साहित्य महासङ्घ पश्चिमा शाखा युकेले १११ औं नारी दिवस मनायो (भिडियो सहित)
लण्डन, ५ मार्च २०२१ का दिन विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखा युकेले १११ औं नारी दिवस भब्यतापूर्वक मनाएको छ ।
नेपालबाट साहित्यकार मोमिला जोशी, कवि विमला तुम्खेवा, डा. सुमाया राई, कलाकार शशि सुब्बा थापा र युकेको पुलिस अफिसर पुष्पा सुनुवारले नारीका भिन्नभिन्नै पाटालाई चर्चा गरेका थिए ।
राजदुतावास लण्डनकी प्रतिनीधि उपनियोग प्रमुख रोसन खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अतिथिहरु एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङ, विश्व नेपाली साहित्य महासंघको केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी लगायत रहेका थिए । बर्तमान सन्दर्भमा नेपाली नारी र नारी दिवसको चर्चा पछि दोस्रो चरणमा झण्डै ३ दर्जन स्रष्टाहरुले सिर्जना बाचन गरेका थिए । पहिलो कार्यक्रमलाई सचिव शान्ति सुब्बाले संचालन गरेकी थिइन भने दोस्रो चरणको कार्यक्रमलाई गोमा राना, लिला सेलिङ माबो, नानु राना लगायतले रोचक ढङ्गबाट संचालन गरेका थिए ।
साहित्य महासंघको आफ्नै फेसबुक पेज लगायत झण्डै एक दर्जन फेसबुक पेज तथा वेभसाइटहरुबाट प्रत्येक्ष प्रसारण गरिएको थियो । कार्यक्रमको सभापतित्व पश्चिमा शाखा अध्यक्ष लालसुन्दर राईले गर्नुभएको थियो । प्रत्येक बर्ष ८ मार्चका दिन विश्वभर नारी दिवस मनाउने प्रचलन रहेको छ ।