जिन्दगीको कायापलट (Metamorphosis): ‘कामरेड’ कथामा – विक्रम सुब्बा
१) कथाको शिर्षक ‘कामरेड’ भएपनि ‘भुपू कामरेड’ भन्न सुहाउँने एक माओवादी लडाकुको जीवनका पटकपटक आईलागेका New Normal जिन्दगीका अवस्थाहरूको सृंखला चित्रित विवरण नै यो कथा हो । नेपालको ईतिहासमा पृथ्वीनारायण शाह सन्चालित हतियारबन्द युध्दपछि माओवादी जनयुध्द मात्र नेपालको नेपालको दोस्रो हतियारबन्द (जन)युध्द सन्चालित भयो । संस्कृतिविद Prof. Geert Hofstede ले ५० देशको अध्ययन पछि समाजहरूलाई बुझ्न ६ आयामहरु (Six dimensions) को विकास गरे जसमध्ये एउटा आयाम (Dimension) – Long Term Vs Short Term Orientation रहेको छ । यसले सन्सारका केही समाज Long Term सोच्ने हुन्छन् भने केही समाजहरू Short Term मा सोच्ने हुन्छन् भन्ने समाजिक मनो-स्वाभावको Findings लाई Explain गरेकाछन् । अनेक मद्ये एक, चिनीया समाज Long Term मा सोच्ने समाज हो भने अमेरिकी समाज Short Term (Contractual relationship) मा सोच्ने समाज हो ।
२) चिनीया समाजको Long Term मा सोच्ने सँस्कारको उदाहरणः एक पटक पाश्चात्य पत्रकारहरुले माओजेदोङलाई ‘फ्रान्सेलि क्रान्तीको बारेमा तपाइँको विचार के छ?’ भनेर सोध्दा माओको जवाफ थियोः ‘फ्रान्सेली क्रान्तिका असरको बारेमा अहिले नै ठोकुवा गरेर बोल्नु चाँडो हुनेछ ।’ अर्थात, फ्रान्सेली क्रान्ति एक ठूलो परिघटना थियो र ठूला घटनाका अनेक असरहरु लामो समयसम्म परिरहन्छन्, झट्टै तिनको असरहरू यस्तै होला भनेर भन्न सकिन्न ।
३) ठीक २ नं मा भनेजस्ते, नेपालको माओवादी जनयुध्द (मन परे पनि या मन नपरेपनि) एक जोर-जुलुम घटनाको रुपमा घटित भयो । यसले नेपालको ग्रामीण जीवनको यथास्थितीका जगहरूलाई भत्काउँने र मानिसको सोच्ने Perspective केही मात्रामा बदलिदियो । गाउँहरू माओवादी तहल्काले अशुरक्षित साबित भएकोले मानिस शहरतिर ज्यान जोगाउँन पस्नु पर्ने वाध्यता सृजना भयो । शहरमा पनि सुखचयन रहेन र कालान्तरमा शहर पसेका कतिपय यूवाहरू भुमिगत भई बन्दुक बोकेर गाउँगाउँमा पुलिस चौकीहरू कब्जा गर्ने पल्टनमा जानुपर्ने पनि भयो । कैयौं यूवाहरू माओवादी लडाकु बनाईएला भन्ने डरले वैदेशिक रोजगारीमा जान क्रम पनि ह्वात्ते बढ्यो । जुनयुध्दलाई धोकापूर्ण तरिकाले रोकेर लडाकुहरूको बिजोक-बिसर्जनपछि अनेक यूवाको जिन्दगीपनि लथालिंग किसिमले विसर्जित हुन पुग्यो । थोरै लडाकुहरूनेपाली सेनामै हालिए भने बाँकी अयोग्य (?)हरू जहाँतहाँ जे जे सक्यो रोजीरोटी कमाई गरि खान थाले, प्रचण्ड लगायत बाबुरामहरूले उच्च सरकारी तहमा जागिर पडकाए भने लडाकुहरूको अपमान सहितको बिसर्जन भयो । यसै क्रमको एक पात्र मानबहादुर गुरुङ उर्फ महेश (जनयुध्दको बेला भुमिगत नाम)लाई नै ‘कामरेड’ भनिएको छ ।
४) मानबहादुर गुरङ गाउँमा माओवादिको जगजगीबाट भागरेर शहर पस्छन् तर शहरमा पनि उसलाई भुमिगत माओवादीको काउचोले छोड्दैन । उसलाई नयाँ नाम ‘महेस’ सहित माओवादी पार्टीकै काम छद्म रुपले गर्ने जिम्मा दिईन्छ । तर, कालान्तरमा उनलाई दुश्मन (नेपाली सरकारका पक्ष)ले चिन्न थालेकोले अब शहरमा बस्न पनि खतरा (?) हुन थाल्छ । परिणामसवरुप मानबहादुरलाई उर्फ महेश कामरेडलाई लडाकु हुन पठाईन्छ । लडाकु भएपछि पुलिससँगको मुठभेडमा गोली नै लागेर घाइते हुन्छन् । जनयुध्द रोकिएपछि शक्तीखोरको क्याम्पमा बस्छन् । त्यहीँ महिला लडाकुसँग बिबाह पनि गर्छन् । जब लडाकुहरूलाई विजोकसाथ विदा गरिन्छ तब महेश कामरेड गुजाराको निम्ती आन्तरिक पर्यटकका गाइडको काम गर्न थालेको र सोही सिलसिलामा पर्यटक बनेर घुम्दै गरेका कथाकारसँग भेट हुन्छ । महेशलाई अब त कसैले ‘कामरेड’ भनेर संबोधन गरेको पनि जिस्क्याएजस्तो लाग्छ, आदि आदि सहितको मानबहादुर उर्फ महेशको जीवन कथा महेशकै मुखबाट कथाकारले भनाएकाछन् ।
६) आन्तरिक रुपमा हेरे गाउँको गुरुङ केटो शहर पस्दा गाउँले पारा छोडेर शहरको New Normal जीवन जिउन थालेको । त्यसपछि लडाकु हुन बाध्य हुँदा बन्दुक बोकेर रणभूमिमा पुनः New Normal मा जिएको । त्यसपछि शान्ति सम्झौताले महेशलाई शक्तीखोरको क्याम्पमा पुर्याएको र बिहे पनि गरेपछि फेरि New Normal जिन्दगी पाएको । जब लडाकुहरूलाई हरिबिजोक पारेर विदा गरियो त्यसपछि काम नपाएर जताततै आयोग्य साबित भई New Normal जिन्दगीले पिल्स्याएको । जसोतसो पर्यटक गाईड बनेर गुजार गर्नेमा पुनः New Normal जिन्दगी बाँचिरहेको मानबहादुर गुरुङको एउटा जीवन नष्ट हुँदै जाँदाजाँदै १००% नष्ट नहुँदै नयाँ कायापलट (झुसले किराबाट पुतलीमा Metamorphosis भएझैँ) हुने प्रकृयाको Scenario हरू ध्वजापताका झैँ कथामा शृंखलावध्द पेश गरिएकाछन् ।
७) नेपाल जस्तो देशका गाउँबाट शहर पस्ने मानिसहरूको मनोदशालाई (समाजशास्त्रमा) Rural Thinking Urban Habit भनिन्छ, अर्थात, “गाउँले सोचाई शहरी स्वाँङ्ग” । अचेल विदेश पुगेका नेपालीहरूको मनोदशा पनि Nepali Thinking American/Australian/English Habit भनिन्छ । “कामरेड”को जिन्दगीमा यो मनोदशालाई Framing गरेर हेरेः मानबहादुर पहिलोपल्ट शहर पस्दा ‘गाउँले सोचाई’ र ‘शहरी जीवन शैली’ अनुसार बाँचेको थियो भने जब लडाकु भएर हिँडदा पनि ‘गाउँले सोचाई र लडाकु जीवन शैली’मा कायापलट (Metamorphosis) भएको र यस्तै हुँदै हुँदै नाटकीय किसिमले निरन्तर जीवन फेरिँदै पछिल्लो समय पर्यटक गाईड हुन पुगेको कथामा चित्रण गरिएको छ ।
८) मानबहादुरको परिचय गाउँले जीवनबाट सुरु हुन्छ । प्रकारान्तरले उनको ‘सोचाई’ गाउँले नै हुने भयो । तर, ‘माओवादी जनयुद्ध’ जस्तो एक घटनाले लपेटेर मानबहादुरलाई शहरमा पार्टीको गोप्य काम गर्ने बनायो, त्यसपछि लडाकु बनायो, त्यसपछि शक्तीखोरको क्याम्पमा पुर्यायो, त्यसपछि बिजोक पारेर विदा दियो, त्यसपछि अहिले आएर ‘कामरेड’ भन्यो भनेपनि जिस्क्याएको जस्तो लाग्ने बनायो, हाल उनी पर्यटक गाईडको रुपमा कमाएर गुजारा गरिरहेछन् । तर यो सिलसिला अझै रोकिईसकेको छैन । अर्थात, माओवादी जनयुध्द एक घटनाले मानिसको जीवनमा कति धेरै प्रभाव (Effects) पार्दैपार्दै आयो र अझै पारिरहेछ भन्ने कुरा कथाकारले ‘कामरेड’ कथामा उतारेकाछन् । यो कथाको Content को कुरा भयो ।
९) कथाकारको शैलीको कुरा गर्ने हो भने ‘कामरेड’ कतै निबन्ध जस्तो लाग्छ कतै हल्का कविताका हरफ समेत मिस्सिएको छ भने कतै Fantasy हो कि जस्तो पनि लाग्छ । कथाको सुरुमा लामै भूमिका बाँधेको अनावश्यक तामझामजस्तो लाग्छ भने हङकङको कुराहरू पनि छासमिस गरेको देखिन्छ । एक लघु कथा (Short story) मा धेरै कुराहरू छासमिस गर्ने र उपन्यास जस्तो लाग्ने बनाउँने कथाकारको सचेत शैली विशेषता हो कि? भनेर सोच्ने बनाउँछ । व्यक्तिगत रुपमा एउटा लघु कथा (Short story) ले एउटा तिक्खर Agenda लाई चट्ट कहने शैलीको म प्रशंसक हुँ ।
१०) मैले धेरै पहिले त्रिभूवन विश्वविद्यालयको होस्टलमा भेटेको उपेन्द्र कोरोङ्गी भाइ कथाकारका रुपमा दाजु गुरुङको उपनाम सहित उदय भएको पाउँदा पनि Upendra Thinking Daju Habit, अर्थात, गाउँ छोडेपछि काठमाण्डू हुँदै हङकङ पुग्दाको कायापलट प्रकरया (Metamorphosis Process) मा कथाकारकै जीवन र नाम समेतमा फेरबदल हुँदै आएको मैले देखेँ र ग्रीसेली दार्शनिक Heraclitu को “The Only Constant in Life Is Change.” भन्ने उक्तीलाई स्मरण गरेँ ।
११) कथासंग्रहका हरेक कथामाथि १-१ प्यारा ग्राफ विवेचना गर्ने शैली मलाई ज्यादै Superficial र झारोटार्ने जस्तो लाग्छ । यस्तो झारो टार्ने शैलीको विवेचनाले साहित्यको समग्र मुल्याकन नहुने र साहित्यकार या कथाकारले अझ सुध्रिने मौका नपाउँने जोखिमलाई सबेले स्मरण गर्न सके उचित हुन्छ भन्ठन्छु म । संग्रहका सबै कथाहरू पढेर विस्तृत रुपमा विश्लेषण गर्नु पनि Thesis नै लेखे जस्तो होला कि भनेर म अल्छीले कथाकारको सिरिफ एउटा प्रतिनिधी कथा ‘कामरेड’ पढेपछि मेरा Impressions हरू मात्र राख्न चाहेँ । यो Sampling method को विवेचनाले कथाकारको विराट व्यक्तित्वको एउटा सानो आँखिझ्याले कोण मात्र उजागर गर्छ भन्ने कुरामा सहमती जनाउँदै, फरकफरक कथामा फरकफरक शैली होलान र फरकफरक जीवन चित्रण गरिएका होलान जसको बारेमा म अनभिज्ञ नै रहनु पर्यो भन्ने कुरालाई शतप्रतिसत स्वीकार गर्दै, कथाकारलाई लाई-सी (सगुन, उपहार, Present?) संग्रह लेखेकोमा र प्रकाशनको जिम्मा लिएकोमा सांग्रीला प्रकाशन समेत बधाई र शुभकामना छ ।
विक्रम सुब्बा,
शंखमूल, काठमाण्डू
जून १३, २०२२