“बसाइँ” – दिप मंग्राती

बैशाख महिनाको चिरिक्क चिल्ने घाम, पट्यार्लाग्दो गोरेटो बाटो अनि नाङ्गो खुट्टाको पैदल यात्रा …..!

तातो बालुवाको रन्को, टुप्पी सम्मै पुग्थ्यो। र पनि हिड्नै पर्ने बाध्यता थियो ;फलत : हिड्दै थियौं बिवस्ताको पर्याय हामी दुई प्राणी आमा र म , पञ्चायन झोडा बाट तरहरा तिर….! उसबेला हिडेरै आवत जावत गर्नु पर्थ्यो , पञ्चायन बाट तरहराको यात्रा । तेसमा पनि खेतको आलि , र बगरको बाटो ….आफै रहर गरेर हिडेको हुनाले म चुप चाप हिडिरहेको थिएँ, यदि आमाले कर गरेर हिडाएको भए, कति घुर्की लगाउने थिएँ होला….!

पहाडमा , जीवन यापन कठिन बन्दै गएपछी,त्याहाँबाट तराई तिर बसाइँ सर्ने क्रम्मा हामी पनि पञ्चायन झोडामा बसाइं सरेका थिएउ।त्याहाँ जंगल फडानी गरेर,जिविका गर्ने हामिजस्तै विभिन्न ठाउँ बाट बसाइँ सराइ गरेर आएका अरु थुप्रै परिवारहरु थिए।हामी सानै भएकाले, जंगलमा खेती गर्न एक्लो आमालाई निकै कठिन थियो। बाउले दोस्रो पनि बिबाहा गरेकाहुनाले कान्छिआमा सग पाहाडमै बसेका थिए। ,तेसैले खन जोत जस्ता छोरामान्छेले गर्नुपर्ने काम हरु,अरुको भर पर्नु पर्ने हुन्थ्यो।तर पनि आमा निकै साहासी र जुझारु हुनुहुन्थ्यो ।उसबेला त मलाई निकै रिस उठ्थ्यो, बाउउ हामिसग नभएकोमा। दु:ख पर्दा आमालेपनी ,निकै गुनासो गर्नु हुन्थ्यो।अहिले सम्झिन्छु,सायद बाउको पनि आफ्नै किसिमको विवस्ता थियो होला।आमा र हामी प्रती उहाँको भावना यस्तै थियो भनेर अनुमान लगाउन त म सक्दिन।तर आमाको एक्लो जीवन, तेसमा पनि चार चार जना नाबालिक छोरा छोरिहरुको लालनपोषणको जिम्मेवारी ले गर्दा उहाँको जीवन निकै चुनौती र संघर्षले भरिएको थियो। संघर्षका दिनहरुमा कतिका रातहरु त हामिलाई आधापेट खुवाएर उहाँ खाली पेट सुतेको र भोकले पेट कराउदा पेट अंठाएर घोप्टो परेर सुतेको मैले देखेको र उहाँको दुखको अनुभिती आफू सानै भएपनी गरेको थिएँ, ।
जेन् तेन त्याहाँ खुट्टा टेक्दै थिएउ। जिन्दगिले एउटा गोरेटो पछ्याउँदै थियो,हामिलाई अघुन्जेली खुवाएर, आमापनी भरपेट खाना खाएर सुत्नु हुन्थ्यो। जंगलको बिचमानै भएपनी धानका बालाहरु बयली खेल्न थालिसकेका थिए।आमाका मुहारमा पनि केही सन्तोषको रेखाहरु बिम्बित हुन थालेका थिए ।हातमा कपि र पेन्सिल बोकेर पहिलो चोटि स्कुल गएको मलाई अझ पनि झझल्को आउँछ।

जिन्दगी न हो, “निरन्तर यात्राको पर्याय” कति खेर कस्तो मोड लिन्छ , कतिखेर कस्तो रुप लिन्छ।सायद हाम्रो दुखको दिन अझै बाकी थियो होला ,अनि त सर्कारले त्याहाँबाट वेल्बारी झोडामा सट्टाभर्ना दिएर बसाई सराई गरायो।जिवनको अर्को एउटा अध्याय पल्टाउनको निमित्त……!

बसाई सराईगर्नु पर्दाको सम्पूर्ण पिडाहरु, मेरो बाल मस्तिस्कमा, तेति धेरैत छल्किन सकेन, तर जति पनि पिडामा म डुबुल्की मार्दै थिएँ , मेरो लागि त्योनै धेरै थियो, आज म कल्पना गर्छु, मेरो आमालाई कति, पीडा थियो होला, नयाँ ठाँउमा स्थापित हुनु, आफू र हामी चार जनाको पालन पोषण गर्नु,तेसमा अरु भैपरी आउने समस्या हरु त छदै थिए ,

मलाई भने,आफ्नो बालापन मा रमेको त्यो ठाउँलाई छोडेर जानू, आफ्नो मिल्ने साथिहरु ,सग छुट्टिनु ,को आफ्नै पीडा थियो। तेसमा पनि, आजको यो पट्यार्लाग्दो यात्रा….!
हुन त आमाले यहीँ बसेर पढ्नु भन्नू भएको थियो, तर नयाँ ठाउँहेर्ने तिब्र चाहानाले मैलेनै जिद्दी गरेर आएको थिएं।

पहाड खोटाङ जिल्लाको, बास्पानी गाबिस, अन्तर्गत, छिप्रुङ्ग गाउँ मा थियो हाम्रो पुर्खेउली गाउँ , हौचुर,बाट बसाई सराई गरेर पाँचौ पुस्ता अघिका हाम्रा पुर्खाहरु , त्याहां, आएर बसोबास सुरुगरेका थिए अरे।

उस्बेला, गाउँमा ,कामी, दमाई, र सार्किहरुलाई आस्रय दिएर राख्ने गरिन्थ्यो, किनकी, आफ्नो गाउमा यी जातिहरु न हुदा टाढाका गाँउमा जानू पर्ने हुन्थ्यो चाहिएको वखतमा।
तेसैले बसाईं सराईको क्रममा यहाँका जिम्मावाल हरुले, केही जग्गा दिएर यहाँ बसोबास गराइदिका थिएरे। तर हाम्रा पुर्खाहरु मध्य केही चाहिँ त्याहा बाट अझै पुर्बतिर गए अरे भन्ने सुनेको, उनिहरुको सहि अवस्था यकिन छैन हालको दिनमा।

उत्पिडित वर्गका जातिहरुसग आफ्नो नाम्मा जग्गा जमिन राख्न नपाउने कानुनी ब्यवस्था भएकोले, उनिहरु, कुनै जिम्मावालाको, सहारामा बस्नु पर्ने हुन्थ्यो,तेस्वापत, जिम्मावालाको खेती पाती तथा अन्य काम्हरुमा सघाउ, पघाउ गरिदिनु पर्ने हुन्थ्यो।आफ्नो जग्गा नभएपछी, सधै अरुको काम गरिदिएर गुजारा गर्नु पर्ने विवस्ता थियो।तेसमा पनि परिवार बढ्दै गएपछी, तेहि गाँउमा बसेर जीवन धान्न गारो हुने भएपछी, परिवार फुटेर अन्यत्र बसाइ सराई गर्नु पर्ने हुन्थ्यो।यसरी सरि हिड्नुपर्ने अवस्था भएकोले,गरिब माथी अझ गरिब बनाउदै लान्थ्यो जातिय विभेदको चक्रव्युले।
हौचुरमा जिम्मावालाको मा सघाउन जान नमानेपछी,र जिम्मावाला सग झगडा परेपछी, हाम्रा पुर्खाहरु, भागेर, हौंचुर बाट बसाइ सरेका थिए अरे।तेहि क्रम्मा छिप्रुन्ङ्गमा आएर बसेका रहेछन।

पञ्चायन झोडाकोसट्टाभरणा बापत १ बिगाहा जग्गा दिएको थियो बेल्बारिमा सर्कारले हामिलाइ । हामी तेहि जाँदै थियौं ।बसाइँसराइ को निरन्तर्तालाई कायमै राखदै…!
आमाले बोराको थैलोमा काँचो केरा बोक्नु भाथ्यो, अनिकाल्को चारो, भोकलाइ भर्जन । मैले झोलाको गुन्टो थाप्लोमा बोकेको थिएं।खोइ त्यो भित्र के के थियो मलाइ थाहा भएन । झोला गरौ भएको हो कि बाटो लामो भएकोले हो येकिन छैन तर थाप्लो असाध्यै पोल्याथ्यो। झोलाको जुइनो एता उति सारदै बोक्थे। सर्टको बाहुलामा कत्ला जमिसकेको थियो , पसिना पुछ्दा पुछ्दा।
— “गरुङ भयो …?ल्या म बोकि दिन्छु….? “आमाको मायाँ….!!l
मैले आमालाइ हेरें, निधार बाट पसिनाको धार बगेर नाख्को डाँडी हुँदै बगि रहेको थियो।सानै भए पनि त्यति चेतनाचाइ थियो। यति त मैले बोक्नै पर्छ भनेर।
— “नाइ …..! म आफै बोक्छु । “म तातो बालुवालाइ छाडेर घाँसबाट हिड्न थालें।
— “काँडाले घोच्छ, तेता नहिड…..!”
–“होस …..खुट्टा पोल्छ….!” आइया….न भन्दै घोच्यो काडाले।
–“भन्दै थिएनी…..? घर्मै नबसेर किन आको होला…..?काडा निकाली दिदै,आमाको मायालु गुनासो……”

त्यो क्षण्हरु सम्झिन्दा अझपनि मन कस्तो कस्तो हुन्छ, आमाप्रती को मायाँ र सद्भावले मन भिजेर आउँछ।

जेन्तेन तरहरा आइ पुगेका थिएउ हामी । मलाइ लागेथ्यो अब गाडिमा चढ्न पाइन्छ। तर आमा त रोडै रोड पो हिड्न थाल्नु भयो।
— “आमा गाडिमा जाउन , खुट्टा दुख्यो के …..!! ”
–“पैसा छैन नानी …! इटरी सम्म हिडेर जानू पर्छ अनि ट्रक्मा चडेर जानू पर्छ….!” इटहरी मा गाडी चढ्ने आशामा लुरु लुरु आमाको पछि लागेथेँ ।

तेति खेर तरहरा बाट बेल्बारी गाको सायद “डेढ रुपैयाँ “भाडा लाग्थ्यो होला। मलाइ थाहा भएन त्यो पैसा निकै ठुलो थियोकी गरिबी ठूलो थियो……?किन आमा सग तेति पैसा थिएन मैले धेरै सोचिन पनि…! किनकी त्यो भनेको मेरो कल्पना भन्दा बाहिरको बस्तु थियो। खोइ किन हो ऐलेका बच्चा, बच्ची जस्तो नखरा पनि पारिन।गाडी मा नै जाने भनेर भुइँमा लडिबुडि पनि गरिन।सायद तेस्तो अभ्यास गर्नै नपाएर होला।अन्तत लुरु लुरु आमाको पछि हिड्न थालें। गाडी घरी घरी हुइकेर जान्थ्यो , म लोभ लाग्दो गरेर हेर्थें , ती बस्मा चढेका यात्रुहरुलाइ….! एउटा भोको बच्चाले, दुधभात खादै गरेको अर्को बच्चालाइ मुख मिठ्याउदै हेरे जस्तै.गरेर….!!
निकै बेर इटहरिमा कुरे पछि एउटा लकडी बोक्ने ट्रक आयो, डाली बिनाको ट्रक(तेति खेर बेल्बारिमा बस्ती बसाल्नुको लागी रुख फडानी हुँदै थियो । तेहिबाट ट्रक्ले लकडी ओसार्थ्यो ), अरु पनि केही मान्छेहरु थिए बेल्बारी जाने ,हामी सबै चडेउँ ट्रक्मा । आधा बाटो आए पछि खलासिले भाडा उठाउन थाल्यो ।
“ल ल सबैले आ – आठाना (पचास पैसा)दिउँ त….! दिदी ल भाडा निकाल्नु” आमातिर मुखातिब हुँदै ।
— “भाइ पैसा त छैन …..!! ”
— “पैसा छैन…?” खलासिले हान्ने साडेगोरुको जस्तै आँखा पारेर हेर्यो आमालाइ….
“अनि किन चडेको त पैसा छैन भने…?ल झर्नु तेसो भए…..?”
— “तेसो नभन न भाइ , रात पर्न आटिसक्यो। बरु यो केरा लैजाउ अलिकती…..!! सबै त हुदैन …. मेरो नानिहरुलाइ उसिनेर ख्वाउनु पर्छ ….मैले पञ्चायन बाट बोकेर ल्याएको….!!”
— “यो जाबो काँचो केरा के गर्नु ….?”
— “भोकले काचो र पाकेको चिन्दैन भाइ, घरमा मेरा नानिहरु आमाले खाने कुरा ल्याउछिन र खाउला भनेर बाटो हेरेर बसेका छन। उनिहरुको भोक मेटाउने मात्र भोजन हो यो…..! भाग्य कस्ले देखेको छ? हङकङ , मलाया ,सिगापुर घुमियो , पानी जहाज, हावैजहाज चडियो, आज ट्रक्मा चड्ने पैसा छैन…..! ”
— “ए गुरुजी पैसा छैनरे …? उतारी दिउँ….? ”
“भैगो छोडी दे , झोडाली होलान…..!
गरिबको दुख गरिबले नबुझे कस्ले बुझ्छ? बस्न दे….!” खलासी मन मारेर गयो।
ट्रक हुइकिन्दै थियो,अनि ट्रक सगै हामी पनि गन्तव्य बेल्बारी साधेर….!!
(मेरी आमा मेरो आदर्श र मेरो प्रेणा ,तपाईंको चीर शान्ति को प्राथना , र तपाइको असिम अशिरबादको निम्ति याचना )

मोरङ बेल्बारी -४
इमान्सिङ्ग चोक
हाल लण्डन

1 Response

  1. राजु सुब्बा says:

    सुन्दर कथा भावुक बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *