत्तर;; प्रतिक्षामा छु। धन्यबाद।। आंखीझ्याल युएई।।