दुर्घटनाग्रस्त सपना – दयाकृष्ण राई
सुपर–सोनिक यानमा
उड्दा–उड्दै बर्मुडा ट्रायङ्गल भित्र बेपत्ता भएका
मेरा स्वप्निल ईच्छा र आकाङ्क्षाहरु
खोज्दा–खोज्दै त्यहीँ भित्र विलिन हुनपुगेको
अदृष्य चोट सहदै
रहस्यमय बर्मुडा ट्रायङ्गल
पारगर्ने दुस्साहास पनि गरेकै हुँ
प्रत्यक विहान स्निग्ध हिमालझैं चम्किने
मेरा गुरु योजनाहरु पगालेर
सानो खोला भएर
बग्दै नदीसँगको सम्मिलनपछि
मेरो अस्तित्व पनि त्यहीँ खोज्न तल्लीन रहें
नदीसँगै बग्दै सागरसम्मको यात्रा तय गरेपछि
बल्ल थाहा भयो
त्यहाँ ठुलो माछाको आहार
सानो माछा बन्नुपर्दो रहेछ भनेर
ठुलो माछाले असंख्य
सानो माछाहरु निली नै रहन्छन
देशलाई तार्न सपथ लिएका माझीहरु
केवल हल्लामात्र गर्छन
सानातिना माछा समात्न जाल बुन्छन
आफु–आफै झगडा गर्छन
र ठुला–ठुला ह्वेल माछा पार्न तिनीहरुको
झिना मसिना जाल निकम्मा भइदिन्छ
शक्ति विहीन माझीहरु हल्ला गर्दै
भनिरहेछन हामीसँग ठुलो माछा
समात्ने अक्कल छ
एकदिन त समातेर नै छाड्नेछौं
उनीहरुको त्यो एकदिन कहिले आएन
र कहिल्यै आउँदैन पनि
यो देशलाई सुरक्षित रुपमा
पार लगाएर
किनारा लगाउनुको बदलामा
हल्लै हल्लामा एकदिन
अवश्य डुबाउनेछन
यिनीहरुको गगनभेदी नारामा
मेरो क्रन्दन र पीडाहरु सुनिएनन, देखिएनन पनि
मेरो अन्तिम ईच्छा हो माझी गाउँको हल्ला गर्ने
चौतारि अगाडि अन्तिम श्वास फेर्ने
यसलाई जसरी व्याख्या
गरे पनि गर्नुहोला
त्यो नैसर्गिक अधिकार
सबै सार्बभौम जनतामा निहित छ
दुर्खिमले बर्गिकरण गरे अनुसार
एनोमिक सुसाइड
अल्टु«इस्टिक सुसाइड
ईगोस्टिक सुसाइड
फ्याटलिस्टिक सुसाइड
चार किसिमको बर्गिकरण गरेका छन
यी मध्यमा ‘म’ कुनबर्गमा परें
विश्लेषण गर्ने जिम्मा पनि यहाँहरुलाई नै छाडिदिएँ
किन भने यहाँहरुले पनि अझै धेरै
हल्ला माथि हल्ला गर्नु हुनेछ
अलविदा !
नोटः–
माथि कवितामा उल्लेखित सुसाइडका प्रकारहरु फ्रेन्च समाज शास्त्री एमिले दुर्खिमले आत्महत्यालाई चार किसिमले वर्गिकरण गरेकाछन ।
1, Anomic Suicide
2, Altruistic Suic
3, Egoistic Suicide
4, Fatalistic Suicide
प्रेम प्रसाद आचार्यले बानेश्वर संसद भवन अगाडि २५ जनवरी सन् २०२३ मा आत्महत्या गरेपछि लेखेको कविता ।