कुइभिर क्षेत्रका लेमलेममाहरू (मिथक)- प्रवीण पुमा
आदिमकालमा कुइभिर क्षेत्रका बालबच्चाहरू दिनदिनै हराउन थाल्यो । एक दिन एउटा बालबच्चा हरायो । अर्को दिन फेरि अर्को बालबच्चा हरायो । यसरी बालबच्चाहरू हराउन थालेपछि त्यो गाउँमा ठूलो डर र त्रास फैलियो । घरघरमा चिन्ता छायो । आमा–बाबुहरू आफ्ना बालबच्चाको सुरक्षालाई लिएर डराउन थाल्यो । बालबच्चा हराएको घरमा रुवाबासी चल्यो । रात परेपछि घरबाहिर निस्कनसमेत डर लाग्न थाल्यो ।
त्यसपछि त्यहाँको मानिसहरू भेला भएर गाउँकोे बालबच्चाहरू हराएको विषयमा सभा बस्यो । बालबच्चाहरू कहाँ गयो र राति कसले लगेर जान्छ भन्ने कसैलाई थाहा थिएन । आफ्ना बालबच्चाको सम्झनामा आमा–बाबुहरू रोइरहेको थियो । त्यो अज्ञात डरले गाउँका सबै मानिसको मन भरिएको थियो ।
त्यो सभाको निर्णयअनुसार त्यही गाउँकोे एक माङपा¹लाई एउटा कर्द दिएर ढोलभित्र राख्यो । त्यो कर्दलाई ढोलभित्र लुकायो । ढोललाई छालाले मोरेर घरबाहिर नै झुन्ड्यायो । त्यो रात गाउँभरिको आ–आफ्नो बालबच्चाको राम्रो हेरचाह गरेर घरभित्रै राख्यो । रात परेपछि घरका ढोका बन्द भयो । आमा–बाबुहरू आफ्ना बालबच्चालाई काखमा च्यापेर बस्यो । बाहिरबाट सानो आवाज आउँदा पनि सबै झस्किन्थ्यो ।
राति लेमलेममा²हरू आएर गाउँभरिको बच्चाहरूलाई खोज्यो । घरघरमा खोज्यो । तर, एउटै पनि बच्चा भेटेन । त्यो लेमलेममाहरू घुम्दैघुम्दै माङपाको घरमा पुग्यो । त्यहाँ पनि बच्चा भेटेन । रात छिप्पिसकेको थियो । उनीहरू निराश हुँदै फर्किन्दै थियो ।
त्यही बेला माङपाले “ढुङ…ढुङ…” पार्दै ढोल बजायो । सुनसान रातमा ढोलको आवाज गुञ्जियो । लेमलेममाहरू फेरि आवाजतिर आयो । ढोलको वरिपरि यताउता हे¥यो । बच्चा कतै लुकेको छ कि भनेर खोज्यो । तर, बच्चा भेटेन । फेरि फर्किन लाग्दा माङपाले ढोल बजायो । यसपल्ट पनि ढोलबाहेक केही देखेन ।
तेस्रोपल्ट “ढुङ…ढुङ…” को आवाज सुनेपछि त्यो लेमलेममाहरूले ढोलभित्र मान्छे भएको विश्वास ग¥यो । अब बच्चा ढोलभित्रै छ भन्ने लाग्यो । त्यो ढोललाई नै बोकेर लग्यो । माङपा ढोलभित्र चुपचाप बसिरह्यो । उसको ज्यान त्यही ढोलसँग जोडिएको थियो । बाहिर निस्कने कुनै उपाय थिएन ।
लेमलेममाहरूले त्यो ढोललाई कुईभीर³को ओडारमा पु¥यायो । तर, ढोललाई ओडारभित्र छिराउनु सकेन । ओडारको बाटो साँघुरो थियो । ढोल ठूलो थियो । लेमलेममाहरूले ढोललाई तान्यो । धकेल्यो । घुमायो । तर, ढोल ओडारभित्र छिरेन ।
त्यो ढोललाई ओडारभित्र छिराउने क्रममा लेमलेममाहरूले “युन्पा–युन्पा” भन्दा ढोललाई “तलतल”, “थोङमा–थोङमा” भन्दा “माथिमाथि”, “ओह¥यात्नी–ओह¥यात्नी” भन्दा “यता–उता”, “तोह¥यात्नी–तोह¥यात्नी” भन्दा “उताउता” लान्थ्यो । ढोललाई तल–माथि, यताउता, अगाडि–पछाडि घुमाउँदा–घुमाउँदै उज्यालो भयो ।
रात बितिसकेको थियो । लेमलेममाहरू थाकिसकेको थियो । माङपा भने ढोलभित्रै मृत्युको डर बोकेर चुपचाप बसेको थियो । अन्त्यमा लेमलेममाहरूले ढोललाई ओडारबाहिर नै राखेर ओडारभित्र गयो ।
माङपाले बिस्तारै ढोलको ताललाई कर्दले छेड्यो । ढोलबाट बाहिर निस्कियो । ओडारभित्र हेर्दा लेमलेममाहरू मस्त निदाइरहेको थियो । उनीहरूलाई केही थाहा थिएन । त्यो मौका पारी माङपा भागेर घर पुग्यो ।
त्यो महिला लेमलेममाहरूले बालबच्चाहरूलाई मारेर खान्थ्यो । त्यसैले बालबच्चाहरूको लागि ती लेमलेममाहरू ठूलो भय थियो । तर, पुरुष लेमलेममाहरूले भने बालबच्चाहरूलाई आÇनो श्रीमतीहरूबाट जोगाउँदै मुन्दुमी विद्या सिकाउँथ्यो । त्यसरी बालबच्चालाई मुन्दुमी विद्या सिकाउँदा हरियो बत्ती बालेर एकोहोरो रूपमा ढोललाई “ढुङ…ढुङ…” पार्दै बजाउँथ्यो ।
मुन्दुमी विद्या सिकाइसकेपछि उक्त बालबच्चालाई जहाँबाट लगेको थियो, त्यही ठाउँमा पु¥याइदिन्थ्यो । पछि त्यो बालबच्चा माङपा हुन्थ्यो । त्यसरी बाल्यकालमा सिकेको मुन्दुमी विद्या उसको जीवनसँग जोडिन्थ्यो ।
(स्मरण रहोस् पुरुष लेमलेममाले लगेर १०÷१५ दिनपछि घर फर्काएको बच्चा अहिले पनि पुमासोहोनमा छँदै छ ।)
घरमा पुगेपछि माङपाले लेमलेममाहरूको बारेमा सबै कुरा गाउँलाई बतायो । बालबच्चाहरू कसरी हराएको थियो र लेमलेममाहरू कहाँ बसिरहेको थियो भन्ने कुरा गाउँलेहरूले थाहा पायो । फेरि गाउँमा डर फैलियो । अब लेमलेममाहरूलाई त्यत्तिकै छोड्न नहुने भयो ।
त्यसपछि माङपाको नेतृत्वमा सुकेको अकबरे खोर्सानी, आगो, खुँडा, खुकुरी, बन्चरो र बन्दुक आदि हातहतियारहरू लिएर सबै गाउँलेहरू कुइभीरको ओडारमा पुग्यो । सबैको मनमा डर थियो । तर, हराएका बालबच्चाहरूको सम्झनाले उनीहरू पछि हटेन ।
कुइभीरको ओडारमा गाउँहरूले मिलेर कसैले आगो बाल्यो । कसैले अकबरे खोर्सानीलाई डढाएर धूवाँ लाउनु थाल्यो । कसैले हरियो रूखको सेउला काटेर त्यो खोर्सानीको धूवाँलाई लेमलेममाहरू बसेको ओडारभित्र छिरायो । धूवाँ बाक्लिँदै गयो । ओडारभित्र छटपटी र चिच्याहट सुनिन थाल्यो । बाहिर उभिएका गाउँलेहरू पनि त्यो आवाजले झस्किन्थ्यो ।
त्यो खोर्सानीको धूवाँले लेमलेममाहरू निसासिएर ओडारभित्रै म¥यो । केही बाँचेकोे लेमलेममाहरूलाई पनि गाउँलेहरूले बन्दुकले हानेर मा¥यो । बन्दुकको आवाज ओडार वरिपरि गुञ्जियो । त्यसपछि ओडार फेरि सुनसान भयो ।
त्यसरी लेमलेममाहरूलाई मारिसकेपछि त्यहाँकोे गाउँलेहरू आनन्दले बस्यो । गाउँमा रहेको डर केही कम भयो । तर, सबै बालबच्चा फर्केर आएन । हराएको बालबच्चाको पीडा कतिपय घरमा बाँकी नै रह्यो । त्यसैले गाउँको खुसीभित्र पनि दुःख मिसिएको थियो ।
तर, त्यहाँकोे एउटा लेमलेममा भने आÇनो बच्चासँग अघिल्लो दिन नै कुइभीरको ओडारबाहिर घुम्नु गएको थियो । त्यसैले ओडारभित्र भएको घटना उसले देखेन । भोलिपल्ट्ट त्यो लेमलेममा आÇनो ओडारमा आउँदा सबै परिवार मरेकोे भेट्यो ।
ओडार सुनसान थियो । आफ्नो परिवारको कुनै आवाज थिएन । आफ्ना मानिसहरूलाई मृत अवस्थामा देखेर त्यो लेमलेममा धेरै रुयो । करायो । परिवारलाई बोलायो । तर, कसैले उत्तर दिएन । मरेको लेमलेममाहरू व्युँतिएन ।
त्यो लेमलेममाले आफ्नो दूधे बालकलाई काखमा चेपेर परिवारलाई हेर्दै धेरैबेरसम्म रोयो । काखमा बालक थियो । अगाडि मृत्यु थियो । आफ्नो परिवार गुमाएको पीडा एकातिर थियो । दूधे बालकको भविष्य अर्कोतिर थियो । त्यहाँ बसिरहन पनि सकेन । आफ्नो परिवारलाई त्यत्तिकै छोडेर जान पनि मन मानेन ।
अन्त्यमा त्यो लेमलेममाले आÇनो दूधे बालकलाई काखमा चेपेर विरहमा रुँदै–रुँदै दूधकोसीको तीरैतीर उत्तर हिमालतिर गयो । कहिले पछाडि फर्केर हे¥यो । तर, फर्केर जाने ठाउँ थिएन । आफ्नो घर थिएन । आफ्नो परिवार थिएन । पछाडि मृत्यु र उजाड ओडार मात्र थियो ।
दूधकोसीको तीरैतीर हिँड्दा उसको रुवाइ नदीको आवाजसँग मिसियो । काखमा दूधे बालक थियो । आँखामा आँसु थियो । मनमा परिवार गुमाएको पीडा थियो । ऊ रुँदै–रुँदै उत्तर हिमालतिर लागिरह्यो ।
यसरी एउटा परिवारको अन्त्य भयो । एउटा दूधे बालक आमाको काखमा बाँकी रह्यो । भय, त्रास, मृत्यु, वियोग र करुणाले भरिएको त्यो लेमलेममाको यात्रा दूधकोसीको तीरैतीर उत्तर हिमालतिर अघि बढिरह्यो ।






