साहित्य महासंघ पश्चिमा शाखा युकेको साहित्यिक गोष्ठी सम्पन्न


गत २० जुलाई २०२५ का दिन विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखा युकेले स्वीडन टाउनमा एक साहित्यिक गोष्ठी सम्पन्न गर्यो ।

नेपालबाट पाल्नु भएका वरिष्ठ साहित्यकार युवराज नयाँघरेको प्रमुख आतिथ्यतामा सो गोष्ठी सम्पन्न भएको हो । साहित्य महासंघको तेस्रो बार्षिक प्रत्यक्ष साहित्यिक गोष्ठीलाई सम्बोधन गर्नुहुर्दै मुख्य अतिथि नयाँघरेले साहित्य लेखनमा ढाँटन नहुने, सत्य तर सुन्दर प्रस्तुती हुनुपर्ने बताए । सबैकुरा एकै ठाँउ असुहादिलो होइन थकाली खाना जस्तै सुन्दर सजाएको खण्डमा साहित्य हुने बताए । उनले नेपाली साहित्यका कृतिहरु धेरै आईरहेका छन तर थोरै मात्र पढनै पर्ने कृतिहरु आउने गरेको बताए । विशिष्ट अतिथि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष विश्वास दीप तिगेलाले हामीले बोल्ने नेपाली भाषालाई देवनागरिक लिपीमा लेखिएको मात्र नेपाली साहित्य होइन, नेपाल भित्र बोलिने सबै भाषाहरुको समग्र साहित्य नेपाली साहित्य कहलाउनु पर्ने विचार ब्यक्त गरे त्यस्तै अर्का अतिथि विजय हितानले नेपाली साहित्यमा पर्या (पर्यावरण साहित्य)को बारेमा विश्व नेपाली साहित्य महासंघले खेलेको भूमिका बारेमा चर्चा गरे ।

अतिथि प्राध्यापक डा. सुमाया राईले विश्व नेपाली साहित्य महासंघ साहित्यिक सिर्जना प्रष्फूटनको निमित्त राम्रो साहित्यिक मन्च भएको बताईन् । कार्यक्रमको औचित्यबारे श्रीमति गंगा थापाले प्रष्ट पारिन भने गोमा राना, राम कुमार थेवे, कल्पना चाम्लिङ, मनु पाईजा, लोक थापा, रूद्र पाईजा, शान्ति लिम्बु, प्रतिमा केसी, राजेन राई, महानन्द लिम्बु, तारामति लिम्बु, सुनिता राई, होम सुनुवार, सूर्य कुलुंग, होम थापा, लाल लिंगदेन, लगायतले आफ्नो सिर्जना तथा विचार ब्यक्त गरेका थिए । देशविदेशमा चिरपरिचित सेफ विनोद बरालको नयाँ पुस्तकको मःमःका पाईलाहरु नामक कृतिको सामुहिक विमोचन भएको थियो । कार्यक्रमको संमग्र समिक्षा विजय हितानले गरेका थिए ।

साहित्य महासंघ पश्चिमा शाखाका अध्यक्ष लालसुन्दर राईको सभापतित्वमा संचालन भएको कार्यक्रमलाई सचिव जित छन्त्यालले मध्यस्थता गरेका थिए । सन् २०१६ मा स्थापित यस शाखा लगायत युकेका दक्षिण पूर्वी शाखा र मिडल्याण्ड शाखा सहित ३ शाखाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *