दुई फरक कविता – इन्द्र नारथुङे

[nk_awb awb_type=”image” awb_stretch=”true” awb_image=”336″ awb_image_size=”full” awb_image_background_size=”cover” awb_image_background_position=”50% 50%”]

१) सुकी प्रति……
सुकी तिमी
मेरो देशकी होइनौ
मेरो जातिकी होइनौ
केही नभएर पनि आफ्नै जस्तो
टाढा भएर पनि नजिकै जस्तो
सायद विचारले जोडेको छ हामीलाई
लोकतन्त्रको उर्ध्वगामी बिचारले ।
सैनिक तानाशाहको कठोर हिरासतमा बसेर
लोकतन्त्र रक्षाका लागि
आह्वान गरिरहेकी छ्यौ, म्यानमारी नागरिकहरुलाई
तिम्रो नेपिदअको सडकमा इन्क्लाब गुन्जिरहँदा
म भने टिलिभिजनको पर्दा अगाडि मुठ्ठी उचालेर सलाम गरिरहेछु
सलाम सुकी, लोकतन्त्रकी मसिहा ।
२) विद्या प्रति……
जुन संविधानले हजुरलाई
राज्यको उपल्लो तहमा सम्मानका साथ पुर्यायो
र, आफ्नो संरक्षण गर्ने जिम्मा दियो
त्यही संविधानको घाँटी निमोठ्ने
प्रधानमन्त्री ओलीको निर्णयमा लाहाछाप लगाइ बक्सेर
सितल निवासमा सुकला होइबक्सिन्छ ।
ख्याल गरिबक्सियोस् महारानी सा’ब
अहिले २०१७ साल होइन
२०७७ साल चलिरहेछ ।

[/nk_awb]

Leave a Reply

Your email address will not be published. Required fields are marked *