मुन्ठाइको सगुन – टेक बहादुर थापा

खस जातिले गाउने मष्टको फाग (गीत)

सगुन बोल, निका भला,
सगुन बोल,निका बोल्या |
पैल्ली सगुनु बोलु मुन्ठाइ देवाइको,
दोसरो सगुनु बोलु मालीका माताइको ||

मन्धालोगका मष्ट गोसाइ,
तमिकै पाउमा शिर झुकाइ |
फुल, पानीको वली चढाइ,
मष्टा देबाइको भयो पूजाइ ||

गायो मङ्ङल गावन्ती ,
सुबा लच्छिन वोलन्ती |
चलिआया विरस्पती,
चलीआया गणपती ||

जसरी मन झुक्दछ आरमणमा ,
तसरी नै झुक्यौ तमीको शरणमा |
मङङल गरिदेउ हामी मुन्ठाहरुमा ,
तमिकै खटन चल्छ लोगमा ||

अग्नी जगाइ, दियो जलाई ,
दइ, घिय,दुध चढाइ |
गायो मङङल गावन्ती ,
शुभदाहिना भया गणपती ||

मन्धालोगका मष्ट गोसाइ ,
तमिकै पाउमा शिर झुकाइ |
पुकार गरिउ तमिको शरणमा आई,
करुणा गरिदेउ हामी मन्ठालाई ||

सगुन बोल, निका भला,
सगुन बोल,निका बोल्या |
पैल्ली सगुनु बोलु मुन्ठाइ देवाइको,
दोसरो सगुनु बोलु मालीका माताइको ||

समाप्त |

Leave a Reply

Your email address will not be published. Required fields are marked *