के हो हाइकु र कसरी लेखिन्छ?
जापानी साहित्यमा विकास भएको विधा हो हाइकू । जम्मा १७ अक्षरमा सम्पूर्ण अभिव्यक्ति दिइसक्नुपर्ने कविताको सानो रूप नै हाइकु हो । यसको त्रिपदी संरचनामा ५ं७ं५= १७ अक्षर हुन्छन् । पहिलो हरफ ५ अक्षरको, दोस्रो हरफ ७ अक्षरको र तेस्रो हरफ ५ अक्षरको गरी जम्मा तीन हरफमा यसको रचना गरिन्छ । ‘हाइकु’ छोटो तर खँदिलो रचना हो । यसमा विशाल भाव वा विषयलाई पनि अत्यन्त सङ्क्षेपमा प्रस्तुत गरिन्छ । त्यसैले ‘हाइकु’ गहन र प्रभावकारी हुन्छ । हाइकुका लागि शीर्षक अनिवार्य छैन ।
सुरुका ५ अक्षर: विषयको उठान
बिचका ७ अक्षर: विषयको विम्बात्मक विस्तार
अन्त्यका ५ अक्षर: विचारको तार्किक समापन
नमुना ४ हाइकू:
ऐना हेरेर
लाऊ माया लाउनेले
धोको फेरेर । (प्रसिद्ध लोकगीत)
काँचो कटर
जाऔँ हामी पोखरा
रोक मोटर । (प्रसिद्ध लोकगीत)
कालो छायामा
आन्दोलित पालुवा
ताक्छ मुकुट ।
— चेतनाथ धमला (जनआन्दोलन २०६२ प्रति लक्षित)
बादलसँगै
वायुपङ्खी उडान
बन्धनमुक्त ।
— सोनु गुरुङ (हाइ हाइकु हाइकुसङ्ग्रह)