तुवाँलो— तुलसी दिवस

समय पग्लेको
तरल साँझको दहमा
अचेल म
उज्यालो असुरक्षित भेट्छु
सूर्य आहाल बसेर हो कि
प्रकाश पनि क्रमशः
धमिलिँदै गएको देख्छु
तुवाँलो लागेर होला
दिनको आँखा पनि

कवि तुलसी दिवस


फूलो परेको देख्छु
समय पग्लेको
तरल साँझको दहमा
अचेल म
उज्यालो असुरक्षित देख्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *