बचपना – दिलिप राई सगर

तिम्रोआफ्नै बचपनाले दु:ख पायौ सानू
गलत संगत गर्ने हुंदा धोका खायौ सानू ।

बालक त हैनौ तिमी न खेल्थ्यौ खेलौना
यौटा सानो गल्तिले नि गर्नु पर्यो बिलौना
कस्तो कपटी झेलीसंग मीत लायौ सानू
तिम्रो आफ्नै कुबुध्दिले चोट पायौ सानू ।

दुनियाले उडाए हेर भयो बदनाम भारी
दिएं माफी सबै सम्भाल्दैछु मायाको बारी
किन होला तिर्खा मेट्न बगर धायौ सानू
तिम्रो आफ्नै अज्ञानले आँसु पायौ सानू ।
***

# उर्लाबारी, मोरङ

[/nk_awb]

Leave a Reply

Your email address will not be published. Required fields are marked *