देशले विदेशी बनाएको पिडा ? – ललित सुब्बा
कस्ले बुझि दिने विदेशमा पाँएको पिडा,बेदना र आँशु ? जिवन भरि आफ्नै देशको माटोमा शुन्दर परिवारसंग दु:ख-सुखमा बस्न, रम्न, खेल्न छाडेर चटक्कै पिडाको भरि लिएर प्रदेश लाग्न मन लाग्ला र ? आफ्नो परिवार, प्रदेशमा पाँएको दु:खलाई कस्लाई कसरी बर्णन गरु ?
प्रदेश लागेको पनि २८ बर्ष नागेर २९ बर्ष हुन लाग्यो । मेरो परिवार,लालावाला म जस्तै विदेशी भुमिमा बन्दक बनाउन पुगे यानेकि न भाषा,न संस्कार न रह्यो देश । म त सुदुरपुर्ब आदिवासी दश लिम्बुवानमा मेरो वाजे आगे जिम्मा सुब्बाको रैकरमा जन्मेको थिए । मेरो वाजेले बनाएको माटोमा हुर्किएको थिए । पुर्खाले बनाएको पाठशालामा पढेको थिए । तर म आज विदेशि बन्न बाध्य भए । मलाई विदेशि गुलाम नोकर बनाईयो । मेरो पशिना बेचियो अस्तित्व बेचियो । म जस्ता हजारौ बेचिए । आज आएर म बाध्य भएर विदेशि हुन पुग्दै गर्दा मेरो निर्दोश छोरा,छोरी मात्र नभएर हजारौ छोरा,छोरी विदेशिको शरणमा विदेशि बन्न बाध्य बनाईयो । यो घाउँ,चोट मेरो देशले देखेन न त भ्रस्ट नेताहरुले देख्यो ,देख्यो त केवल आफ्नो स्वार्थ पुरा गर्न विदेशमा बसेर पठाएको रिमिट्यान्सले दाल, भात ८४ बञ्जन खान,आलिशान बङ्गला अकुत सम्पत्ति जोड्ने भतुवाहरुले मात्र देख्यो ।
ए धर्ति माता हाम्रो पसिनाको पैसा खाने संसद भवनमा बस्ने विदेशि दलाल मात्र देखियो । देशमा कानुन बनाउन जानेहरु नै कानुन मिच्ने देखियो ।गरिवले तिरेको ट्याक्सबाट भत्ता खानेहरु हो केहि न केहि त सिक बुझ । सिङगापुर,मलेशिया,युरोपका नेताहरुबाट नेताहरुबाट सिक । पार्टिका केहि राम्रा विचार भएको आशा लाग्दो नेता नभएको पनि होईन तर बोली कहाँ रोकियो ? के बर्षौ देखि कुहिएको बोरामा राखेको आलुमा अझै पालो कुर्ने वाँकी जिवन नै विताउने हो त ? किन महत्वकाक्षी विचार राखेर पार्टिबाट विद्रोह गर्न सक्नु हुन्न ? परिवर्तन चाहने हामी अब परिबर्तित हुन जरुरी छ । पार्टिको पछि हिड्दा देश परिवर्तन हुन्छ भन्नेर हिड्नु माहाभुल हुने शंकेत पाईन्छ । पार्टिको निमित्त परिवार नभनि, देश र जनताको अधिकार दिलाउन ति निर्दोस नागरिकहरुले ज्यानको बलिदान दिने ति अमर सहिदहरुको रगत माथि खेलवाड गर्ने ति दलालहरुलाई नै पक्ष पोषण गर्दा धिकार लाग्छ । हिजो माओको सिद्दान्त चिनमा भएको सफल परिवर्तन सम्भब छ भनेर देशमा जनबिद्रोह गरेर हजारौलाई शहिद,घाईते बनाईयो । परिवरतनको निम्ति आज ति तुफान,च्ट्टान,प्रचण्ड,लालधोज,विजुली,करेन्ट आदि नामले चिर परिचितहरु किन बदलिन सकेनन । बदलेत केवल पैसा,स्वार्थि र पदलोप्त बने । आज पुर्ब देखि पश्चिमसम्मका निमुखा गरिवीले पिसिएकालाई परिवर्तन सम्भव छ भनेर जन बिद्रोह गर्न उस्काउनेहरु आज बङगालामा र करोडौको महलमा,गाडीमा बसेर सर्बहाराको गफ चुस्किको रसमा दिन्छन । विडम्बना त यो छकि आज ति विर योद्दाहरु,घाईते,अपाङ्गहरुलाई न सेवा सुविदा, उपचार गरिएको छ न बाँस कपास रोजगारी दिईएको छ । चाहिदा ठाडो अहिले घाडो भने झै ति निर्दोश लडाकुहरुको विहाल देख्दा त्यो जिउमा अझै पनि गोली र बन्दुकको छर्रा बोकेर हिडेको पिडा कस्ले बुझ्ने ? न सरकारले हेर्छ न पार्टिले ।
अमेरिकाको सामराज्यवादको जरो उखाल्न क्युवामा माहान क्रान्तिकारी क.फिडेल क्रास्ट्रो,चेग्वरा,राहुल क्रास्ट्रो जस्ता माहान नेता हाम्रो देशमा जन्मन नसक्नु सतिको सरापनै लागेको हो त? आज चाईना, क्युवाको परिवर्तन,जनताको जिवन स्तर हरेक क्षेत्र स्कुल कलेज,अस्पताल,बाटो सबकासब आघुनिक बैज्ञानिक तरिकाले बनाईएक छ । भने स्कुल, कलज, अस्पताल, अध्यन, उपचार समेत फ्रि गरिन्छ । छिमेकी देश भुटानमा समेत फ्रिमा स्वास्थ्य,शिक्षा सेवा गरेको छ । हाम्रो देशमा नेता नजम्मेको त होईन होला । हामीले परिवर्तन खोजेको हो – नेका,एमाले,माओवादी खोजेको होईन । जुनै जोगि आएपनि कानै चिरेको झै कति हेर्ने । के हामी अझै दर्शक बनेर उनिको हलि बनिरहने हो त ? होईन भने देशको परिवर्तन खोज्नेहरु हो उठ ८४ मा पार्टि भन्दा माथि उठेर देश र जनताको मुहार फेर्ने हो भने सम्पुर्ण न्याय प्रेमी देश प्रेमी एकबद्द लामबद्द बन्न कठोर निर्यण लिने दिन आएको छ । हामीलाई निर्यण्क भोटबाट बन्चित गरे पनि हामी बिदेशमा रहर होईन करले बसे पनि हाम्रो परिवार नाता गोताहरुलाई भोट पार्टि भन्दा ब्यक्तिलाई चुनौ भन्दै सन्देश दिन नचुकौ ।
पार्टिमा बसेर गुलाम बन्नु धिकार छ । ईतिहास त्यसै बन्दैन समयमा हिरा फोर्न सक्नु नै माहानता हो । नत्र म नेता उ नेता भन्ने दिन गन्न शुरु गरे हुन्छ। पार्टिमा नराम्रो मात्र भन्न खोजेको कदापी होईन । जस्तो कि भण्डारी ,शर्मा , किराँती कति शैदान्तिक विचार ब्यक्त गर्नु हुन्छ । जनताका भावना बोल्नु हुन्छ । मैले मानेका नेता मध्ये बैचारिक सौदान्तिक र माहान विचारक मध्ये समाजपाटिका पुर्व अध्यक्ष डा.बाबुराम भट्टराई, पुर्व माननिय क.शुदन किराँती, पुर्व माननिय कान्छा राम लामा, पुर्व माननिय डा.चन्द्र भण्डारी र पुर्व माननिय डा.सुनिल शर्मा चौथो पार्टि स्वतन्त्र पार्टिका अध्यक्ष तथा पुर्व माननिय रवि लामिछाने जो निडर नेता लोकतन्त्र भनेर जनताको आवाज उठाउने नेतालाई जब्बर जस्ति कालकोठरीमा नखाएको विष लादिएको प्रस्ट छ ।
देशले चिनाउनु पर्ने, हामीले गर्व गर्नु पर्ने आज मैल मेरो देशमा छ संसार कै सब भन्दा अग्लो चुचुरो सगरमाथा,भगवान गौतम बुद्द जन्मेको देश नेपाल सुन्नु भएको छ भनेर सोध्नु परेको छ ।चाईना,भियतनाम,थाईलेण्ड,जापान जस्ता बौद धर्मलम्बि भएको देशमा लुम्विनी ईन्डियामा पर्छ भनेर भन्छन । नेपाल थाहा छ भन्दा छक्क पर्छन नेपाल भन्ने देश छ भनेर उल्टो सोध्छन । संसारको पहिलो अग्लो चुचुरो हिम शिखर सगरमाथा,बुद्द जम्मेको देश र दोश्रो पानीको देश भनेर डाँडामा गएर चिच्याउदै मेरो देश यहि हो भनेर सुनाउनु भन्दा अर्को बिकल्प रहेन । कस्ले सुन्ने हाम्रो कारुणिक कथा र ब्याथा । निक्कै देश धुम्न सके हालमा पनि युरोप मै छु । यहाँ अनुशाशन,नियम कानुन, श्रम भन्दा अरु देखिन्न । देशको मुहार फेर्न कानुन ,योजना र सक्षम नेता हुनु पर्छ । आशा छ देशमा परिवर्तन,ब्याबस्था नआएको होईन । अवस्था मात्र नफेरिएको हो । देश बचाउन,अवस्था फेर्न देश तथा विदेशमा रहनु हुने तमाम तपाई हामी देशको बिकाश चाहने देश प्रेमिहरु तपाई हामी पनि त्यति कै जिम्मेवारी बन्न जरुरी देखिन्छ ।
– लेखक पूर्व अध्यक्ष एन.आर.एन.ए हङकङ हुनुहुन्छ ।








