पर्यावरण सम्वन्धी साहित्यिक कार्यक्रम सम्पन्न

काठमान्डौं फाल्गुण २० शनिवार, अखिल नेपाल लेखक संङ्घको आयोजनामा पर्यावरण सम्वन्धी साहित्यिक अन्तरक्रिया र कविता गोष्ठी सम्पन्न भएको छ ।

प्रमुख वक्ता पर्यावरण अभियन्ता एवं साहित्यकार विजय हितानले “देश भक्ति, माया प्रेम, राजनैतिक, राजामहाराज आदिको वारेमा धेरै कलम चलायौं, अव हाम्रो जनजीवनसंग सम्बन्धित प्रकृति प्रदुषण, खोलानाला स्वच्छ राख्न, अनि हरेक जीवजन्तुको रक्षार्त समवेदनशील भएर साहित्यिक यात्रामा लाग्नुका साथै गरिव निमुखा प्लास्टिक र फोहरका पुन्तेरा वटुल्नेहरूको वारेमा पनि सवैले कलम चलाउनुपर्छ” भनेर अव्हान गर्नुभयो ।

दिग्गज कविहरु – कृष्ण वाउसे, असिम सागर, युग सर्वनाम,चन्द्र मादेन आन्छन, दीपा राई पुन, राधा कार्की, मणिराज सिंह, शकुन्तला जोशी, सोनाम सज्जन किराती र सुधा मिश्र सवैले वातावरण र पर्यावरण सम्वन्धी कविता र मुक्तक सुनाउनु भएकोथियो । प्रमुख वक्ताको विचार र कविताहरु माथि भर्खरै वजारमा थाङ्ग्रा/उपन्यास लिएर आउनु भएकी लेखिका एवं साहित्यकार प्रगति राईले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । आखिल नेपाल लेखक सङ्घको अध्यक्ष एवं प्रज्ञाप्रतिष्ठानका नव नियुक्त सदस्य सचिव डाक्टर धन प्रसाद सुवेदी “श्रमिक” को सभापतित्वमा सुसम्पन्न भएको कार्यक्रमको संचालन सो संङ्घका उपाध्यक्ष/संयोजक स्वप्निल स्मृतिले गर्नुभएको थियो ।

– चन्द्र मादेन आन्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *