माफी (इन्द्रेणी शर्मा ‘जलद’)

सागर अब म नेपाल के सम्झेर जानु ? बिचौलिया तस्कर गद्दार देखिन्थे भेटिन्थे भू माफियाले बैंकको कर्जाले गरिवीको सुनामी फैलिएको थियो । कोही बोल्दा पनि कति बेला सफाया हुने हो पत्तो थिएन। हिंसा आतंक र किड्न्याप काे शैली विहारको झैं जगजगी फैलिएको थियो ।

देशले धेरै पटक धोका खायो धेरैले शहादत प्राप्त गरें विभिन्न तन्त्र आए गए जनताका नाममा अनेकौं भाषण गरिए चुपचाप थिए जनताका छोरा छोरी देशको बेस्थिती देखेर विदेश पलायन भएका थिए।

गाउँ बस्ती सुन्य सुन्य देखिन्थ्यो । डाँडा माथिका जुन घाम भएका बुढा पाका घाम तापेका भेटिन्थे ।

मुग्लानबाट फर्किएको यौटा युवकले देखाएको शाहसले धेरैलाई आशा पलाएको थियो। उसलाई उसैका नजिक हुनेहरूले घात गरें । उ इमान्दार हक्की स्वभावको थियो। जनताको लागि मरी मेट्थ्यो ।
अनि के भयोे केशब भन न किन रोकिएको?
देख्यौँ त्यहि युवक हो हिजो पुलिसले समात्यो जेल हाल्यो केही समय पछि उसलाई झुन्ड्याउने छ।

अनेकौँ मुद्दा दायर गरिएको छ। हेर हामीले उसलाई बचाउनु छ। देशमा अनेकौँ आततायीहरु खुलेयाम हिँडेका छन् । उ देशकाे जिउँदो मान्छे हो उसको आवाजलाई निर्मूल पार्नु पर्छ भनी धेरै मानिस लागेको लागैछन्। उ मेरो कोही होइन तर देशको लागि चाहिने युवक हो बुझ्यौ सागर ? केही गरेर देखायो केही गर्दै थियो अचानक उस्लाई फसाउन सामान्य गल्तिलाई ठूलो अपराध देखाइयो ।

हेर सागर उसलाई केही भयो भने केही टाउकेहरूको जीवन उड्ने छ
हो र केशव ?
ठूलो विद्रोह हुनेछ जो जो थिए षड्यन्त्रकारीहरु त्यो युवकलाई आरोपित गर्नेहरू यि युवा क्रान्तिकारीहरूको बन्दुक को निशाना हुनेछन् ।

नभन्दै हजारौं मानिस देखिए सडकमा सडक अवरुद्ध भएको थियो। नेताहरु भागाभाग गर्दै थिए। वकिलहरुको चित्कार निस्कियो । झोलेहरु मुसा झैं बिहोस थिए।
मानिसहरूको भीडबाट त्यो युवक निस्कियो

आदरणीय जनसमुदायहरू !
साबधान हामीले खुन धेरै बगाई सक्यौ । यी सबै लाइ माफी दिनोस्। यी सबै देशवासी हुन् कागजको टुक्रामा लेखिएको मसी भन्दा ठूलो देशभक्ति हो । कानूनमा आधारित भएर गरिएको भए देशले किन धोका खायो ? यी अपराधी किन पटक पटक देशलाई चलाउँछन्। हाम्रो खाँचो थिएन।जन अदालतलाई मेरो सलाम छ। युवक सबैलाई सम्झाउँदै थियो

झल्यास् भएँ कस्ताे सपना देखेछु ?कतै…
घटनाक्रम दोहोरिने त होइन मनमा पोली रह्यो को थिए केशव र सागर ? अनि त्यो युवक को थियो मैले ठम्याउन सकिनँ
यो नितान्त सपना सपनाै झैं थियो ।

– देवचुली नवलपुर नेपाल
बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *